धरान÷सुनसरीको गढी गाउँपालिका वडा नं. २ औरावनी सखुवामा नेपालका प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले सिजी इण्ड्रियल पार्क निर्माण शुरु गरेको छ ।
सातय करोड रुपैयाको लगानी रहने घोषणा गरिएको पार्कको उपप्रधान, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, भावि प्रद्रेश नं. १ का मुख्यमन्त्री भीम आचार्य, उद्योगपति सुरेश शर्मा, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी लगायतले आइतबार संयुक्त रुपमा एक भव्य सरोहबीचमा शिन्यास गर्नुभएको थियो। २२ विघा क्षेत्रफलमा निर्माण हुने सिजी इण्डष्ट्रियल पार्कमा पहिलो चरण अर्थात आगामी असोज सम्ममा वाइवाई चाउचाउ र स्न्याक्सको उत्पादन शुरु हुने चौधरी ग्रुपले जनाएको छ ।
शिलान्यास समारोहमा ग्रुपका अध्यक्ष विनोद चौधरीले भन्नुभयो आजको दिन मेरो जीवनकै अविस्मरणीय क्षण हुन पुगेको छ । २०२८ सालमा पिताजी लुनकरण दाशले पशुपति विस्कुटको शुभारम्भ गर्दा
विराटनगरदेखि दुहवीसम्म कुनै उद्योग थिएन, २०३१ सालमा महालक्ष्मी मैदा मिलको शुभारम्भ भयो । आज ४३ बर्ष पछि फेरि एकपटक यो क्षेत्रमा औद्योगिक क्रान्तिको शुभारम्भ भएको छ ।
राज्य राजनैतिक रुपम नयाँ
परिवेशमा प्रवेश गरेको अवस्थामा औद्योगिक ग्रामको शिलान्यास गर्न पाउँदा खुशी लागेको छ । ७० बर्ष पछि संघीयताको धरातलमा उभिएर सबै भुभागमा समान विकास हुनुपर्छ भन्ने मान्यता आफनो रहेको उहाँले बताउनुभयो । पूर्व सांसद समेत रहनु भएका चौधरीले संघीयतामा अवसर र चुनौति दुवै हुन्छन् । अबको अवसरलाई मूर्त रुप दिनका लागि सबैले विकास र उत्पादनलाई बढाउनुपर्छ । आगामी दिनमा प्रदेश सरकारले उद्योगहरु पूर्ण क्षमतामा कसरी चलाउन सकिन्छ त्यो सोच्नुपर्छ, उद्योगका उत्पादनलाई बजारसम्म पु¥याउन सक्ने वातावरण बनाउनुपर्छ । २७ बर्ष अगाडि नवलपरासीबाट औद्योगिक ग्रामको शुरुवात गरेको चौधरी ग्रुपले अहिले प्रदेश न. १ मा पार्कको निर्माण थालनी गरेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पछिल्लो समय नेपालका विभिन्न प्रदेशमा सिजी ग्रुपको उपस्थिति भए पनि प्रदेश न. ७ मा भने आफू सन्तुष्ट नभएको बताउनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री विजय कुमार गच्छदारले ७० बर्ष पछि मुलुकमा
राजनैतिक स्थिरता आएको छ । अब कसैले चाहेर पनि मुलुकको समृद्धिको यात्रा रोकिदैन । अब झिना मसिना कुरामा हुने राजनैतिक किचलो रोक्नुपर्छै । सबैले विशेष राजनैतिक अधिकार पाएका छन् । प्रदेश नं. १ को सुनसरीमा चौधरी ग्रुपले औद्योगिक पार्क निर्माण गरेपछि विकराल बन्दै गएको बेरोजगार समस्या, युवाहरुको विदेश पलायन
रोकिन विश्वास उहाँले व्यक्त गर्नुभयो । विद्युत, पर्यटन, कृषि, उद्योगहरुले मुलुकले समृद्धि पाउने भएकोले यो क्षेत्रको विकास अपरिहार्य छ, उहाँले भन्नुभयो । शिलान्यासको अन्त्यतिर हतार हतार पुगेर एकै पटक मञ्चमा उक्लिएका अर्थमन्त्री ज्ञानेन्द्रबहाुर कार्कीले बीपीको सपना ७० बर्ष पछि पूरा हुन लागेको बताउनुभयो । मुलुकको समृद्धि औद्योगिक क्रान्तिबाट मात्र सम्भव भएको बताउदै अर्थमन्त्री कार्कीले मुलुकमा वेरोजगार समया समाधान मात्र नभएर अर्थतन्त्रमा समेत सुदृढ बनाउन औद्योगिक पार्कले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
एमाले सचिव, प्रतिनिधिभा सदस्य भीम आचार्यले अब मुलुकमा आर्थिक क्रान्ति हुने बताउनु भयो । आज राजनैतिक क्रान्ति सिद्धिएकोले सब आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा उहाँले जोड दिँदै भन्नुभयो आगामी पाँच बर्ष केन्द्रदेखि प्रदेशमा समेत स्थायी सरकार बन्ने भएकोले वैदेशिक लगानी समेत भित्रिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो हामीले निर्यातमुखी व्यापारमा जोड दिनुपर्छ । अहिले
भारबाट ७० अर्ब भन्दा बढीको एलपी ग्याँस मात्र भित्रिरहेको छ । पाँचबर्ष पछि एमालेको आगामी सरकारले एलपी ग्याँसलाई पूर्ण रुपले विस्थापित गरेर विद्युतीय चुलो प्रयोग गर्ने उहाँको कथन थियो । उहाँले भन्नुभयो मुलुकमा भिजन भएको नेतृत्को अवभाव र राजनैतिक अस्थिरताले मुलुकको विकास हुन नसकेकोले अब मुलुकमा रजनैतिक
स्थिरता र भिजन भएको नेतृत्वले मुलुक सञ्चलन गर्ने भएकोले मुलुकको समृद्धि अब टाढा छैन । उहाँले भन्नुभयो हामी
रोड म्याप अनुसार विकासका गतिविधि अगाडि बढाउँछौ, विकासका सवालमा हामी कसैसँग सम्झौता गर्देनौं ।
यसैगरी पर्यटन राज्यमन्त्री सुमित्रा विश्वासले महिलाहरु रोजगारीका हिसाबले पछि परेकोले स्थापना हुने उद्योगमा महिलाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

