राजधानी÷भारको ६९ औं गणतन्त्र दिवसका अवसरमा भारतीय
राजदुतावासले विभिन्न संघ, संस्था तथा समुदायलाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ भने अस्पताल, गैह« नाफामुलक संस्था, शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत प्रदान गरेको छ ।
भारतले सन् १९९४ देखि नेपाललाई निरन्तर त्यसरी एम्बुलेन्स र बसहरु प्रदान गर्दै आएको छ । हालसम्म उसले नेपाललाई ६ सय ६० थान एम्बुलेन्स र १ सय ३० थान बस उपलब्ध गराइसकेको छ । गणतन्त्र दिवसका अवसरमा देशका विभिन्न शैक्षिक संस्था, पुस्तकालयहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराइनुका साथै भूतपूर्व भारतीय सेनाका सन्तानहरुको शिक्षा र स्वास्थ्यमा समेत सहयोग उपलब्ध गराइएको थियो ।
नेपाली सेनाको एक व्याण्ड टोलीले नेपाली राष्ट्रिय गानको साथै विभिन्न धुनहरु बजाएर शुरु भएको कार्यक्रमलाई भारतीय राजदुत मन्जिव सिंह पुरीले सम्बधोन गर्नुभएको थियो । सो
अवसरमा बोल्दै राजदूत पुरीले भन्नुभयो राजनीतिक स्थायित्वसँगै समृद्धिको पथमा लक्केको नेपाललाई निकटमा रहेर विकासको पथमा साझेदारी गर्न भारत तयार रहेको छ । नेपालको विकासमा जनस्तरको सम्बन्ध जोड्ने, व्यापार, पारवाहनलाई सहजबनाउन एकीकृत जाँच चौकी निर्माण, यहाँका संघ संंस्थालहरुलाई सुदृढ बनाउने कार्यको थालनी भइसकेको समेत पुरीले बताउनुभयो ।

