धरान÷नेपालको अत्यनतै निकटको छिमेकी मुलुक भारतको ६९ औं गणतन्त्र दिवस भारतीय पेन्सन वितरण कार्यालय धरानमा भव्यताका साथ मनाइएको छ ।
पेन्सन पेइङ्ग कार्यालय धरानका
प्रभारी अधिकारी सेना मेडल मेजर सुनिल कुमार पालले कार्यालय परिषरमा भारतीय झण्डा फहराउनुका साथै बीर दिवंगत
भारतीय सेनाको स्मारकमा पुष्पाहार अर्पण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सेना मेडल मे. सुनिलकुमार पालले भन्नुभयो गणतन्त्र दिवस भारको राष्ट्रिय पर्व हो । सन् १९५० मा
भारीय संविधान जारी भएपछि भारतको समृद्धिको यात्रा प्रारम्भ भएको बताउदै उहाँले भारत आÏना सबै छिमेकी राष्ट्रहरुसँग पञ्चशीलका आधारमा सम्बन्ध सुदृढ गर्ने प्रष्ट पार्नुभयो । उहाँले ६९ औं गणतन्त्र दिवसमा भूतपूर्व भारीय सैनिक, स्थानीय उद्योगी, व्यापारी, समाजसेवीहरुमा शुभकामना प्रदान गर्नुभएको थियो ।
हरेक बर्षहरुमा झै यसपटक पनि भारतीय भूतपूर्व सनिकहरु धनबहादुर लिम्बु, मेघबहादुर राई लगायतका चारजनालाई आर्थिक सहयोग प्रदान गरिएको उक्त कार्यक्रममा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले विविधि विधामा आधारित नृत्य प्रस्तुत गरेका थिए भने भारतीय भूतपूर्व सैनिक किशोर कुमार राईले आकर्षक गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सबैभन्दा आकर्षक टक अफ वार रहेको थियो । पेन्सन पेइङ्ग कार्यालय, भूतपूर्व सैनिक संघ धरान, हाँसपोसा भूपू संघ, इटहरी भूपू संघ, पथरी भूपूसैनिक संघ बीचमा प्रतिष्पर्धा गराइएको थियो । टक अफ वारको विजेता हाँसपोसा भूपू सैनिक संघ भएको थियो भने उप विजेता पिपिओ टिम भएको थियो । विजेता उपविजेता सबैलाई सेना मेडल सुनिल कुमार पाल र एसएसपी हरिबहादुर पालले संयुक्त रुपमा पुरस्कृत गर्नुभएको थियो ।

