धरान÷दक्षिण एसियाकै प्रभावशाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष एवम् भावि प्रधानमन्त्री खड्गप्रसाद ओली बीचमा गत आइतबार टोलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई नेपालको भावि प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै
सरकार गठन पश्चात भारत भ्रमणको लागि निम्ता समेत दिनुभएको छ । यस भन्दा अगाडि अर्थात झण्डै एक महिना पहिले पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन गरी बधाई एवम् शुभकामना दिनु भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निम्तोलाई स्वीकार्दै नेपालका भावि प्रधानमन्त्री ओलीले समेत मोदीलाई जनकपुर, मुक्तिनाथको दर्शन भ्रमणका लागि निम्ता दिनु भएको थियो ।
टेलिफोन वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा चाँडै गठन हुने ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न भारत प्रतिक्षारत रहेको बताउनु भएको थियो । प्रधानमन्त्री मोदीले ओलीको स्वास्थ्य अवस्थाको बारेमा समेत गहिरो चासो राख्दै जानकारी लिनु भएको थियो भने अंगेज्ी नयाँ बर्षको शुभकामना समेत दिनुभएको थियो । एमाले अध्यक्ष ओलीका निजी प्रेस सल्लाहकार एवम् पत्रिकार चेतन अधिकारीले टेलिफोनमा दिनु भएको जानकारी अनुसार मोदी र ओलीबीचको टेलिफोन वार्ता साडे सात मिनेट चलेको थियो । सो क्रममा ओलीले मोदीलाई नेपालमा स्वागत गर्न आफू आतुर रहेको समेत बताउनु भएको थियो । उहाँले नेपालमा चाँडैै नयाँ सरकार बनेपछि विदेशी विशिष्ट पाहुनाको रुपमा आर्फू स्वागतका लागि आतुर रहेको बताउनु भएको पें्रस सल्लाहकार अधिकारीले जानकारी दिनुभयो ।

