जनस्तरबाटै प्रगााढ सम्बन्ध रहेको नेपाल भारत सहयोग परियोजना (एड नेपाल) अन्तर्गत पूर्वका १६ जिल्लामा भारत सरकारको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, प्राविधिक शिक्षामा खरबौ रुपैया लगानी

धरान÷सामाजिक, धार्मिक,
राजनीतिसँगै जनस्तरबाटै प्रगााढ सम्बन्ध
रहेको भारतले नेपालमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, प्राविधिक शिक्षा लगायत दर्जनौ साना तथा ठूला परियोजनामा हालसम्म खरबौ रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।
नेपाल भारत आर्थिक सहयोग परियोजना (एड नेपाल) अन्तर्गत भारतीय राजदुतावास मार्फत पूर्वाञ्चल हालका प्रदेश नं. १ र २ का १६ जिल्ला सुनसरी, मोरङ्ग, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग धनकुटा तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिराहामा भौतिक संरचना कमजोर भएका सामुदायिक विद्यालय निर्माण, कलेज निर्माण, स्वास्थ्य संस्था निर्माण, प्राविधिक शिक्षालय निर्माण, सडक, स्कूल बस, एम्बुलेन्स लगायतमा सबैभन्दा ठूलो सहयोग उपलब्ध गराएको हो ।
सडक विद्यालयहरु निर्माण
भारतीय राजदूतावास मार्फत प्राप्त त्यस्ता परियोजनाहरु जिल्ला समन्वय समिति, नगर पालिका तथा गाउँ पालिकाको सुपरभिजनमा सम्पन्न हुने गरेका छन् । सुनसरी जिल्लामा मात्र नेपाल भारत आर्थिक परियोजना अन्तर्गत दर्जनौ निर्माण कार्य सम्पन्न भइसकेका छन् भने कतिपयको निर्माण कार्य जारी रहेको छ । भारतीय
राजदुतावासको सहयोगमा चार तला रहेको धरानको महेन्द्र वहुमुखी क्याम्पस भवन, शारदा माध्यामिक विद्यालय खनार, पकली माध्यामिक विद्यालय पकली, धरानस्थित पिण्डेश्वर क्याम्पको लाइब्रेरी, पकली माविमा पुनः सात कोठा निर्माण, सुनसरी–सिरहा–सप्तरी–झापामा सिँचाईका लागि २२ वटा डिप ट्युवेल, इनरुवा बजारमा सडक कालोपत्रे, महेन्द्रनगर चकरघट्टीमा महेन्द्र माविको भवन निर्माण, भादगाउँ सिनुवारी माविको भवन निर्माण, भगवती मावि इनरुवाको भवन निर्माण, सुनसरी खोलामा तटबन्ध, धरानको अमरपथ सडक निर्माण सम्पन्न भइसकेका छन् भने प्रहरी आवासीय माविको भवन निर्माण कार्य जारी रहेको छ । भारत सरकारको लगानीमा धरानमा
अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत निर्माण भएको हो ।
उता मोरङ्गमा शुक्रबारेदेखि गान्धी आश्रम अमरदहको छ किमी सडक, पुनः दोस्रो
चरणमा गान्धी आश्रमदेखि रंगेलीसम्मको ९ किमी सडक र ५२ मिटरको चौडाको बक्राहा खोलाको पुल, धरान विराटनगर सडक खण्डको नेमुवा देखि मनमोहन स्मृति टेक्निकल कलेजसम्मको सडक कालोपत्रे, गोठ गाउँ मृगौलियादेखि पूर्वाञ्चल विश्व विद्यालय सम्मको सडक विस्तार, मच्छिन्द्र माध्यामिक विद्यालय केराबारीको भवन निर्माण, इटहराको सरस्वती माविको भवन निर्माण, सिस्वनीमा कृष्णप्रसाद कोइराला सेवा गुठी नर्सिङ्ग क्याम्पस भवन निर्माण, रंगेलिमा कोल्ड स्टोरेज भवन निर्माण, विराटनगर ९ स्थित आर्दश मावि भवन निर्माण गरिदिएको छ । यसैगरी भारत सरकारले नेमुवा हात्तीमुढामा एमाले नेता तथा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको नाममा पोलिटेक्निकल कलेज निर्माण गरिदिएको छ । यसैगरी झापामा गौरीगञ्ज क्याम्पस भवन, २५ वेडको गिनाइ हस्पिटल, मेची अञ्चल अस्पताललाई स्वास्थ्य सम्बन्धी अत्यावश्यक उपकरण र फर्निचर, मेची अञ्चल अस्पतालमा गिनाई हस्पिटल बिल्डिङ्ग, शनिश्चरे राजदुवाली रोड कल्भर्ट विरिङ्ग खोलामा, विर्तामोडको बसस्टेन्ड, घैलाडुब्बामा आर्दश माविको भवन निर्माण, पृथ्वीनगर वडा नं. ८ मा हिमाली माविको भवन निर्माण, पथरिया ४ मा पथरिया माविको भवन निर्माण, बनियानी वडा न. ८ मा लक्ष्मी माध्यामिक विद्यालयको भवन, लखनपुर १ मा मंगलमाया मावि भवन निर्माण, कन्काई नदी नियन्त्रण, भद्रपुरमा कोल्ड स्टोरेज भवन निर्माण, शान्ति नगरमा शान्ति आदर्श भवन निर्माण, भदपुर नगरपालिकामा बीपी चौकदेखि भानुचौकसम्मको सडक निर्माण, धाइजनस्थित बलभद्र जनता मावि पूर्वाधार निर्माण र हरिया खोलामा तटबन्ध निर्माण गरिदिएको छ ।
यसैगरी धनकुटामा गोकुण्डेश्वर माविको भवन निर्माण, पाख्रीबासको जाल्पा माविको भवन निर्माण, मारेक कटहरेको शारदा माविको भवन निर्माण समेत भारतीय दुतावासमार्फत सम्पन्न भएको छ । इलाम जिल्लामा समेत पञ्चकन्यामा रहेको करफोख माध्यामिक विद्यालय, फिक्कल ६ मा फिक्कल माध्यामिक विद्यालयको भवन निर्माण, इलाम बजारमा कोल्ड स्टोरेज भवनको निर्माण, इलाममा रहेको महेन्द्ररत्न वहुमुखी कयाम्पस भवनको निर्माण सम्पन्न भइसकेको छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा
भारतीय राजदुतावासले चाँडै नै अध्यागमन, क्वारेन्टाइन लगायतका कामलाई अगाडि बढाउने भएको छ । यसका लागि केही दिन अगाडि मात्र नेपालका लागि भारतीय
राजदुत मन्जिव ंिसंह पुरीले स्थलगत अवलोकन गर्नुभएको थियो । खोटाङ्ग जिल्लामा समेत भारतीय राजदुतावासले खार्पा ४ स्थित शारदा माविको अत्याधुनिक भवन निर्माण गरिदिएको छ । यस्तै ओखलढुंगामा वरुनेश्वर ३ रामपुरमा शहीद आदर्श क्याम्पसको भवन, रगनीमा चण्डेश्वरी माविको भवन, ठूला छाप निसाने ४ मा हिमालय माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ । पाँचथरमा पाँचथर वहुमुखी क्याम्पसको भवन निर्माण गरिदिएको छ । सिराहा जिल्लामा पनि दर्जनौ कलेज र विद्याजय भवन निर्माण गरिदिएको छ । लहानमा रक्त सञ्चार केन्द्र, ग्रामीण क्षेत्रका एकसय विपन्न परिवारलाई लुगा सिउने मेसिन, जे.एस.एम क्याम्पस लहानको भवन निर्माण, लहानको धनगढीमा महेन्द्र जनाई मेमोरियल मातृ शिशु हस्पिटल भवन, मदारमा चन्द्र नाराण यादव
मेमोरियल हस्पिटल, धनगढीमा धनगढी प्राकृतिक हेल्थ हस्पिटल, फूलबरियामा बाबुजी राय जुलाई ठाकुर निमाविको भवन निर्माण, विद्यानगरमा राम जानकी विद्यालयको भवन, सिराहामा चन्द्र नारायण माध्यामिक विद्यालयको भवन, जे.एस. क्याम्पसको भवन निर्माण, ३५० वटा स्यालो ट्युवेल जडान गरिदिएको छ । हाल अरु पनि कैयौ योजनाहरु धामाधम निर्माण भइरहेको छ । सप्तरीमा समेत वेल्ही चपेनामा जनता प्राइमरी स्कुल निर्माण, पहिलो चरणमा फत्तेपुर कुनौली
रोड निर्माण, दोस्रो चरणमा सोही रोड निर्माण, राजविराज अञ्चल अस्पतालमा डबल र सिंगल इमरजेन्सी ब्लकको निर्माण, महेन्द्र विन्देश्वरी क्याम्पस भवनको निर्माण, व्रम्हपुरमा जनता रामेश्वर विद्यालय भवनको निर्माण, बोरियामा नरेन्द्र मेमोरियल पब्लिक मावि भवन निर्माण गरिदिएको छ । यसैगरी सोलुखुम्बुमा समेत खुम्जुङ्ग र कुन्डे गाउँमा खानेपानी सप्लाई आयोजना, संखुवासभामा खाँदबारी स्थित हिमालय क्याम्पस भवनको निर्माण, नेपाल रेडक्रस सोसाइटी खाँदबारीमा रक्त सञ्चार केन्द्र, ताप्लेजुङ्गमा मेहेले वडा न. ७ मा निलगिरी विद्यालय भवनको निर्माण, सिनाम ४ मा सिनाम माध्यामिक विद्यालय भवनको निर्माण, उदयपुरमा त्रिजुगा जनता वहुमुखी क्याम्पसमा लाइब्रेरी भवनको निर्माण, त्रिजुगामा अम्वेवार जनता मावि भवनको निर्माण, देउराली खानेपानी आयोजनाको निमौण, देउराली खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण, ज्योति माध्यामिक विद्यालय भवन बेल्टारमा निर्माण, त्रिजुगाा नदीमा तटबन्ध, भोजपुरमा विद्योदय माध्यामिक विद्यालय भवनको निर्माण, शारदा मावि देउरालीको भवन निर्मण, १५ वेडको हस्पिटल दिंग्लामा निर्माण गरिदिएको छ ।
एक्बुलेन्स र स्कूलबस
भारतीय राजदुतावास काठमाण्डौले आÏनो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा देशका विभिन्न अस्पताल, स्वास्थ्य संस्था, संघ संस्थाहरु, स्कूल, कलेजहरुलाई एम्बुलेन्स र स्कुल एवम् कलेज बसहरु उपहार स्वरुप प्रदान गर्दै आएको छ । नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत उसले एम्बुलेन्स र बसहरु प्रदान गर्दे आएको हो ।
दुताबासले धनकुटाको नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी े मौना बुधुकलाई एम्बुलेन्स प्रदान गरिसकेको छ । इलाम जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल, भूपू सैनिक कल्याणकारी संस्था इलामलाई एम्बुलेन्स प्रदान गरेको छ । यता झापा जिल्लामा नेपाल
रेडक्रस सोसाइटी शनिवश्चरे अर्जुनधारा शाखा, भद्रपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी घैलाडुब्बा शाखा, वाहुनडाँगी समाज वाहुन डाँगी, नेपाल रेडक्रस सोसाइटी
सरणामति शाखा, मेची अञ्चल अस्पताल, मेची नगर रेडक्रस सोसाइटीलाई समेत एम्बुलेन्स प्रदान गरेको छ । यसैगरी मोरङ्ग जिल्लामा अमाही वरियातीको जीवन विकास समाज, नेपाल भारत मैत्री संघ विराटनर, नेपाल महिला संघ शनिश्चरे शाखा, जिल्ला विकास समिति विराटनगर, महिला विकास केन्द्र उर्लाबारी, ग्रामीण महिला जागरण केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपपशाखा
रंगेलीलाई एम्बुलेन्स प्रदान गरेको छ भने गुरुकुल माध्यामिक विद्यालय, जामिया इस्लामिया सरौचिया, मनमोहन मेमोरियल पोलिटेक्नकललाई बस प्रदान गरेको छ ।
यसैगरी ओखलढुंंगाको नेपाल रेडक्रस सोसाइटी, पाँचथरको गोपेटार स्वास्थ्य केन्द्र र जिल्ला अस्पताललाई समेत एम्बुलेन्स प्रदान गरिसकेको छ । सुनसरीमा समेत आज भन्दा १९ बर्ष अगाडि अर्थात सन् १९९८ मा सुष्मा कोइराला मेमोरियल ट्रष्टलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको थियो । तर ट्रष्ट धरानमा लामो समय चल्न नसक्दा पछि उक्त एम्बुलेन्स नेपाल
रेडक्रस सोसाइटीले सञ्चालन गरेको थियो । पूर्वाञ्चल गोर्खा भूपूसंघ, नेपाल रेडक्रस सोसाइटी इटहरी शाखा, उप स्वास्थ्य चौकी पकली, इनरुवा जिल्ला अस्पताल, उपस्वास्थ्य चौकी झुक्का, भारतीय एक्स सर्भिसमेन एसोसिएसन धरान, उप स्वास्थ्य चौकी लौकही, भुटाहा जेनेरल हस्पिटल एण्ड भेटेनरी क्लिनिक, सुच्चा कल्याणकारी समाज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य उप चौकी हरिपुर, जियाउल हक मेमोरियल ट्रष्ट धरान, भूतपूर्व सैनिक संघ शान्तिनगर इटहरीलाई एम्बुलेन्स प्रदान गरिसकेको छ भने भादगाउँ सिनुवारी मावि, महेन्द्रनगर मावि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्कुल बस प्रदान गरिसकेको छ । यस्तै सिराहामा नेपाल रेडक्रस सोसाइटी, शहीद यज्ञ बहादुर थापा फाउन्डेशन, चन्द्र नारायण यादव, मेमोरियल टष्ट्र, नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुखिपुरलाई एम्बुलेन्स प्रदान गरिसकेको छ । सप्तरी जिल्लामा समेत नेपाल रेडक्रस सोसाइटी, ग्रामीण विकास समति कोइलारी, राजविराज नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, जेपिलोहिया रामेश्वर मेमेरियल ट्रष्ट, ग्लोबल वहुमुखी कोअपरेटिव सोसाइटी लि, टाक मल्टीपल को अपरेटिव सोसाइटी लि, कम्युनिटी हेल्थ केयर सेन्टर, नेपाल रेडक्रस सोसाइटी उपशाखा पातोलाई भारतीय राजदुतावासले एम्बुलेन्स प्रदान गरिसकेको छ । सोलुखुम्बुको सल्लेरी स्थित सल्लेर अस्पताल, नेपाल रेडक्रस सोसाइटी, संखुवासभाको जिल्ला अप्स्पताल, नेपाल रेडक्रस सोसाइटी, प्राइमरी स्वास्थ्य केन्द्र चैनपुर, तेह्रथुममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्वास्थ्य केन्द्र ताप्लेजुङ्गमा नेपाल क्याम्न्सर रिलिफ सोसाइटी ताप्लेजुङ्ग शाखा, नेपाल फोर्मल एक्स आर्मी सर्भिस सेन्टर फुङ्गलिङ्ग, उदयपुरमा प्राइमरी हेल्थ सेन्टर वेल्टार, प्राइमरी हेल्ट सेन्टर कटारी, रामपुर हेल्थ पोष्ट ठोक्सिला, बसाहा सब हेल्थ पोष्ट बसाहालाई एम्बुलेन्स प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया