धरान÷धरान उपमहानगरपालिका वडा नं. १४ स्थित सैयौ बर्ष पुरानो गोपाल मन्दिरको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी ॐशिवशक्ति कल्याणी केन्द्रले जथाभावि भौतिक संरचना निर्माण गरेकोप्रति सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी
रोक लगाएको छ ।
गोपाल मन्दिरको नाममा रहेको ५ कट्ठा १८ धुर जग्गा राजनैतिक प्रभाव र आर्थिक प्रलोभनमा परी धरान उपमहाननगरपालिकाले ॐ शिव शक्ति कल्याणी केन्द्रलाई भौतिक संरचना निर्माण गर्न स्वीकृति दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जवरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले धरान उपमहानगरपलिकावडा नं. १४ कि.नंं. २३(ग) को जग्गामा गोपाल मन्दिर रहेको देखिएकोले मन्दिर र सो जग्गामा रहेका संरचना, रुख, विरुवा, वगैचा आदिमा कुनै प्रकारको क्षति नपु¥याई प्रस्तुत मुद्दाको अन्तिम टुंगो नलागेसम्म कुनै प्रकारको अतिक्रमण नगर्नु नगराउनु भनी सर्र्वोेच्च अदालत नियमाली २०७४ को नियम ४९ (२) ख बमोजिम सर्वोच्च अदालतबाट पौष २६ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तता प्रदान गरेको फैसलामा उल्लेख छ । सो को जानकारी विपक्षीहरुलाई दिई नियम अनुसार गरी पेश गर्न पनि आदेशमा भनिएको छ ।
जग्गा अतिक्रमणका विरुद्ध प्र्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई समेत विपक्षी बनाई मुनरसिंह राजपुतले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो । निवेदकको तर्फबाट अधिवक्ताद्वय कल्पित पराजुली र गोपी शर्मा सुवेदीले बहस गर्नुभएको थियो भने विपक्षीका तर्फबाट अभिवक्ताहरु अवइन्द्र निरौला, कैलाशपति निरौला, सह–न्यायाधिवक्ता खेमराज ज्ञवालीले बहस गरेका थिए । गोपाल मन्दिर अतिक्रमणका विरुद्धमा संघर्ष गर्दै आउनु भएकी समाजसवी पूर्णिमा राईले भन्नुभयो, ऐतिहासिक धरोहर विनास हुनबाट जोगिएको छ । अब शिव शक्ति कल्याणीको नाममा कुनै गतिविविध हुन दिँदैनौं । ॐ शिवशक्ति कल्याणी केन्द्रको नामा २०६८ साल मंसिर २० गतेदेखि गोपाल मन्दिरको उक्त जग्गामा वृद्धाश्रम, सत्सँग हल, बाल गोपाल मन्दिर निर्माण गर्दै आएका निर्माण समितिका सचिव सीताराम आचार्यले भने जग्गा ऐलानी भएकोले नगरपालिकाले दिएको हो । सर्वोच्चले रोकेपछि अब कुनै निर्माण कार्य हुँदैन । जग्गा गोपाल मन्दिरको भएकोले ऐलानी भनेर कसैले मनपरि गर्न पाइदैन राईको कथन थियो । गोपाल मन्दिर परिषरमा संघर्ष समितिले गोपाल मन्दिरको बोर्ड सोमबारै लगाइसकेको छ ।

