किराती संस्कृति समेटिएको चलचित्र यारीको च्यारिटी सो

धरान÷ सबैलाई आ–आफ्नो भाषा, संस्कृति, भेषभुष मन पर्छ । तर पछिल्लो समय पुस्तौपुस्ता चलिआएको भाषा, संस्कृति , भेषभुषालाई युवा पुस्ताले विर्सिने क्रम बढ्दै गएपछि यसलाई बचाउन पहिचानवादीहरु सक्रिय हुन थालेका छन् ।
यस्तै सक्रिय हुने पहिचानवादी संस्थामध्ये किरात राई यायोख्खा अन्तर्गतको किरात राई सांस्कृतिक कलाकार संघ पनि एक हो । पछिल्लो पटक चलचित्रको माध्यमबाट राईहरुको भाषा, संस्कृति र पहिचान बचाउन किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले यारी चलचित्र निर्माण समेत गरेको छ ।
विगतमा डकुमेन्ट्री म्युजिक भिडियो, गीतमार्फत युवापुस्तमा संस्कृति, पहिचान र भाषाको अपनत्व बढाउदै आएको संघले पछिल्लो समय चलचित्रको निर्माण गरिएको निर्माता तथा निर्देशकको भनाई छ ।
२५ लाखको लातमा निर्माण भएको चलचित्र यारी फागुन ७ गते धरानको गणेश टाकिजमा च्यारिटी सोको रुपमा प्रदर्शन हुदैछ । प्रदर्शनबाट संकलन भएको रकमले किरात राईको मौलिक सस्कृतिकलाई सदियौसम्म जीवन्तता राख्न अन्य यस्तै गतिविधिलाई निरन्तता दिने किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष सालिक सतासकले जानकारी दिनुभयो ।
े पूर्वी नेपालको भोजपुर, साल्पा, मयुङ, सोलुखुम्बू जिल्लामा छायांकन गरिएको सो चलचित्र किरात जाति भित्रको भाषा सँस्कृति, रीतिरिवाजलाई देखाउने प्रयास गरिएको चलचित्रका निर्देशक बीरबहादुर
राईले बताउनुभयो । नेपाली भाषामा बनाइएको यो चलचित्र विश्वमा छरिएर बसेका किरात राई तथा अन्य जातिलाई पनि राईको परम्पराको विषयमा जानकारी होसे भन्ने अभिप्रायले अंग्रेजी भाषामा समेत अनुवाद गरिएको बताउनुभयो ।
पछिल्लो समयमा किरात राईको ऐतिहासिक, परम्परा बोकेका भौतिक संरचना विनाश हुने क्रमले तिब्रता पाएकोले किरातहरुका यस्ता ऐतिहासिक महत्व बोकेका संरचना जोगाउन युवा पुस्तालाई अभिप्रेरित गर्न पनि यो चलचित्र निर्माण गरिएको निमार्ताको भनाई छ ।
बीरबहादुर राईको कथा, निर्देशन तथा छायांकन रहेको चलचित्रमा निर्भिक राई, विस्मिता राई, श्याम राई र जाइका राईलगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगित रहेको चलचित्रको पाश्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । नृत्यको निर्देशन जनक राईको रहेको छ । २ घण्टा ७ मिनेट रहेकोे सो चलचित्रलाई चलचित्र विकास वोर्डले राष्ट्रिय सम्मान समेत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया