घण्टाघरबाट हेर्दा

मह“गा प्रदेश प्रमुख
गोडादेशक दिन अगाडि नियुक्त भएका प्रदेश प्रमुखहरु साह«ै महँगा रै’छन् । राम्रोरी एक छाक खान नपाउने, एकसरो लगाउन नपाउने, खप्पर दुख्दा सिटामोटलको आब्रुक नदेख्ने, आफ्नै देश भए नि आफ्नो माटो नभएका ठामममा प्रदेश प्रमुखले भने दुवै हातले सोहोर्दा पनि नभ्याउने गाँठ पाउने भा’छदन । अब हेरौ न प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार, पोसाक सुविधा प्रतिबर्ष १८ हजार, अतिथि सत्कार र भैपरी मासिक खर्च ४० हजार, पवदेश भ्रमण भत्ता प्रतिदिन ३ हजार, विदेश भ्रमण भत्ता प्रतिदिन २ सय ५० डलर, विमा १५ लाख, १२ जनालाई सविचालय जागिर खुवाउन सक्ने आलिसान आवास सुविधा, गाडी र तेल फ्रिमा । तेरिमा टोक्ने प्रदेश प्रमुखलाई जता फर्कियो लाभै लाभ । न प्रदेश प्रमुखले भारी बोक्नुपर्ने न कुटो कोदालो गर्नुपर्ने । प्रदेश प्रमुख नै यति साह«ो महँगा भएसी प्रदेश सांसद, प्रदेश मन्त्री, प्रदेश मुख्मन्त्री, प्रदेशसभामुख अझ कति महंगा होलान् ? जे होस् नेप्लिज जन्ताले अब आफूले नखाएर पनि प्रदेशका महंगा लाउकेहरुलाई पाल्नुपर्ने भयो । यसलाई पनि देश विकास नै मान्नुपर्ला । कि कसो हौ ?
भातृ भाषाको माया“
अस्तिका दिन प्रदेश सभाका सांसदहरुले सपथ खाए । सपथ नेपाली भाषामा लेखिएको थ्यो । तर उनेरले सपथ लिँदा आफूहरु नेपालीभाषा बुझ्दैनम् भनेर आफ्नै मातृ भाषामा सपथ खाए । कसैले हिन्दीमा खाए, कसैले मैथिलीमा खाए, कसैले थारु भाषामा खाए । विचित्र चाहिँ के प¥यो भने प्रदेश प्रमृुखले नेपाली भााषामै सपथ पढे तर खानेले आफै उल्था गरेर भट्याए । नेपाली भाषा बुझ्दैनम् भनेर भन्ने प्रदेश सांसदले नबुझ्या भे’ कसरी उल्था गर्थे त ? ए गाठे यो देशाँ के हुन लाग्या हँ ? नेपाली भाषाचािहँ नवुझ्ने अनि उल्था गर्नचाहिँ सक्ने ? नानी भन्दा आँची ठूलो भन्या यही हो । यस्ता सांसदहरुलाई उल्थे सांसद भन्दा के फरक पर्ला र ? भोलि पुल, सडक, विद्यालय बनाउदा पनि यिन्ले भारु, थारु, मैथिली नै बनाउलान् कि ?
संसदमा जेल
यतिबेला सर्कारले गर्नैपर्ने एउटा
कुरामा पटक्कै ध्यान दिएको छैन । नानाथरिका बेकामे काममा सरकारको ध्यान जान्छ तर नगरी नहुने काममा पटक्कै ध्यान जाँदैन । अब हेरौ न अहिलेको प्रदेशसभा र प्रतिनिधिसभामा पकेटमार, फिरौती असुली गर्ने, हत्या गर्ने, चोर, डाका, डनहरुले नि निर्वाचन जित्या छन् । अदालतले सजाये पनि तोकिसक्या छ । कतिको तोक्न बाँकी नै छ । जे भएपनि तिन्लाई जन्ताले चुनेर पठाका हुन । अब अरुलाई जस्तो यिन्लाई बाहिरका जेलमा राख्दा जनमतको अपमान हुने नराखे पनि अदालतको अपमान हुने । क्या फसाद † यसका निम्ति घण्टाघरसँग एउटा गज्जबको आइडिया छ । त्यो के भने अब संसदभित्रै एउटा जेलको पनि व्यवस्था गर्नुप¥यो । संसदभित्र थुनेसी कसैको अपमान पनि भएन । सर्प पनि म¥यो लठ्ठी पनि भाँचिएन ।
भविष्यवेत्ता गधा
खप्रओको गाउँ माने दमकमा यतिबेला रमाइलो मेला लाग्या छ । मेलामा अनेकौ प्रकारका समान सहित ठेलाठेल त हुने नै भयो । तर मेलाम एउटा त्यस्तो जीच राख्या रै’छ सम्पूर्ण मेलाको आकर्षक नै त्यही थियो । माने भविष्य वेत्ता गधा । यहाँ गधाबाट मानिसको भविष्य हेरिन्छ भनेर अगाडि नै होर्डिङ्ग बोर्ड राख्या थ्यो । भविष्य वेत्ता गधा तीन दिनपछि एकएक गायव भयो ।गधा गायव हुनुको आरोपचाहिँ यतिबेला कामचलाउ पर्धानमन्तरी बुढानिलकण्ठे काजी र भविष्येका हुने पर्धानमन्तरी खप्रओमाथि लाग्या रै’छ । ज्योतिषीले आफूलाई सात पटकप र्धानमन्तरी हुन्छस् भन्या छ भन्ने काजीले अब नेपाली ज्योतिषीको पटक्कै विश्वास नगर्ने रे । अब त्यही भएर कति पटक पर्धानमन्तरी हुन्छु भनेर भविष्य हेर्न वाल्वाटारतिर पु¥याएका छन् रे । अर्को हल्ला नि आ’छ यतिका दिन बितिसक्दा पनि पर्धानमन्तरी बन्न नपा’सी खप्रओले नै आफ्ना दूतहरु पठाएर वालकोटतिर लेरा’छन् रे । प्रहरी गधा कस्काँ पु¥याइएको छ भनेर पूरा अनुसन्धान गर्दै छ रे । आखिरी गधा भारततिरबाट ल्याइएको हो जो प¥यो ।
ज्यान गए खान्नम्
कमनिष्ठा भएकाहरुलाई कम्निस्ट भन्थे हो कि क्या हो ? अब हेरम न यस भन्दा अगाडि झालेमाले र माउवादी केन्द्रका प्रदेशसभा सदस्यहरु देउवा सरकारले नियुक्ति ग¥या प्रदेश प्रमुखबाट ज्यान गए नि सपथ खान्नम् भन्थे । तर सपथ खाने दिन सबैभन्दा अगाडि झालेमाले र माउवादी केन्द्रकै सभासदहरु सबैभन्दा अगाडि आÏनो थोपडा देखाउन पुग्या थे । पर्देश प्रमुखका अगाडि सबैभन्दा पहिला तिन्का अनुहार देख्दा घण्टाघरलाई एकछिन् त विश्वासकै भएन । कतै भ्रम पो हो कि भनेर घण्टाघरले पनि खुब आँखा च्याति च्याति हे¥यो । जतिसुकै हेरे नि आखिरी अनुहार तिनै थिए । विचाराहरु सपथग्रहनमा छुटिएला कि भनेर अस्थायी राजधानीमा अघिल्लै दिन आएर एक झप्को नसुती बस्या थिए भने कतिपय हेलिकोप्टरै चार्ट गरेर, आ’थे । आखिरी देउवाले नियुक्ति गरेकैबाट सपथ खानुपर्ने थियो भने किन त्यसरी फूर्ति लगाएका होलान् ?
बैंक मर्जर जस्तो
तित्राको थुतुनो जस्तो प्यार्र प्यार्र गर्ने नयाँ शक्ति पार्टीका संयोजक बाउराम बाजेले भन्या झालेमाले र माउवादीको गठबन्धन, एकता बैंक मर्जर जस्तो हे रे र हैन हौ
बाउराम बाजे झालेमाले र माउवादी बैंक हुन कि क्या हो ? कही पार्टीहरुको लगनगाठो पनि बैंक मर्जर जस्तो हुन्छ र † आफू जहाँ बस्यो त्यहीबाट ठक्क पाएर उछिट्टिएका बाउराम किनारा लाग्दै आ’मान्छे हुन् । कही हँटाउँदैनन् । जनमोर्चामा छँदा नि वाउराम उछिट्टिएका थे, माउवादीमा हुँदा नि उद्धिछट्टिए । बाम गठबन्धनमा जान खुट्टा उचालेर बस्या थे । अन्तेमा त्यहाँबाट पनि उछिट्टिए । चुनाउमा नि कसैको घाँस नालेसी’ विचारा लाँग्रेसको शरनमा पुगे । धन्न काँग्रेसले शरन दिएर लारायन काजीलाई पछारे । नत्र उही गोरखाबाट नि उछिटिन्थे । चरातिरबाट हण्डर खाएसी’ विचरा हिजो आज झालेमाले र माउवादीतिर खनिएका छन् । विचरा नखनिउन पनि कसरी ? समाउने हाँगो न टेक्ने जमिन †
गोरु कामरेडहरु
सिन्धुपाल्चोकमा यस पटक माघे संक्रान्तिका दिन भव्य गोरु जुधाई भएछ । इमान यमानका गोरुहरु जुधाइएको थियो । हुन त अरुको गोरु जुधाएर आनन्द लिनेहरु कम्ता थिएनन् । गोरु जुधाइ हेर्न झालेमालको उपल्लो स्तरका नेताहरु होलिकोप्टर चढेरै पुग्या थे । त्यत्रो हेलिकोप्टर चढेर गोरु जुधाई हेर्न जानुपर्ने नै थिएन । हुन त गोरु जुधाई हेर्न गोरुहरु नै त्यत्रो मेहनत र खर्च गरेर जाने त हुन् नि । गोरु जुधाई हेरेरे तिन्ले के ज्ञान हासिल गरे होलान । ज्ञान त पक्कै हासिल ग¥या हुनुपर्छ । एउटा गोरुले अर्के गोरुलाई
कसरी उत्तानोचित पार्दा रै’छन्, कसरी छिर्के लगाउने भन्ने ज्ञानचाहिँ झालेमालेका नेताले पक्कै हासिल ग¥या होलान् । त्यही ज्ञान हाँसिल गर्न त होलिकोप्टर चढेर सिन्धुपाल्चोक पुग्या हुन् ।
अन्तेमा
नेपाली काँग्रेसको चिन्ता यदि कसैलाई छ भने कोइराला परिवारका
शेखर, ससांक र सुजोलाई मात्र रै’छ । पहिला पहिला यी तीनजना तीनतिर टाउको घुमाएर बस्थे । अहिले चाहिँ एकै ठाउँमा टाउँको जोडेर बस्न थाल्या छन् । उनीहरु एकै ठाउँमा टाउको जोडेर बस्नुको मुख्य कारणचाहिँ काँग्रेसप्रतिको चिन्ता नै हो रे । अस्तिका दिन सुजो निवास मण्डीखाटारमा तीनैजना भेला भेर
सधै हाइहाई भएको काँग्रेसलाई यसपटक जन्ताले वाइवाई गर्नुको मुख्य कारण अक्षम नेतृत्व नै भएर हो भन्ने निष्कर्ष
निकालेछन् ।

तपाईको प्रतिक्रिया