पाहुना टोली भारतको सिक्किम युनाईटेडलाई हराउँदै धरान फुटबल क्लब पोखरामा जारी १६ औं संस्करणको आहा–रारा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा भएको दोस्रो प्रि–क्वार्टरफाईनलमा धरान फुटबल क्लवले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।
धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एकरएक गोल गरेका थिए। खेलको ६१ औं मिनेटमा धरानका डिफेन्स खेलाडी रमन लिम्बुले पहिलो गोल गरे। निशान लिम्बुको कर्नर बललाई रमनले उत्कृष्ट गोल गरेका हुन् ।
खेलको ६३ औं मिनेटमा सजन
राईले गोल गर्दै खेलको अग्रता दोब्बर पारे । पेनाल्टी एरिया नजिकबाट निशानले गोल गर्न चुकेको बललाई सजनले गोल गरेका हुन् । खेलको ७४ औं मिनेटमा निशान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेड गोल गरे । खेलमा धरानका निशान म्यान अफ दी म्याच भए ।
सिक्किमका दिपेश मगरले खेलको ३५ औं मिनेटमा खाली पोष्टमा प्रहार गरेको बललाई धरानका सरोज राईले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफमा गोल गर्ने केही
राम्रा अवसर निकालेको सिक्किमले दोस्रो हाफमा त्यती राम्रो खेल्न सकेन ।
सिक्किमका म्यानेजर पेमा भुटियाले पहिलो हाफमा राम्रो खेल खेल्दा खेल्दै गोल गोल गर्न नसकेपछि दोस्रो हाफमा लगातार दुई गोल खाँदा खेलाडीहरुमा उत्साह घट्न गई पराजित हुनु परेको बताए ।
धरानका प्रशिक्षक अर्जुन राईले हिजो मंगलबार ईटहरीमा भएको खेलमा सहभागि भएर रातारात पोखरा आउँदा खेलाडी थाके पछि सोचे जस्तो राम्रो खेल प्रदर्शन गर्न नसकेको बताए ।

