इन्द्रबराह एम्युच्युर गल्फ प्रतियोगिता हुने

धरान÷नेपालकै पुरानो गल्फ कोर्षमा निर्माण भएको सुनसरीको धरानस्तिथे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको निर्वाणा कन्ट्री गल्फ कोर्षमा हुने
गरेका गल्फ प्रतियोगिताको सम्झौता धमाधम सिद्धिन थालेपछि गल्फ प्रतियोगिताको विकासका लागि गठन गरिएको धरान गल्फ क्लबले गल्फ खेललाई
निरन्तरता दिनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
विगतमा यही गल्फा रिसोर्टमा स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका दर्जन भन्दा बढी गल्फ प्रतियोगिता हुने गर्दथे । प्रायोजन र गल्फ क्लबबीचको सम्झौतामा सञ्चालन हुने यस्ता प्रतियोगिता अहिले भने नगन्य रुपमा हुन गरेका छन् ।
सने १९६२ सालमा धरानमा वृटिश क्याम्प रहेका वृटिशहरुले शुरु गरेको गल्फ खेलको विकासका लागि गठन भएको
धरान गल्फले पूर्वाञ्चलको एक मात्र गल्फ कोर्षलाई विगतकै जस्तो निरन्तताका लागि गल्फ खेलाडी, गल्फ प्रतियागिताको प्रयोजन गर्ने संंघ संस्थालाई आग्रह गरेको छ ।
विगतमा यो गल्फ कोर्षमा बार्षिक रुपमा सुनसरी टेक्निकल कलेज एम्युचेयर, इन्द्र बराह एम्युचेयर, तृस्णा मेमोरियल एम्युचेयर, गुरु बर्थ डे खुल्ला गल्फ प्रतियोगिता, अन्तर सदस्यी टुर्नामेन्ट लगायत राष्ट्रिय स्तरको हिमालयन गल्फ प्रतियोगिता, सूर्य इस्टर्न गल्फ प्रतियोगिता हुने गरे पनि सम्झौता सकिएसंगै अहिले भने इन्द्र बराह, तृष्णा, अन्तर सदस्यीय टुर्नामेन्टमात्र हुने
गरेको क्लबले जनाएको छ ।
त्यसो त केही यस्ता व्यापारिक संस्था जो समाजसेवामा पनि समर्पित छन् उनीहरु भने धरानको गल्फ खेलको विकासका लागेका छन् । व्यापारसंगै सामाजिक कार्यमा समेत अग्रसर
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले भने धरान गल्फ क्लबसंग १५ बर्षको सम्झौता गरेर प्रत्येक बर्ष इन्द्र वराह मेमोरियल एम्युच्युर खुल्ला गल्फ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । बराहका परिकल्पनाकार स्व. इन्द्र लामिछानेको गल्फ खेलको विकासको चाहनलाई साकार पार्न प्रत्येक बर्ष धरान गल्फ क्लबलाई १ लाख सहयोग गर्दे गल्फ खेलको आयोजना गर्र्द आएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका धरान प्रमुख मानबहादुर दियालीले बताउनुभयो ।
यसै क्रममा यही माघ ६ गतेबाट चौथो इन्द्रबराह मेमोरियल एम्युचेयर खुल्ला गल्फ प्रतियोगिताको आयोजना गर्दैछ । गल्फ खेलको विकासमा सहयोग पुगोस् भन्ने उद्दे््श्यले बराहको मुुख्य प्रयोजनमा हुन लागेकोे प्रतियोगितामा ४० जना गल्फ खेलाडीले भाग लिनेछन् । १ लाख ४० हजार लागत लाग्ने अनुमान गरिएको सो प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियाृेृगीलाई पुरस्कारको व्यवस्था समेत गरेको छ भने टाइटल जित्ने ७ जनालाई समेत पुरस्कारको व्यवस्था गरेको छ ।
आयोजन धरान क्लब क्लबले भने धरानको गल्फ खेलको विकासका लागि सरकारी स्तरबाट समेत सहयोगको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया