राजधानी÷भारतीय राजदुतावास र त्रिभुवन विश्व विद्यालय हिन्दी विभागको संयुक्त आयोजनामा गत हप्ता पौष २६ गते अर्थात १० जनवरीका दिन होटल अन्नपूर्णमा विश्व हिन्दी दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल सरकारका सँस्कृति,पर्यटन तथा नागरक उड्यानमन्त्री जितेन्द्र नारायण देवको प्रमुख आतिथ्यमा सम्पन्न विश्व हिन्दी दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।
उक्त अवसरमा भारतीय साँस्कृतिक केन्द्रका कलाकारहरुले काठमाण्डौका कलाकारहरुसँग मिलेर आ–आÏना कला सँस्कृति प्रस्तुत गरेका थिए । कलाकारहरुले पस्केको प्रस्तुतीबाट कार्यक्रममा सहभागी हुन आएकाहरु मन्त्रमुग्ध भएका थिए । भारतीय साँस्कृतिक केन्द्रका कलाकारहरुले सन्त कविरको एउटा भजनबाट आफ्नो प्रस्तुति अगाडि बढाएका थिए । विश्व हिन्दी दिवसका अवसरमा नेपाल र भारतको समान संस्कृतिको झल्को दिइएको थियो काठमाण्डौबाट प्रकाशित दुईवटा हिन्दी पत्रिका हिमालिनी र द पब्लिकको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा तीनवटा कविता संग्रहको समेत विमोचन गरिएको थियो । जसमध्ये एउटा कविता संग्रह ‘शब्दो कि गुंजन’ जुन विशेष रुपले विश्व हिन्दी दिवस २०१८ कै अवसर पारेर प्रकाशित गरिएको थियो । जुन कविता संग्रह त्रिभुवन विश्व विद्यालय हिन्दी विभागका अध्यक्ष डा. संजिता बर्मा र गोपाल अश्कले सम्पादन गर्नुभएको थियो । जुन कविता संग्रहमा नेपाल र भारतका सुपरिचित कविहरुको कविता संलग्न गरिएको छ ।
कार्यक्रमको अन्त्यमा एक कविता सम्मेलनको समेत आयोजना गरिएको थियो । जसमा नेपालका झण्डै २ सय जना कविहरुले आफनो कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका गरी झण्डै २ सय कवि तथा कवयित्रीहरुले आफ्नो सहभागिता जनाउनु भएको थियो । कवि कवियित्री, पत्रकार, लेखक तथा भारतीय राजदुतावासका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रघुबीर शर्माले गर्नुभएको थियो । विमोचित मालिनीका सम्पादक डा. श्वेता दिप्ती, द पब्लिकका सम्पादक सुश्री विणा शर्मा र शब्दोकी गुंजका दुवै सम्पादक डा. सुंनिता बर्मा तथा गोपाल अश्कलाई बधाईसँगै बरिष्ठ साहित्यकार रामदयाल राकेशको हाइकु संंग्रह, युवा कवयित्री सुश्री संगीता ठाकुर जसको काव्य संग्रह शब्दो कि स्रोतस्विनी समेत सो अवसरमा लोकार्पण भएको थियो ।

