बुढासुब्बा गोल्डकप आगामी माघ २० देखि

धरान÷ मोफसलकै सबै भन्दा
पुरानो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ ।
नेपालको फुटबलको इतिहास बोकेको गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
धरानलाई प्रादेशिक राजधानी
धरानलाई बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला धरानमा निर्माण गनुपर्ने दबाब सिर्जन गर्दै यस पटकको २० औं
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको आयोजना गर्न लागिएको आयोजक क्लबका अध्यक्ष एवम् एन्फा उपाध्यक्ष किशोर
राईले बताउनुभयो ।
प्रतियोगितामा विजेता १० टिमले जनाउने छन् भने ९ टिमले भने प्रतियोगितामा भाग लिने निश्चित भएको आयोजकले जनाएको छ । यसपटक विभागीय दुई टिम नेपाल पुलिस र शसस्त्र प्रहरी, एडिविजन क्लकमा मनाङ्ग मस्र्याङदी क्लब, संकटा क्लब, थ्रिस्टार क्लबको सहभागितासँगै अण्डर १९ राष्ट्रिय नेपाली टिम र आयोजक धरान फुटबल क्लबले सहभागिता जनाउदैछन् भने
अन्तर्राष्ट्रिय टिममा बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको
गरिफा फुटबल क्लबले समेत प्रतियोगितमा भाग लिने निश्चित भएको आयोजकले जनाएको छ ।
प्रतियोगितमा विजेता टिमलाई ५ लाख एक हजार, दोस्रो हुनेलाई
२ लाख ५१ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसैगरी उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५÷२५ हजार प्रधान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार प्रदान गरिने भएको छ ।
धरान रंगशाला निर्माणाधीन अवस्था रहेका कारण विगतका गोल्डकप धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुदै आएपनि यसपटक भने धरान १६ को
रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि ५३ लाख ४७ हजार लाग्ने अनुमाननित बजेट समेत क्लबले सार्वजनिक गरेको
छ । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि आयोजकले १४ देखि १७ गतेसम्म मिडिया प्रोमोसन कप र १९ गते धरानको भानुचौकमा सांगेतिक कार्यक्रम गर्ने समेत आयोजकले जनाएको छ ।
त्र

तपाईको प्रतिक्रिया