ओलीको उपचारमा मात्र १८ करोड

धरान÷नेपालका दुर्गमका मात्र नभएर सुगमका समेत अधिकांश गरिव परिवार एउटा सामान्य औषधि समेत खान नपाई असमायिक मृत्युवरण गर्न बाध्य छन भने यहाँ एउटा त्यस्तो वर्ग छ, जसले राज्यको ढुकुटीबाट औषधोपचारका नाममा करोडौ रुपैयाँ लिइरहेका छन् ।
औषधोपचारको नाममा राज्यको ढुकुटीबाट हालसम्म सबैभन्दा बढी रकम लिनेमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । हालसम्म पटक पटक गरेर १७ करोड ६६ लाख ६७ हजार ४ सय २ रुपैया लिइसकेका छन् ।
ओलीले २०५४ असार १५ गते २० लाख २५ हजार, २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय, २०६८ भदौ १३ गते ३५ लाख ७ हजार ३ सय, २०६९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, ०७१ चैत्र ५ गते ३७ लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, ०७२ कार्तिक ९ गते २० लाख १२ हजार ३ सय, २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैया उपचार खर्चवापत रकम लिएका छन् । औषधोपचारका नाममा राज्यकोषबाट रकम लिनेहरुमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व
राष्ट्रपति डा. रामवरण यादव, एमालेका बरिष्ठ नेता झलनाथ खनाल, प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता खुमबहादुर खड्का, पूर्व प्रधानमन्त्री तुलसी गिरी, माओवादी नेता नन्दबहादुर पुन, काँग्रेस नेता रामचन्द्र पौड्याल लगायत दर्जनौ नेताहरु रहेका छन् । अशक्त, रोगी र वृद्ध नेताहरुकै औषधोपचारमा ठूलो रकम राज्यकोष बाट खर्च भइरहेको स्रोतले जानकारी दिएको छ । राजनैतिक दलका नेताहरु समान्य रोगको उपचार गर्न समेत विदेश पुग्ने प्रवृत्तिले ठूलो धनराशी औषधोपचारकै नाममा बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया