को को परे प्रदेश नं. १ को समानुपातिकमा

धरान÷राजनैतिक दलहरुले समानुपातिकको अन्तिम सूचि बुझाउन ढिलाई गर्दा निर्वाचन आयोगले प्रदेशसभाका समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यहरुको तीन सातापछि अर्थात निर्वाचन सम्पन्न भएको २३ दिनपछि सदस्यहरुको नाम प्रकाशित
गरेको छ ।
प्रदेश नं. १ का १३ जिल्लाबाट दलहरुले प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले प्रदेशसभा चयन
गरेको हो । ३७ सिट रहेको प्रदेश सभा सदस्यमध्ये सबैभन्दा ज्यादा एमालेको भागमा परेको छ । उसले १५ जना समानुपातिक प्रदेशसभा सदस्य पाएको छ । जसमा विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ्ग, होमकुमारी सावा, आशारत्न जवेगु, यसोदा अधिकारी, अम्बिका थापा,
सरिता थापा, सावित्री कुमारी रेग्मी, सुनिता कुमारी चौधरी, जयमाया गजमेर, बसन्ती देवी यादव र गुलेफुन मियालाई प्रदेशसभा सदस्य बनाएको छ । प्रदेशसभामा प्राप्त सबै सिटमा एमालेले प्रदेश नं. १ बाट महिलाहरुको मात्र प्रतिनिधित्व गराएको छ ।
यसैगरी नेपाली काँग्रेसको भागमा १३ जना परेका छन् । जसमा पुरुष सात र महिला ६ जनालाई सभासद बनाइएको छ । प्रदेश नं. १ बाट सांसद बन्नेहरुमा प्रताप प्रकाश हाङ्गमाङ्ग, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लिला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौड्याल, विन्द्या कार्की, नवदिता कुमारी चौधरी, टेकचन्द विश्वास, ओम सरावगी, अनिताकुमारी सावु रहेकी छन् । वाम गठबन्धनबाट निर्वाचनमा होमिएको माओवादी केन्द्रले भने ५जना प्रदेशसभा सदस्य पाएको छ । माओवादी केन्द्रले समेत महिला सदस्यहरुलाई प्राथमिकतमा राखेको छ । उसले ५ जनामा चार जना महिला र एकजना पुरुषलाई प्रदेशसभा सदस्य बनाएको छ । माअ‍ोवादी केन्द्रबाट सभासद बन्नेहरुमा सीता देवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई,
सरस्वती पोख्रेल, उमिता विश्वश्कर्मा
रहेका छन् । यसका अलवा सघीय समाजवादी फोरमले २, कुमार लिंगदेनले नेतृत्व गरेको संघीय लिम्बुवान राष्ट्रिय मञ्चले एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट पाएको छ ।

तपाईको प्रतिक्रिया