धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुनसरीको दुहवी नगरपालिका स्थित लुनकरण दाश गंगादेवी
चौधरी च्यारिटी अस्पताल सञ्चालन गर्ने भएको छ ।
नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरी तथा चौधरी ग्रुपले आफ्ना माता पिताको नाममा दुहवी तथा आसपासका बासिन्दाले स्वास्थ्योपचार पाउन भन्ने उद्देश्यले स्थापना गरिदिएको उक्त अस्पताल सञ्चालनमा आएको केही समय पछि नै बन्द भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतमान उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशको पहलमा चौधरी गुु्रुपसँग सम्झौता गरी सामुदायिक सेवा केन्द्रको रुपमा सञ्चालन गर्ने सहमति चौधरी ग्रुससँग भएको थियो । सम्झौता मुाविक ११ महिना सञ्चालन भएपनि पछि प्राविधिक कारणले सबै सेवाहरु बन्द भएका थिए ।
तर हाल आएर प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारको पहलमा अस्पताल पुनः सञ्चालनमा ल्याउन कुल सविच तुलबहादुर श्रेष्ठले श्याम लम्सालको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुभयो । अध्ययन समितिका अन्य सदस्यहरुमा डा. राम विलक्षण साह, डा. शंकर साह रहनु भएको थियो । समितिले आफ्नो प्रतिवेदन सोमबार उपकुलपति रौनियारलाई एक समारोह बीच हस्तान्तरण गरेकोे थियो । प्रतिष्ठानको समुदायिक सेवा केन्द्रको रुपमा सञ्चालन हुने अस्पतालमा प्रतिष्ठान, दुहवी नगरपालिका र लुनकरण दाश गंगादेवी चौधरी ट्रष्टको सहकार्य रहने संयोजक श्याम लम्सालले जानकारी दिनुभयो ।

