धरान÷नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले कुनैपनि राष्ट्रको मेरुदण्ड र भविष्यको आधार नै युवा शक्ति भएकोले युवा शक्तिलाई व्यवस्थित तालिमद्वारा संस्कारयुक्त नागरिक उत्पादन गरी कर्मठ, देशभक्त नेपालीको रुपमा प्रतिस्थापित गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानसेनापति महारथी क्षेत्रीले उक्त कुरा शुक्रबार राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय मोरङ्गको याङ्गशिलाद्वारा दिक्षान्त कवाज सि.स. ४४ जुनियर डिभिजन तालिम समापनका आवसरमा सम्बोधन गर्दा बताउनु भएको हो ।
झण्डै एकसय दिन चलेको दिक्षान्तमा ५ सय ३५ जना छात्र–छात्राहरु दिक्षित भएका थिए । सुनसरी, मोरङ्ग, धनकुटा, सप्तरी, सिराहा, सर्लाही,इलाम, तेह्रथुम, उदयपुर, पाँचथर, भोजपुर, संखुवासभा,झापा, खोटाङ्ग, ओखलढुंगा, ताप्लेजुङ्ग लगायतका जिल्लाका विद्यालयका छात्र छात्राहरु तालिममा सहभागी भएका थिए । दिक्षान्त समारोहमा विद्यालयका प्राचार्य, सञ्चालक, अभिभावक, स्थानीय बुद्धिजीव, प्रहरी प्रशासनको सहभागिता रहेको थियो । सो अवसरमा नेपाली सेनाका मानार्थ उपरथी र तथा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक डा. रमीन्द्र क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
दिक्षान्त समारोहमा बोल्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले राष्ट्रिय सेवा दलबाट सञ्चालित सि.स ४४ व्याच जुनियर डिभिजन तालिम समारोहमा प्रमुख अििथको रुपमा सहभागी हुन पाउँदा आफूलाई ज्यादै खुशी लागेका बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सरकारको युवा सशक्तिकरणको राष्ट्रिय कार्यक्रम अन्तर्गत राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १०१ अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुने सम्पूर्ण क्यारेट छात्र–छात्रालाई हार्दिक बधाई छ । दिक्षित छात्र छात्राले प्रदर्शन गरेको विविध साँस्कृति कार्यक्रमका साथ जोशिलो र फूर्तिलो कवाजको समेत उहाँले प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो तपाईहरुको इच्छाशक्ति, तालिमप्रतिको अभिरुचि तथा उत्प्रेरणाको प्रतिफल नै आजको दिक्षान्त समारोहको सफलता हो । अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्य बोकेको राष्ट्रिय सेवा दल युवाहरुमा अनुशासन, वफादारिता, निष्ठा, व्यक्तित्व एवम् नेतृत्व क्षमता विकास गराउने उद्देश्य अनुरुप २०२२ सालमा स्थापना भएको हो । सोही इच्छाले सहभागी हुनु भएका छात्र छात्राहरुलाई यस तालिमले राष्ट्र निर्माणको महान कार्यमा समर्पित हुने थप ऊर्जा र हौसला प्रदान गर्दै आएको छ । ऋयलाष्मभलअभ अयmभक मष्अष्उष्लिभ बलम तचभबमष्लन भन्ने भनाई अनुसार छोटो समयमा कडा परिश्रम, लगानशिीलता र उत्सुकताका साथ सिक्नु भएका सैनिक तथा विविध व्यवहारिक विषयहरुको ज्ञानले तपाईहरुको व्यक्तित्वलाई अझै परिस्कृत तुल्याउदै अनुशासित, निष्ठावान तथा जिम्मेवार नागरिक उत्पादनमा टेवा पुग्ने उहाँको विश्वास थियो । तालिमको दौरान तपाईहरुलाई विषय विज्ञहरु सचेतना एक्सपर्टद्वारा प्रदान गरिएको विपत्त व्यवस्थापन सम्बन्धी ज्ञानलाइ नेपाल जस्तो प्राकृतिक प्रकोपको जोखिममा
रहेको राष्ट्रमा आवश्यक परेको खण्डमा स्थानीय तहमा, स्थानीय प्रशासनसँग सहकार्य गर्र्दै समाज तथा देशको हितका लागि प्रयोग गर्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अगाडी भन्नुभयो नेपालका विभिन्न भूगोलबाट आउनु भएका तपाईहरुले राष्ट्रिय सेवा दलको एउटै छाना मुनि बसेर हिमाल, पहाड र
तराईका सँस्कृति, परम्परा, भौगोलिक विविधताका विभिन्न आयामहरु आदान प्रदान गर्नुभएको छ । यसबाट तपाईहरुमा राष्ट्रिय एकताको भावना थप मजबुत भएको छ । राष्ट्रिय सेवा दल तालिमको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भलाई मध्यनजर राख्दै नेपाली सेनाले राष्ट्रिय सेवा दल तालिम नेपालको ७६ जिल्लामा विस्तार गर्न सफल भएको छ । नेपाली सेना यसको थप विकास, विस्तार तथा निरन्तरताका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो राष्ट्रिय सेवा दलको तालिम पश्चात तपाईहरु मध्येका उत्कृष्ट छात्र–छात्राहरुले युवा आदान प्रदान कार्यक्रम (थ्यगतज भहअजबलनभ) अन्तर्गत नेपालका मित्र राष्ट्र भारत, श्रीलंका, बंगलादेशमा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु हुनेछ । उक्त भ्रमणको अवसरमा छिमेकी राष्ट्रको ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक लगायत विविध विषयको ज्ञान हासिल गर्नुका साथै विशिष्ट व्यक्तित्वहरुसँग भेटघाट गर्ने सुअवसर प्राप्त गर्नुहुनेछ । त्यो अनुभव पनि राष्ट्र र सामाजिक हितका लागि उपयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यो कार्यक्रमलाइ थप विस्तार र प्रभावकारी बनाउने उद्देश्य अनुरुप यसै आर्थिक बर्षबाट मित्र राष्ट्र भुटान, माल्दिभ्स र पाकिस्तानको समेत भ्रमण कार्यक्रम योजना गरिएको बताउनुभयो । राष्ट्रिय सेवा दलमा तालिम प्राप्त जनशक्ति दीर्घकालीन रुपमा देश र जनताको सेवाका लागि तत्पर रहन्छ भन्ने मर्म बुझेर आफ्ना विद्यार्थी भाइबहिनीहरुलाई उपलब्ध गराउनु हुने विद्यालय सञ्चालक तथा अभिभावकहरुमा उहाँले आभार व्यक्त गर्नुभएको थियो ।

