धरान/यस बर्षको तिहार भर्खरै विदा भएको छ । नेपालीहरुको महान दोस्रो राष्ट्रिय पर्व तिहारका अवसरमा विगतका बर्षहरुमा झै यस बर्ष पनि देउसी र भैलोले गाउा सहर गुन्जायमान भयो ।
सामुहिक रुपमा खेलिने देउसी भैलोबाट आर्जन हुने रकमलाई कसैले सानै रुपमा भएपनि समाज उत्थानका लागि लगाउने गरेका छन् भने कसैले
रमाइलोसागै आफ्नो सामान्य गर्जो टार्ने माध्यम बनाएका हुन्छन् ।
भर्खरै अर्थात २०७१ साल असोज ८ गते गठन भएको सिंगक समाज
धरानले देउसी कार्यक्रमबाट झण्डै दुईलाख संकलन गरेको छ । सिंगक समाजका बरिष्ठ सल्लाहकार श्याम सुब्बा सिंगकका अनुसार देउसीबाट संकलन भएको रकम कुनै पार्टी र भोजमा प्रयोग हुने छैन । हामी सिंगक समाज हित कोष खडा गरी समाजका सदस्यहरुको उत्थानमा प्रयोग
गर्छौं । आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय समाजका सदस्यहरुलाई हितकोषबाट आगामी दिनमा अवस्था हेरेर सहयोग गर्ने समाजका अध्यक्ष बालकृष्ण सिंगक बताउनुहुन्छ । हितकोषमा देउासीबाट संकलन भएको रकममात्र हैन अन्यत्रबाट समेत स्रोत खोजी सशक्त बनाइदै लैजाने उद्देश्य रहेको उपाध्यक्ष फिराज सिंगकले जानकारी
दिनुभयो ।
त्र
