धरान/खाना पकाउने एलपी ग्याासको बजारमा यतिबेला चरम कालो बजारी हुने गरेको छ । एक सिलिण्डर ग्याास लिन उपभोक्ताले एकातिर हप्तौ लाइनमा लाग्नुपर्छ भने अर्कोतर्फ ग्याास डिलरले १ हजार ४ सय ५० मा पाइने ग्याासलाई १ हजार ६ सय देखि २ हजारसम्म लिएर सिलिण्डर साट्ने
गरको उपभोक्ताले जनाएका छन् ।
धरान ४ कि एक गृहिणी भन्छिन्, ग्याास सिद्धिएर साट्न डिलरकोमा पुग्दा अहिले साट्ने ग्याास छैन, ३ हजार ६ सयमा नयाा लिएर जानु भनेर पसलेले भनेको धरान साप्ताहिकलाई सुनाइन् । उनले आक्रोस पोख्दै भनिन्, दिनदहाडै मनपरी ढंगले उपभोक्ता ठग्दा पनि प्रशासनले उनीहरुमाथि कारबाही किन गर्न सकिरहेको छैन ? उनको प्रश्न थियो । ग्याास सिद्धिएपछि पसलेहरु साटनै मान्दैनन् । सधै नयाा लिएर
पुराना सिलिण्डरचाहिा के डम्पिङ्ग गरेर राख्नु ? धरान १६ का अर्का एक बासिन्दाका अनुसार घरमा ग्याास सिद्धियो साट्नलाई लिएर गएा । अनकनाई अनकनलाई पसलेले ग्याास दियो तर १७ सय लियो । पैसा फिर्ता माग्दा यो साट्ने सिलिण्डर थिएन । अर्काले किनी सकेको थियो । तपाईलाई हार्न नसकेर मात्र दिएको भन्ने जवाफ दिएको उनले बताए । एउटा सिलिण्डरको लागि कहाा उजुर बाजुर गर्नु भन्दै बाध्य भएर लिएर हिाडे । माथिको दुईजना उपभोक्ताकै जस्तो पीडा धरानका धेरै उपभोक्ताले यतिबेला व्यहोनुपरेको छ । धरान ६ कि अर्की गृहणी भन्छिन् उद्योग प्रशासन र व्यापारी सबै मिलेर त होला सिलिण्डरको मनपरी मूल्य लिएको । नत्र १ हजार ४ सय ५० पर्ने एक सिलिण्डरलाई जतिमा पनि बेच्ने छुट व्यापारीहरुले कसरी पाउथे ।
दशै र तिहारको अवसरमा जिल्ला अनुगमन समितिले धरान लगायतका केही स्थानमा अनुगमनको नौटंकी देखाएको थियो । अहिले प्रशासनले त्यस्तो नौटंकी समेत देखाउन छोडेको छ । यसै सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी मनोहर दाश पन्थसाग सम्पर्क राख्दा उहााले भन्नुभयो सरकारले ताकेभन्दा बढी मूल्य लिएर सिलिण्डर विक्री गर्ने व्यवसायमाथि कानुन बमोजिम कारबाही हुन्छ । चााडै नै जिल्ला स्तरीय अनुगमन समितिले धरान, इटहरी लगायतका स्थानमा अनुगमन गर्ने समेत उहााले जानकारी दिनुभयो । यस प्रकारको अनुचित कार्य रोक्न सबैले अनुगमन समितिलाई सहयोग गर्न समेत उहााले आग्रह गर्नुभयो ।
