धरान/एडिवी भनेको व्यापारी हो, नाफा हुने स्थानमा मात्र उसले लगानी गर्छ– हेमराज भट्टराई ।
खानेपानी संस्थानले ९२ करोडमै
चतराबाट पानी ल्याएर खुवाउन सक्छ–इश्वरप्रसाद ।
संघर्ष समितिले उठाएका सबै माग उचित र जायज छन्– रामचन्द्र रायमाझी ।
प्रारम्भदेखि नै एसियाली विकास बैंक (एडिवी) को विरोध गर्दै आएको सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिले झण्डै एक महिना अगाडि खानेपानी संस्थान
धरानमा तालाबन्दी गरी गत हप्ता ११ बुादे माग विभिन्न निकायमा बुझाएपछि आइतबार केन्द्रबाट आएको तीन सदस्यीय वार्ता टोली र संघर्ष समितिबीच भएको वार्ता तत्काललाई निष्कर्षविहीन भएपनि संस्थानका तर्फबाट आएको वार्ता टोली स्वयम्ले स्विकार गरेको उपरोक्त भनाईले धरानमा खानेपानीमा एडिवीको औचित्य नरहेको पुष्ट्याइ गरेको छ ।
संघर्ष समितिले आÏना ६ बुादे बटम लाइन अगाडि सारेको थियो । जस अन्तर्गत नेपाल खानेपानी संस्थान धरान शाखाका कार्यालय प्रमुख इन्जिनियर दिपक श्रेष्ठलाई न्यूनतम दुई बर्षको कार्यकाल पूरा गर्ने गरी निजको सरुवा रद्ध गर्नुपर्ने, खानेपानी व्यवस्थापन बोर्ड गठन गरी नेपाल खानेपानी संस्थानलाई खारेज गर्न नदिन सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति आन्दोलनरत अवस्थामा रहेको हुादा जिम्मेवार निकाय वा नेपाल
सरकारसाग संघर्ष समितिको सहमति नहुादासम्म संस्थानको चल, अचल सम्पत्ति, जायजेथा, श्रेष्ता तथा स्वामित्व हस्तान्तरण गरी बोर्ड गठन प्रक्रिया स्थगन गर्नुपर्ने, धरानको खानेपानी समस्या समाधान नहुादासम्म नेपाल खानेपानी सस्थान धरान शाखाको आम्दानी पूर्ण रुपमा धरानमै लगानी गर्नुपर्ने, नेपाल खानेपानी संस्थानको सेवालाई बृद्धि गर्नुको साथै थप गुणस्तर र प्रभावकारी बनाउनुपर्ने जनाइएको छ । यसैगरी बटम लाइनमा अगाडि भनिएको छ, धराने जनताका लागि उपभोग हुादै आएको खानेपानीका मुहान तथा स्रोत, जलाधार क्षेत्र र संरचनाको प्रभावकारी सुरक्षित तथा संरक्षण गर्नुपर्ने, एसियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कुल २ अर्ब १६
करोड ४ लाखमा संचालन हुन लागेको खानेपानी परियोजना अल्पकालीन र महागो भएकोले विवादमा पर्नुको साथै सस्थानले गराएको सर्भे डिजाइनमा तथा रिपोर्ट अनुसार ९२ करोडमै चतराबाट सस्तो सुलभ र दीर्घकालीन रुपमा पानी ल्याउन सकिने देखिएको हुादा अल्पकालीन योजनालाई दीर्घकालीन स्वरुप प्रदान गराउन सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति आन्दोलनरत अवस्थामा रहेकोले नेपाल खानेपानी संस्थानको ३१ करोड ६० लाखको अल्पकालीन योजना र ९२
करोडको दीर्घकालीन परियोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्ने बटम लाइनमा उल्लेख छ ।
वार्तामा आएका केन्द्रीय पदाधिकारीमध्ये संस्थानका प्रशासन प्रमुख हेमराज
भट्टराईले आफूहरु नियम, परिधिभित्र बााधिएकोले संघर्ष समितिले अगाडि
सारेको बटम लाइनमा तत्काल सहमति जनाएर कार्यान्वयन गर्न नसक्ने बताएका थिए । धरान शाखाका प्रमुख इन्जिनियर दिपक श्रेष्ठको सरुवा रद्ध गराउने अधिकार जिएममामात्र भएको भन्दै भट्टराईले भने आज म कर्मचारी नभएको भए धरानमा एडिवीको
विरोधमा सबैभन्दा अगाडि हुने थिएा । उनले भने एडिवी पोखरामा ब्लाक लिस्टेट भएको छ, बुटवलमा जनताले खेदी सकेका छन्, बनेपाको पनौतिमा एडिवीलाई पानीको मुहानै नदिने स्थानीयले निर्णय गरिसकेका छन्, नाराणघाट र हेटौडामा चर्को विरोध भइरहेको छ । वार्ता समितिका अर्का व्यक्ति इश्वर प्रसादले भने २०६१ सालमा ३९
करोड रुपैयाामा चतराबाट धरानमा पानी ल्याउन सकिने सर्भे डिजाइन भएको हो । अब यो १० बर्षको अवधिमा लागत बढ्ने भएकोले ९२ करोडमा पानी ल्याउन सकिने बताएका थिए । महाशखा प्रमुख रामचन्द्र रायमाझीले उहााहरुले प्रस्तुत गर्नुभएको बटमलाइन आफूहरु केन्द्रमा राखी चाडै नै अर्को वार्ताको पहल गर्ने आश्वासन दिएका थिए । उनले थपे बोर्ड गठन प्रक्रिया नै खारेज गर्नुपर्छ भनेर सञ्चालक समितिले निर्णय गरी मन्त्रालय पठाइ सकेको छ तर मन्त्रालयले अहिलेसम्म त्यसमा केही गरेको छैन । वार्ताका क्रममा दर्जनौ व्यक्तिले संस्थान जोगाउन र दीर्घकालीन खानेपानीका लागि जस्तोसुकै संघर्ष गर्न पनि आफूहरु पछि नपर्ने बताएका थिए । दुवै पक्षबीच भएको वार्ताले दुई बुादे सहमति समेत गरेको थियो । जसमा कार्तिक १४ गते भित्रमा संस्थानका तर्फबाट उच्चस्तरीय समिति निर्माण गर्ने, तालाबन्दीको अवस्थामा पनि खानेपानी संस्थानले
धराने जनतालाई पानी खुवाउनुपर्ने ।
यहाा स्मरणीय कुरा के छ भने संघर्ष समितिलाई अरु व्यापक बनाउने उद्देश्यले एमालेका तर्फबाट जनसेवक भण्डारी जो सुनसरी निर्माण व्यवसायी समितिका अध्यक्ष समेत रहनु भएको छ, रेम रोक्का, भयवादका केन्द्रीय अध्यक्ष प्रा.डा.टंक न्यौपाने, खेप्सुङछा एकता सेवा समाजका सर्वधन राई, धरान १५ का श्री सुब्बा, श्रीराम राई, धरान १९ का मानवीर लिम्बु, धरान १७ का जागिरमान राई र जीवन
राईलाई थपिएको समितिका संयोजक सुजेन्द्र तामाङ्गले बताउनुभयो ।
