एमाओवादीका द्वैध चरित्रले संविधान बन्न सक्दैन

एमाओवादीको दश बर्षे जनयुद्ध अन्तत : सविधानसभाबाट संविधान बनाउने गरी टुंगिए तापनि यतिबेला एमाओवादीकै द्वैध चरित्रका कारण संविधान नबन्ने स्थितिमा पुगेको छ ।
सविधान निर्माणका लागि सहमतिमा पनि जान नसक्ने अनि वहुमतीय प्रक्रिया पनि नमान्ने एमाओवादीले मुलुकलाई आगामी दिनमा थप द्वन्द्धमा धकेल्ने नियत लिएको देखिन्छ । संविधानसभाको माग माओवादीको हो । कााग्रेस र एमालेले नचहादा नचाहदै एमाओवादीको ऐजन्डामा त्यस बेला सहमति जनाएका थिए ।
जसलाई संविधान सभा चाहिएको थियो आज त्यही दल सविधानसभबाट संविधान बनाउन नदिने गम्भीर षड्यन्त्रमा लागेको छ । यसका लागि उसले सदन र सडक दुवै उपयोग गर्ने रणनीति अगाडि सारेको छ । नत्र एमाओवादी अध्यक्ष पुष्पकमल दहाल भिन्न भिन्न उद्देश्य भएका फरक फरक संयन्त्रका आधा दर्जन भन्दा बढी
राजनैतिक संयन्त्रमादेखा पर्ने  थिएनन ।  सविधान निर्माणका लागि आवश्यक पर्ने अर्थात शान्ति प्रक्रियाका बााकी काम सम्पन्न गर्ने उद्देश्यले असोज २२ गते गठन भएको राजनैतिक समितिको संयोजक समेत बनेका दाहालले संविधान निर्माणमा बाधक देखिएका अन्य दलहरुको मोर्चाको नेतृत्व दाहालले लिने थिएनन् ।
राजनैतिक समितिको नेतृत्व लिन दहालले संसदमा भएका साना दलहरुलाई संसदभित्र एक महिना उफारे । अर्थात एक महिनासम्म उनले संसद अवरुद्ध बनाए । राजनैतिक समितिको नेतृत्व पाइसकेपछि दहालले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति र समझदारीको वातावरण बनाउन भूमिका खेल्ने बताएका थिए । तर आज उनका हरेक गतिविधि र क्रियाकलाप ठीक उल्टो देखिएको छ । समिति गठनको औचित्य नै शान्ति प्रक्रियाका बााकी काम सम्पन्न गर्न सहयोग पुर्‍याउनु र राजनैतिक दलहरुबीच पारस्पारिक समझदारी विकासमा मद्दत गर्नु हो, दाहालबीच समिति गठनका बेला प्रष्ट्याइएको थियो । तर एमाओवादी अध्यक्ष दाहाल  र दलहरुबीचको अविश्वासको दूरी कम गरी आपसी समझदारी कम गर्ने भन्दा पनि सहमति भााड्नमा सक्रिय देखिएका छन् ।
नेपाली कााग्रस, एमाले, माओवादी लगायतका दलहरुले संविधान आगामी माघ ८गते नै ल्याउने प्रतिवद्धता आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् । तर माओवादी अध्यक्ष प्रचण्डकै कारण माघ ८ मा संविधान जारी हुने नभई संविधानसभाबाट संविधान नै नलेखिने खतरा देखापरेको छ । सहमति जुटाउने भूमिका खेल्नुपर्ने व्यक्ति नै आन्दोलनमा लागेपछि संविधान बन्छ भनेर कसरी पत्याउने ? दाहालले यतिबेला कस्तो द्वैध चरित्र निर्वाह गरेका छन् भने उनी त्यो दल–दलबाट बाहिर आउन पनि सक्दैनन् । संसदभित्रका एक दुई सिटे दल, संसदमा प्रवेश नै  गर्न नसकेका जनताबाट पूर्ण रुपमा बहिष्कृत, जातीय र क्षेत्रीय राज्यको माग गर्दै आएकाहरुसाग मोर्चा बनाई नेतृत्व आफैले लिएका छन् । सात दल आवद्ध संघीय लोकतान्त्रिक मोर्चा, पहिचानमा आधारित राष्ट्रिय संघीय गठनबन्धन ३३ दलीय मोर्चा, संघीय लोकतान्त्रिक गठबन्धन २२ दल सम्मिलित मोर्चाको नेतृत्व दाहालले नै गरेका छन् । यी सबै मोर्चाले संविधान निर्माण सहमतिबाट नभए पं्रक्रियाबाट जाने कुराको विरोध गर्दै आएका छन् । स्वयम्
राजनैतिक समितिको नेतृत्व गरिरहेका दाहालले संविधान समितिको आधारमा जारी नगरी बहुमतीय प्रत्रियाबाट जारी गर्ने दुष्प्रयास गरिए त्यो मान्य नहुने भन्दै आएका छन् । उनीहरुले माइतीघर मण्डला, इटहरी, दाङ, काठमाण्डौको रत्नपार्कमा विरोध सभा गरिसकेकेको छ भने फिदिम, जनकपुर, धनगढीमा सभा सम्पन्न गरिसकेको छ । यस्तो अवस्थामा तोकिएको समयमा संविधान जारी गर्न प्रक्रियाबाट नगए अर्को विकल्प हुन सक्दैन ।

तपाईको प्रतिक्रिया