ठा“स्सठुस्स–पाक्कपुक्क
अस्तिका दिन नेपालका ठूला
राजनीतिक पार्टीका कार्जालयहरुमा गतिलै नाटक त्यो पनि एक्सनवाल चलेछ । नेपाली काँग्रेसको सानेपामा चलेको नाटकमा ठाँस्सठुस्स भएछ । माउवादीको पेरिस डाँडामा पाक्क पुक्क भएछ भने झालेमालेको कार्जालयमा भाक्कभुक्क भएछ । राजापाको कार्जालयमा पनि त्यस्ता सबै कुराबाट अछुत भने रहेनछ । नाटकको शीर्षक सबैमा एउटै मञ्चन भा’रैछ । सामनुपातिक सभासदको छनौट । वाल्वाटारे म्यादी काजीले समानुपातिकमा आÏना नन्दीभृँगी, भूत पिचासहरुलाई मात्र समेट्न खोजेपछि जीवनमा पर्धानमन्तरी बन्ने सपना सबै चकनाचुर भएका रामचन्द्रे बाजेलाई कन्सिरी तान्नु स्वभाविक हो । उनेरु कजीसँग ठाँसठुँस्स गर्दैै बाहिरिएछ् भने माउवादीको पेरिस डाँडामा सांसद बन्न लालायित हिरोहरु एक्सनमै उत्रिएछन् । झालेमालेकोमा त झन कार्जालयको झ्याल ढोका नै उछिट्टिएर पर पुग्या थ्यो रे । राजापाको कार्जालयमा त झन अग्नी दह नै भा’थ्यो रे । जे होस् समानुपातिक सभासद बन्न आखिरी हान्ने, भत्काउने र अग्नी दह गर्न सक्ने खुशी त हुनुप¥यो नि †
ल्या·ल्या· गरे सुकाइदिने
माउवादीका अध्येक्षे प्रचण्डाउलई अस्तिका दिन के सनक चल्यो कुन्नि ? पेरिस डाँडामा आफ्ना हनुमानहरुका अगाडि झालेमालेले धेरै ल्याङ्गल्याङ्ग गरे पाँचबर्षसम्म घाममै सुकाइदिन्छु भनेछन् । निर्वाचनमा ४० र ६० को अंशबण्डा गरेर पार्टी एकतासम्म गर्ने वार्ता गरेका यीदुई दलका नेताहरु यतिबेला पदीय भागबण्डमा किचलो गर्न थाल्या छन् । सौताको रिसले पोइको काँधम सु गर्नु भनेझै झालेमालेको निगाहले राष्ट्रिय दल र त्यतिका सिट जित्या माउवादीका अध्यक्षे प्रचण्डाउले अहिले आएर गतिलै भाग खोज्न थाल्या छ । कि अध्येक्षे चाहियो कि पर्धानमन्तरी चाहियो रे । अध्येक्षे र पर्धानमन्तरी बन्न कसैलाई रहर हुँदैन । चाहियो भनेर हुन्छ ? सुंगुरलाई स्वर्र्ग जान्छस् भन्दा स्वर्गमा खाँची खान पाइदैन मत जान्न भन्छ रे । राजनीतिबाटै
हराउन लागेका प्रचण्डाउलाई वैसाखी टेकाएर भे’नी उद्धार झालेमाले नै ग¥या हो । अब अहिले पाँच बर्षलाई ढुक्क भएसी प्रचण्डाउका नखरा ज्यादा हुन थालेछ । औँलो दिँदा डुडुलो निल्नु भनेको यही हो ।
शून्यबाट जोगिए
राष्ट्रपतिले राष्ट्रिय सभा गठनको अध्यादेश पारित गरेपछि काँग्रेस, राप्रपा, संघीय समाजवादी पार्टीहरुले लामो सास फेरेका छन् ।बहुमतीय प्रणालीबाट
राष्ट्रियसभा गठन भैद्या भए यी दलको राष्ट्रिय सभामा सत्तरीको सात हात लाग्यो शून्यको अवस्था हुने थियो । एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनुपर्छ भनेर वाल्वाटारे काजीले
राष्ट्रपतिलाई अध्यादेश बुझाथे । तर
राष्ट्रपतिले अध्यादेशलाई पारित गर्नुको सट्टा आलटाल गर्दै आथिन् । अध्यादेशमा झालेमलेका अध्येक्षे खप्रअेको बुरी नजर परेसी राष्ट्रपतिले रोक्या थिइन् ।
राष्ट्रियसभा गठन नभई ज्यान गएनि पर्धानमन्तरी छोड्दिन भन्दै म्यादी डेरा बाल्वाटारमा ढसमस गदैै आ’बुढा निलकण्डे कजीले अडान कसेपछि लास्टाँ पर्धानमन्तरी बन्न हतारो गरेका खप्रओको ग्रिन सिंगलले अध्यादेश पारित भा’ हो । अब ६५ प्रतिशत सिटका लागि राष्ट्रिय सभामा काँग्रेस, राजपा, संघीय समाजवादी फोरमले अलिअलि भाग पाउने भा’छन् ।
का“ग्रेस ठीक
नेप्लीज काँग्रेसको शरनमा प¥या नयाँ शक्तिका मुखिया बाउरामले भन्या काँग्रेस मात्र बन्ने हो भने देश विकास तिब्र रुपमा हुन्छ रे । विचराले त्यति कुरा त भन्नै प¥यो नि । कँग्रेसको बुई चढेर बल्लतल्ल पार्टीबाट एकसिटे सांसद बनेका छन् । नत्र लारायन काजीले गोरखामा बाउरामको भित्तैमा पुग्ने गरी बाह्र बजाइदिन्थे । आफनै जात भाईहरुले जोर लात्ती बजारेर लखेटिएका विचरा काँग्रेसको शरनमा पुग्या कस्लाई थाहा छैन । जसको नमक खायो उसैको पिँध पखाल्नु त भएन । काँग्रेसको शरनमा पुग्या कस्लाई थाहा छैन ? जस्को नमक आयो उसैको पिध पखाल्नु त भएन । नत्र जीवनभरि कम्युनिष्टको जामा लगाएका बाउरामले काँग्रेसको बखान किन गर्थे । हुन त मान्छेको बुद्धि अलि पछि पलाउँछ भन्थे अरुमा यो सुत्र लागू भए नि बाउराममा चाहिँ गजबले लागू भाको पाइयो । पहिला पहिला कम्युनिस्ट बिग्रेमा पञ्च हुन्छ भन्थे । अहिलेचाहिँ कम्युनिस्ट विग्रो भने काँग्रेसचाहिँ पक्कै बन्छन्, कि कसो हौ ?
नारिएर जोत्ने रे
माउवादीका नेता जनार्जन शर्माले भन्या अब झालेमाले र माउवादीका नेताहरु सबै नारिएर बाँझो खेत जोत्नुपर्छ । झालेमाले र माउवादीले चुनाउमा बहुमत ल्याउसी राम्रैसँग काम गर्लान् भन्या त नारिएर बाँझो खेत जोत्ने पो कुरा गर्छन हँ ? अब देशबाट हलो जोत्ने गोरु, ट्याक्टर विस्थापित हुने भए । बामले मिलेर नारिएर जोत्ने भएसी गोरु र ट्याकटरको कम नरहने भयो । फेरि यिन्ले नारिएर कहाँ हलो जोत्न्लान् कुन्नि ? बाँझो खेत जति सबै आ–आफैले प्लटिङ्ग गरेर अन्न फलाउनुको सट्टा घर फलाएका छन् । हुन त चीनको घरका छतमा बाली नाली लगाउँछन् रे । तिन्कै थुतुनाबाट सुन्या । अब छतमा पो नारिएर जोत्छन् कि । चुनाउको बेला त विकासको मूल फुटाउँछौ, समृद्ध नेपाल बनाउमछम भन्ेथ । लास्टाँ त उही..।
चमत्कारी जोकर
तासमा ५२ पत्ती हुन्छन् भन्ने कुरा त तासे, जुवाडे सबैलाई थाहा छ । त्यत्रो ५२ पत्ति तासमा जोकरचाहिँ दुईवटा मात्र हुन्छन् । ती दुईवटा जोकरको महान विशेषतााचाहिँ जता पनि मिल्नु हो । वास्सासँग पनि ठिक्क, गुलामसँग पनि ठिक्क अनि मिस्सीसँग पनि ठिक्क । तर नेपाली राजनीतिमा हालसम्म एक जनामात्र जोकर फेला परेका छन् । ती जोकरको असली नाम हो उपिन्द्र जादव, काँग्रेसको सहयोगमा चुनाउ जितेका उपिन्द्रको रासोबासो यतिबेला केपी र पिकेसँग भएको छ । कहिले केपीलाई गएर भेट्छन् त कहिले पिकेलाई गएर भेट्छन् । केपी भन्दा पनि पिकेसँग अझै नजिकको सम्बन्ध छ रे । केपी सँग भएको भेटवार्ताको हुवहु फोटोकपी पिकेलाई गएर बेलिविस्तार लगाउँछन् रे । यिन्को सबैभन्दा ठूलो ध्याउन्नचाहिँ केपी र पिके जो पर्धानमन्तरी भए नि एउटा उप प्रधानमन्तरी पड्काउने । अलि मालदार मन्त्रालयसहित जसले ढोकाबाट छिराउँछ त्यसैलाई अठ्याउने जादवको जोकरे दाउ रै’छ । अब हेरौ ती जोकरले पाँच बर्षमा के के
राइदाइ गर्ने हुन् ।
भत्काउने षड्यन्त्र
वाम गठबन्धन अन्तेमा भत्केला जस्तो जस्तो पो देखियो । चुनाउताका काँग्रेसलाई भित्तामा पु¥याउन हात्ती भएर हिडेका वाम गठबन्धन अन्तेमा फुस्सा हुने छनक देखिएपछि दुवैतिरका कार्जेकर्ताहरु यतिबेला उधुम खुशी भा’छन् । जसले चुनाउमा कन्दनी खुस्कने गरी पराजित भोगे अर्थात बामदेउ गौतमले लेखेको नेपाल निर्माणको महाअभियान पुस्तकको विमोचनमा केपी र पिकेले वाम गठबन्धन भत्काउने षड्यन्त्र भैरा’को भनेर भाषन ठोकेछन् । गठबन्धनचाहिँ कस्ले भत्काउन खोज्दैछ भनेर चाहिँ दुवैले ज्यान गए थुतुनो खोलेनछन् । कस्ले भत्काउन खोज्या हो भनेर फटाफट भन्द्या भए टेन्सिनै साफ हुन्न्थ्यो । अब हेरौ न केपीलाई र पिकेलाई मेजर पद नै चाहिएको छ । दुवैलाई पर्धानमन्तरी कि पार्टी सभापतिमा कौडा हान्या छन् । केपी पर्धानमन्री र पार्टी सभापति दुवै नछोड्ने, पिकेलाई पर्धानमन्तरी भए नि पार्टी सभापति भए नि एउटा चाहिने । भागबण्डा नमिल्दा एकता नहुने देखिए पनि अरुले फुटाउन खोज्या भनेर आफै किन डंका पिटेर हिड्या होलान् ? फेरि नेपालमा कम्युनिष्ट मिल्या पो कहिले छन् र ?
अन्तेमा
नेप्लीज लाँग्रेसका युवा पुस्ताहरु यतिबेला जुर्मरार्एर उठ्या छन् । पार्टीले सिनित्तै भएर हारेपछि उनीहरु पार्टीका बुढा नेताहरुसँग आक्रोसित भा’छन् । अस्तिका दिन त उनेरले ७० बर्ष पुगेका नेताहरु विश्रम लेओ भनेर नारै लगाए युवाहरुको कुरा पनि सोह«ैआना ठीक हो । बूढो डाक्टरले सल्यक्रिया गर्न सक्दैन । हात काप्छन्, आँखा देख्दैनन्, कान सुन्दैनन्, अफै थिग्रेर हिड्न सक्दैनन् । काँग्रेसका बूढा नेताहरुको हालत त्यस्तै छ । अमेरिका लगायतका देशमा युवाहरु सत्तामा बस्छन् र बूढा नेताहरुलाई सम्मान र पेन्सन दिन्छन् नेपालमाचाहिँ बुढाहरु सत्तामा बस्छन् र युवाहरुलाई टेन्सन दिन्छन् । कि कसो हौ ?

