सुनसरी ÷ तीन वर्षदेखि बन्द
रहेको चतरास्थित चतरा जलविद्युत केन्द्र संचालनमा आएको छ । सुनसरीको
वराह नगरपालिकाको चतरामा रहेको जलविद्युत केन्द्र करिव एक वर्षसम्म मर्मत गरि संचालनमा ल्याइएको हो ।
३ दशमलब २ मेगावाट क्षमताको जलविद्युत केन्द्रको दोश्रो युनिट २०६७ साल भदौदेखि र पहिलो युनिट ०७१ साल भदौदेखि बिग्रिएर बन्द भएको
थियो ।
करिब ४ करोड ६० लाख रुपैयाँको लागतमा एण्डिज हाइड्रोले ०७३ पुषदेखि मर्मत शुरु गरेर एक वर्षपछि दास्रो युनिटबाट उत्पादन थालिएको हो । मर्मत गरिएको दोश्रो युनिटबाट परीक्षणका रुपमा ३०० किलोबाट विद्युत उत्पादन गरेर
राष्ट्रिय प्रसारणमा जोडिएको केन्द्रका सहायक इञ्जिनियर हरिसुन्दर माझीले जानकारी दिए ।
सुनसरी मोरङ सिचाई योजनाको चतरा नहरको पानीबाट विद्युत उत्पादन गर्ने सो जलविद्युत केन्द्र पानीको अभावमा पूर्ण क्षमतामा भने संचालन हुन सकेको छैन । केन्द्रबाट एक मेगावाटसम्म विद्युत उत्पादन हुन सक्ने बताइएको छ ।

