नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा विद्यालयका विद्यार्थीलाई एनसिसी तालिम

धरान÷ आपतविपतका समयमा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन तथा देशका लागि कर्मठ नागरिक तयार गर्ने उद्देश्यका साथ विगत ५२ बर्ष अगाडि देखि नेपाली सेनाको राष्ट्रिय सेवा दलले विद्यार्थीहरुलाई दिदै आएको सैन्य तालिम यस बर्ष पनि याङसिलामा रहेको कालीबक्स गणको राष्टिूय सेवा दलले शुरु गरेको छ ।
एक चरणको तालिम सिध्याएर दोस्रा चरणको तालिम शुरु गरेको राष्ट्रिय सेवा दलले दोस्रो चरण अन्तर्गतको एनसिसी तालिममा ६ वटा जिल्लाका १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् । धनकुटा, तेह्रथुम, खोटाङ, झापा, सर्लाही र चितवनका विभिन्न विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५सय ३५ जना छात्र तथा छात्राहरुले सैन्य तालिम लिइरहेका छन् । परिआएको बेला राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्टूभक्तीले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्य लिएर २०२२ सालदेखि शुरु भएको एनसिसी तालिमले आफूहरुको आत्मविश्वास बढाएको सहभागी विद्यार्थीहरु बताउछन् ।
नेपाल अधिराज्यभर हालसम्म २२ हजार भन्दा बढीले यो तालिम लिइ दक्ष जनशक्ति बनाएको राष्टिूय सेवा दलले विद्यार्थीहरुलाई इमान्दारी, अनुशासित,
राष्ट्रप्रतिप्रेम जागृत गराउनकै लागि प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको मोरङका मेजर गंगा थापा बताउनुहुन्छ ।
समाजिक कार्यमा समेत अग्रसार गराउनकै लागि राष्टिूय सेवा दलमा तालिम लिइएका विद्यार्थीहरुलाई सेवाभाव अभिप्रेरित गर्न केराबारी गाउपालिका वडा नं. ६ डागीहाटमा रहेको सार्वजनिक माध्यामिक विद्यालयमा राखिएको निःशुल्क स्वास्य सेवामा समेत उनीहरुलाई सरिक गराइएको थियो । स्वास्थ्यको पहुच न पुगेको र बर्षौदेखि रोग बोकेर पनि उपचार गर्न नसकेका सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले राखिएको सो स्वास्थ्य शिविरमा जनरल ओपिडी, जनरल मेडिसिन, बालरोग, मानसिक रोग,, नाक कान घाटी, आखा सम्बन्धी समस्या भएका, दातको समस्या भएका, स्त्रीरोग सम्बन्धी समस्या भएका, छालरोग लगयतका रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो

तपाईको प्रतिक्रिया