धरान÷नेवारी जातिको सँस्कृति,
परम्परा, भाषा जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको धरान ७ स्थित सिद्धि नेवाः
परिषद्ले आफ्नो १२ औं साधारणसभामा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानसँगै पुरस्कार समेत वितरण गरेको छ ।
परिषद्का लागि आठ कट्ठा १३ धुर जग्गा उपलब्ध गराउनु हुने सिद्धिमान र गंगालक्ष्मी पालिखेको १ सय ५४ औं जन्मजयन्तिको अवसर पारेर सम्पन्न साधारण सभमा चिकित्सा क्षेत्रमा योगदान पु¥याउनु हुने बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, शिक्षा क्षेत्रमा योगदान पु¥याउनु भएका बद्रीनाथ श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी परिषद्लाई जग्गा प्रदान गर्ने पलिखे परिवरका १७ भाईको योगदानको कदर गर्दै मनमोहन पलिखे र रमादेवी पलिखे, बद्री पलिखे र भिमेश्वरी पलिखेलाई सम्मानित
गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रदीप भण्डारी, भाषशास्त्री प्रा.डा. टंक न्यौपाने, परिषदका् अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी लगायतले सम्मान गर्नुभएको थियो ।
सिद्धि नेवाः परिषदमार्फत चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) ले असहाय, गरिब विद्यार्थी, विभिन्न संघ संस्थालाई मराणोपरान्त समेत सहयोग पुगोस भनेर ५ लाखको अक्षय कोष स्थापना गरिदिनु भएकोप्रति परिषद्ले घोषणासँगै आभार व्यक्त गरेको थियो । यसभन्दा अगाडि रु ५० हजार सम्मको अक्षयकोष स्थापना गर्नुहुने सरला कायस्थ, रमादेवी कर्माचार्यले स्थापना गर्नुभएको ६० हजारको अक्षय कोषलाई रकम थप गरी १ लाख पु¥याउनु भएको थियो । बढ्दो महँगीका कारण एकलाख भन्दा थोरै रकमको व्याजबाट पुरस्कार वितरण गर्दा अपुग हुने भएकोले अक्षय कोषलाई एक लाख सम्म पु¥याइदिन दताहरुलाई परिषद् बैठकले गरेको आग्रह अनुसार रकम थप भएको परिषद्का कोषाध्यक्ष भरत पलिखेले जानकारी दिनुभयो । यसैगरी गत बर्षको एस.इ.ई.तर्फ उत्कृष्ट अंक ल्याउने
नेवार समुदायका ७ जना विद्यार्थीहरुलाई नगद तीन हजारदेखि ८ हजारसम्म र +२ तर्फ उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीहरुलाई पनि जनही ३ देखि ८ हजार र प्रमाणपत्र प्रदान गरिएको
थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेशसभा सदस्य प्रदीप भण्डारीले भन्नुभयो आफनो भाषा, सँस्कृति, रहनसहन जगेर्नासँगै परिषदले समाजका लागि पु¥याएको योगदान प्रशंसनीय रहेको छ । आगामी दिनमा परिषद्ले अझ प्रभावकारी काम गर्दै जाओस् भन्दै साधारणसभा सफलताको कामना गर्नुभएको थियो । परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, अमेरिकी राष्ट्रपतिका पूर्व सल्लाहकार सञ्चिता श्रेष्ठ लगायतले पनि बोल्नु भएको थियो भने सञ्चालन महासचिव केशव श्रेष्ठले गर्नुभएको थियो ।

