प्रदेशको राजधानी माग गर्दै रिले अनसन

धरान÷ प्रदेश नं. १ मा आ–आफ्नो ठाउलाई राजधानी बनाउनु पर्ने मागसहित बन्द, हड्ताल लगायतका कार्यक्रम भइरहदा धरानमा भने धरानलाई प्रदेश नं. १ को
राजधानी बनाउनुपर्ने भन्दै शनिवारदखि शान्तिपूर्ण रिले अनसन शुरु भएको छ ।
१ नं. प्रदेशको राजधानी धरान बनाऔ स्वतन्त्र समिति गठन गरी विगतदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएको समितिले कसैलाई कुनै असर नपरोस भन्ने मुल अभिप्रायले धरानको भानुचौकमा रहेको घण्टाघर छेउमा पाल टागेर शान्तिपूर्ण रिले अनसन शुरु गरेका हुन् ।
समितिलाई धरानका राजनीतिक दल, नागरिक समाज, धरानका सर्वसाधारण जनताले स्वस्फूर्त रुपमा साथ दिएका छन् । प्रदेशको राजधानी बन्न धरान हावापानी, भौगोलिक अवस्था, पहाड तथा तराईको संगम स्थल, पर्यटकीय स्थल, भौतिक संरचना लगायत हरेक दृष्टिकोणले सुविधासम्पन्न स्थान भएकोले पनि प्रदेशको राजधानी धरानै उपयुक्त भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएको एक नं. प्रदेशको राजधानी धरान बनाउ स्वतन्त्र समितिका संयोजक अइन्द्रविक्रम बेघाले बताउनुभयो ।
बन्द, हड्ताल, नारा जुलुसर गरेर गरिएको आन्दोलनले अन्तत ः सर्वसाधारण नै मारमा पर्ने भएकोले धरानले भने शान्तिपूर्ण रिले अनसनबाट राज्यलाई दबाब दिने उद्देश्यले रिले अनशन शुरु गरिएको उहाले बताउनुभयो ।
अनसनमा धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि, नगारिक समाजका प्रतिनिधि, सर्वसाधारणले अनसनमा साथ दिएका छन् । शान्तिपूर्ण आन्दोलनले
अन्य क्षेत्रमा राम्रो सन्देश प्रवाह परोस् र प्रदेशको राजधानी माग गदैै आन्दोलनमा उत्रिएका अन्य स्थानका संघर्ष समितिले पनि यसको अनुकरण गरेर जाउन् भन्ने सन्देश दिनकै लागि पनि शान्तिपूर्ण
रिले अनसन गरिएको समितिका सचिव श्याम पोख्रेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया