सरकारले प्रदेशको राजधानी कहाँ कहाँ राख्ने भनेर समयमै निर्णय गरेर घोषणा गर्न नसक्दा राजधानीको राजनीतिले मुलुकमा फेरिएकपटक अस्व्यस्तता निम्त्याउने देखिएको छ ।
पूर्वाधकार नै नभएका सहरहरुलाई राजधानी बनाउँछु भन्ने चुनावी एजेन्डा बोकेर हिडेक र हाल निर्वाचित प्रदेशसभा सदस्यहरुकै निर्देशनमा राजधानीकै लागि दबाबमूलक कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । आÏनो सहरलाई राजधानी घोषण गर्नुपर्छ भन्ने माग राखी हुन थालेका बन्द, हड्ताल सहितका दबाबमूलक कार्यक्रमले सर्वसाधारणको दैनिकी समेत यतिबेला कष्टकर बन्न थालेको छ ।
अन्य प्रदेशमा जस्तै प्रदेश नं. १ मा राजधानीको विषयले यतिबेला प्राथमिकता पाएको छ । प्रदेशको राजधानी आÏनै सहरमा हुनुपर्छ भन्ने तानातान एकथरिका लागि मनोरञ्जनको विषय जस्तो भएको छ भने अर्काे थरिका लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ । एउटा राजनीतिक दलका निर्वाचित प्रदेशसभाका सांसदहरु राजधानीका विषयमा पछिल्ला दिनमा विभाजित भएका छन् । प्रदेश नंं १ कै कुरा गर्दा धनकुटा,
धरान, इटहरी, विराटनगर, इनरुवालाई राजधानी बनाउनुपर्छ भनेर एउटै दलबाट निर्वाचित सांसदहरुले नै लभिङ्गलाई तिब्र बनाएका छन् ।
कुनै पूर्वाधार नै नभएको धनकुटा यस मामलामा सबैभन्दा अगाडि देखिएको छ । वगत १० दिन यता धनकुटाका स्थानीयहरुले धनकुटलाई राजधानी बनाउनुपर्छ भन्दै व्यानर सहितको नाराजुलुस, चक्कजाम, सिग्नेचर क्यापिङ्ग लगायतका कार्यक्रमहरु गरिरहेका छन् । यतिमात्र होइन धनकुटालाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने कुरामा दबाब दिन प्रतिनिधिसभाका निर्वाचित राजेन्द्र राईको नेतृत्वमा दुई जना प्रदेशसभाका सांसद, उद्योग वाणिज्य संघ धनकुटाका पदाधिकारी, धनकुटा नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु यतिबेला काठमाण्डौ पुगेका छन् । जबसम्म जबसम्म प्रेशससभाको राजधानी धनकुटालाई सरकारले घोषणा गर्दैन तवसम्म आन्दोलन जारी रहने आन्दोलनमा सहभागिहरुले बताएका छन् । आन्दोलन, सडक जाम लगायतका कारण धन कुटाको जनजीवन प्रभावित हुन थालेको छ । यता धरानलाई नै राजधानी बाउनुपर्छ भन्दै राजनैतिक द र दर्जनौ सामाजिक संघ सस्थाहरुे दबाबमूलक कार्यक्रमको अयोजना गर्दै आएका छन् । प्रयाप्त पूर्वाधार भएको धरान राजधानी बन्न उपयुक्त रहेको दबाबमुलक कार्यक्रममा सहभागीहरुले बताउदै आएका छन् । धनकुटाको तुलनामा धरानले दिएको दबाब शान्तिपूर्ण रहेको छ । पूर्वाधारसहितको प्रवेदन तयार गर्ने, प्रदेश नं. १ को राजधानी धरानलाई नै बनाउनुपर्छ भन्दै स्टिकर वितरण, अन्तरक्रिया, गोष्ठी, आदि कार्यक्रमहरु यतिबेला जोडतोडका साथ सञ्चालन भइरहेका छन् ।
उता इटहरीले पनि पूर्वाधारसहितको प्रतिवेदन सार्वजनिक गर्दै शान्तिपूर्ण दबाबमुलक कार्यक्रम अगाडि बढाएको छ । कहिल्यै बन्द हड्ताल नहुने, सबैलाई पायक पर्ने इटही नै भएकोले इटहरीलाई
राजधानी बनाउनुपर्ने उनीहरुको माग रहेको छ । राजधानी इटहरी नै कायम गर्नुपर्छ भन्दै निर्वाचित जनप्रतिनिधिसहित झण्डै एकसय जना व्यक्तिहरु दबाब दिनकै लागि राजधानी पुगेका मात्र छैनन् पूर्व पश्चिम भएर दौड्ने हरेक यात्रुवाहक सवारी साधनका चालहरुलाई पुष्प गुच्छाले स्वागत गर्दै इटहरीलाई राजधानी बनाउन छुट्टै किसिमको आन्दोलनलाई उनीहरुले अगाडि बढाएका छन । विराटनगरका स्थानीय बासिन्दाहरुले पनि राजधानीका लागि विराटनगर जत्तिको पूर्वाधारयुक्त सहर प्रदेश नं. १ मै नभएकोले विराटनगरलाई नै राजधानी बनाउनुपर्ने भन्दै केन्द्रसम्म दबाब दिइरहेका छन् । ज्ञातव्य के छ भने पूर्वमा अर्थात प्रदेश नं. १ मा इलाम, पाँचथर, ताप्लेजुङ्ग, विर्तामोड, दमक लगायतका सहरहरु पनि छन तर राजधानीको सवालमा ती सहरका बासिन्दा धनकुटा, धरान, इटहरी, विराटनगरका बासिन्दाहरुले सडक र केन्द्रमा आवाज पु¥याएका छैनन् ।

