प्रतिष्ठानको हातामा रहेको दिल्ली पब्लिक स्कुलमा बार्षिक खेलकुद सम्पन्न

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानके हाताभित्र रहेको दिल्ली पब्लिक सोसाइटी अन्तरगत रहेको दिल्ली पब्लिक स्कुलले विगतका बर्षहरुमाझै यस बर्ष पनि बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
पौष ५ गतेदेखि सात गतेसम्म सञ्चालन भएको खेलकुद र्काक्रममा ४५ देखि ५५ वटा खेलहरु समावेश गरिएका थिए । खेलकुदमा विद्यालयमा अध्यनरत कक्षा ३ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका नेपाली भाषा विभाग प्रमुख हेमचन्द्र वस्तीका अनुसार खेलकुदमा एकसय मिटरको र्दाैडदेखि ८ सय मिटरसम्मको समावेश गरिएको थियो । दौडका अलावा ज्याब्लिङ्ग, सटफुट, लङ्गजम्प, सर्टजम, डिस्कस थ्रो, ज्याब्लिङ्ग थ्रो लगायतका खेलहरु समावेश गरिएको
थियो ।
तीनदिने उक्त खेलको समापन कार्यक्रमका अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.ड.ा राजकुमार रौनियारले सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो । शुभकामना सन्देशमा उपकुलपति प्रा.डा. रौनियारले विद्यालयले शैक्षिक गुणस्तर कायम गर्नुका अलावा अध्ययनरत विद्यार्थीहरुलाई केलकुदको माध्यमबाट वाह्य गतिविधिमा थप ऊर्जाशील बनाउन विद्यालयले देखाएको सक्रियताको सह्राना गरिएको थियो । समापन कार्यक्रममा विजेता तथा उपविजेता खेलाडी विद्यार्थीहरुलाई
पुरस्कार वितरण गरिएको थियो । प्रतियोगिता विद्यार्थीहरुको विभिन्न उमेर समूह छुट्याएर सहभागी
गराइएको थियो । समापनका अवसरमा नेपाली राष्ट्रिय गानसँगै विभिन्न जातजातिको सँस्कृति झल्कने नृत्यहरु समेत देखाइएको थियो नेपालको अत्यन्तै घनिष्ट एवम् छिमेकी मुलुक भारतको प्रख्यात कत्थक नाच, तामाङ्गसेलो, नेवारी नृत्य, राई, लिम्बुहरुका जातीय नृत्य समेत देखाइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र विशेष अतिथिको रुपमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह रहनु भएको थियो । उहाँहले विजेता तथा उपविजेता प्रतियोगी विद्यार्थीहरुलाई
पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पि.के. संकरालिंघमसँगै विद्यार्थीहरुका अभिभावहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया