इराक पुगेकी भोजपुरकी एक महिला घरेलु हिंसामा परिन

धरान÷ दलालको फन्दामा परेर इराक पुगेकी भोजपुरकी एक महिला मृत्युको मुखबाट बालबाल बचेर घर फर्किन सफल भएकी छन् ।
तीन बर्ष अगाडि रामो कमाई गर्ने उद्देश्यका साथ भिजिट भिसामा इराक पुगेकी गोगने(७, भोजपुरकी ३४ वर्षीया शान्ता राई मालिकको यातनाबाटपश्चात नेपालीकै सहयोगमा नेपाल फर्कन सफल भए पनि शारीरिक तथा मानसिक विक्षिप्त मात्र हैन हिडडुल नै नसक्ने अवस्थामा अहिले उनी पुगेकी छन् ।
उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या देखा परेकोले सहयोगको याचना गरिएको छ ।बैदेशिक रोजगारीका लागि इराक पु¥याउने दलाल स्याङजाका राम भनिने बलबहादुर थापा मगर र उनकी श्रीमति शशी घले फरार छन् । इराकबाट दुवै खुट्टा भाँचिएको र मेरुदण्डमा समेत समस्या आउने गरी घरमालिक इराकको अर्बिला स्थित हउलियरका सुरज भनिने व्यक्तिले शान्तलाई मार्ने उद्देश्यले चरम यातना दिएको खुलासा भएको छ ।
बारम्बार याताना खपेर घाइते भएकी शान्तालाई नेपालीहरुले धेरै सहयोग गरेको उनी बताउछिन् । इराकमा घाइते अवस्थामा हुदा परिवार धेरै अत्तालिएको उनकी बहिनी ममता राई बताउछिन् । दिदीलाई भेट्न आतुर उनले पुष ८ गते दिदीलाई बिराटनगर विमानस्थल भेटिकी थिइन र उनले हतार हतार घाइते दिदीलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्् । सामान्य व्यापार गरेर जीविको पार्जन गर्दै आएकी ममताले धन कमाउन विदेश गएकी दिदी ह्वील चियरमा देखेपछि विराटनर विमान स्थलमै भावविह्ल भएको बहिनी ममताले बताइन् ।
उनले विदेशमा महिला कामदार असुरक्षित भएको भन्दै आफु मालिकको पटकपटकको शारीरिक, मानसिक सबैखाले यातना सहँदै आएको बताइन् । पटक पटक नेपाल फर्कन्छु भन्दा पनि जान नदिइ शारिरीक यातना दिने गरेको बताउने पीडित राईले आफूलाई नेपाल फर्कन्छु भन्ने आशा नै हराएको बताइन् ।
घटनाका पश्चात उहाका नेपालीहरुले आफूलाई सहयोग गरेको बताउदै उनले इराक प्रहरी र नेपाली दाजुभाईहरुको सहयोगमा आफू नेपाल आइपुगेको बताइन् । इराकबाट नेपाल फर्कदा कतारमा नेपाली दाजुभाइले रकम संकलन गरेर ३५ हजार सहयोग गरेको उनको भनाई छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार दुवै खुट्टामा स्टिल लगाइएको र मेरुदण्डमा समेत चोटपटक देखिएकाले थप उपचारको आवश्यक रहेको बताए । हाडजोर्नी विभागका प्रमुख चिकित्सक डा. गुरुराज खनालको नेतृत्वमा उपचार भइरहेको छ ।
अहिले आफूसंग उपचारको लागि रकम नभएको भन्दै पीडितले सहयोगको अपेक्षा समेत गरेकी छन् । सहयोग गर्न चाहनेहरुका लागि शान्ताकी बहिनी ममतालाई मोवाइल नं. ९८६७५७३४८२ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया