अष्ट्रेलियामा रहेका नेपालीहरुले फेसबुक ग्रुपमार्फत नेपाली सिनेमा स्कृप्ट लेखन प्रतियोगिता गर्ने भएका छन् ।
यस अघि दुई पटक नेपाली स्कृप्ट लेखन प्रतियोगिता सम्पन गरिसकेको यो ग्रुपले पुनः तेस्रो पटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि १६ फब्रुअरी २०१८ भित्र सम्पर्क गरिसक्नु पर्ने आयोजक तथा सिड्नीमा क्रियाशील चलचित्र निर्देशक मनोज अधिकारीले जानकारी दिए । इच्छुक व्यक्तिले कुनै पनि विषयमा लभधलभउबष्अिष्लझब२नmबष्।िअयm मा कथा पठाउनु पर्नेछ ।
प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो समय नेपाली सिनेमा स्कृष्ट लेखकहरुमा कमी आएकोले पनि प्रतियोगिताको आयोजना गरिरहेको भन्दै उनले लेखकलाई समेत फाइदा हुने बताए ।
पहिलो हुने स्कृप्टको चलचित्र बनाइने छ भने अन्य प्रतियोगिता स्कृप्टलाई पनि सिनेमाकर्मीहरुसम्म पु¥याउने प्रयास गरिने आयोजकको भनाइ छ ।
यस अघि पहिलो पटक न्यू नेपाली सिनेमा फेसबुक ग्रुपमार्फत २०१२ मा र दोस्रो पटक २०१३–०१४ मा आयोजना गरिएको थियो ।
पहिलोमा ७५ लेखकको सहभागिता रहेकोमा रोहित देवकोटाको स्कृप्ट प्रथम भएको थियो । यस्तै दोस्रोमा १५० जना सहभागी भएकोमा राजन कठेटको स्कृप्ट प्रथम भएको थियो । राजनको स्कृप्टको अहिले चलचित्र बन्दै छ ।
यसरी सम्पन्न हुने छ प्रतियोगिता
आयोजकका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् । पहिलो चरणमा १ देखि ३ पृष्ठसम्मको कथा लेखेर पठाउनु पर्ने छ । कथा आफूलाई विश्वास लागेको र मन छोएको जुनसुकै विषयमा लेख्न सकिने छ । कथा १६ फ्रेबुअरी २०१८ भित्र लभधलभउबष्अिष्लझब२नmबष्।िअयm मा पठाइसक्नु पर्नेछ ।
दोस्रो चरणका लागि निर्णायकहरुले २५ वटा कथा र लेखकहरुलाई छान्ने छन् । तिनै २५ लेखकहरुलाई पूरा स्कृप्ट लेख्नको लागि तीन महिनाको समय दिइने छ । त्यसमध्येबाट एक जनालाई विजेता छानिने आयोजकले जनाएको छ ।
त्र
