आलोपालो बन्ने रे
स्त्रीको चरित्र र पुरुषको भाग्य दैवले पनि जान्दैनन् भन्थे हो रै’छ अब हेरौ न प्रचण्डाउको भाग्य । झालेमालेसँग लगनगँठो नकस्सिएको भे’ राँको बालेर खोज्नुपने अवस्थामा पुगिसकेको माउवादीका अध्येक्ष फेरि पर्धानमन्तरी बन्न भए । आलोपालोमा झालेमालेसँग पर्धानमन्तरी बन्ने सहमति भा’छ भनेर अतिका दिन उन्ले चितौनतिर पुगेर आÏना कार्जैकता माझमा गम्मक फुल्दै खुस्काई हाले । आइमाइको किलकिले नहुँदा कुरो खुस्काइ हाल्छन् भनेझैँ प्रचण्डाउसँग पनि
राजनैतिक किलकिले चाहिँ निठ्ठै रै’नछ । गोडा अढाई बर्षसम्म यसो थुतुनो ट्याप पारेर बस्या भे’ नि त हुन्थ्यो । गनतन्त्र आएसी’ अहिलेसम्म आलोपालो पर्धानमन्तरी बन्दै आएकोमा नेप्लिज जन्ता वाक्क भा थे । यसपालि त पाँचबर्ष सम्म ठयाकै एउटैले सरकार चलाउन पाउने भयो भन्या फुइøया हुन्थ्यो । फेरि उही आलोपालो । हैन हौ यो आलोपालोले नेपालको सत्ता नछोडने होकि क्या हो ?
अधिनायकवाद आवत
आफूलाई मधेशको मसिहा भन्न रुचाउने बेकामे काँग्रेसका नेता विमलेन्द्र निधिले भन्या अब मुलुकमा अधिनायकवाद आउँछ रे । राजिन्द्र महतोसँगको कुस्तीमा उत्तानोचित्त भएका निधिले भाषन गर्ने अर्को कुनै टपिक्क्स नै पाएनछन् । हुन त गुरु अनुसारको चेला न हुने हुन् । उनका गुरु बुढानिलकण्ठे काजीले निर्वाचनका बेला भाषन गर्दा भन्थे कम्युनिस्टले जिते हाँस्न नि पाइदैन रुन नि पाइदैन । कम्यनिष्टहरुले अधिनायकवाद ल्याउछन् भनेर काजीले कम्ता भाषन ठोकेनन् । अब अहिले विमलेन्द्र त्यही काजीको भनाई कन्ठस्त गरेर भट्याउन थाल्या छन् । कँग्रेसको हारमा मरो पनि अहम भूमिका छ भनेर भाषन ठोक्या भे’ बरु सबैले ताली पिट्थे । सत्तामा छँदा मात्तिएर भुइमा न भाँडामा भा’थे निधि । वाफरे वाफ उन्का फुइँ सानो थिएन । अन्तेमा राजिन्द्र महतोसँग विचरा निधि गतिलैसँग पछारिए ।
सपथपछि विवाह
घण्टाघरलाई हिजो आज झालेमालेबाट भोजपुरबाट प्रदेशसभामा निर्वाचन जितेका शेरधन राईको कुरा सुनेर नरमाइलो लाग्न थाल्या छ । अहिलेसम्म बोकै रहेका राईले अब त विवाह गर्लान् कि भन्ने लाइराथ्यो । तर अस्तिका दिन उन्ले भन्या कुरा सुनेर खिन्न पो भइयो । विचरालाई यतिबेला मुख्य मन्त्रीको भुतले गाँजेको छ । उनी २४ सै घण्टा मुख्यमन्त्रीकै बारेमा सोच्छन् । कहिले विराटनगर पुगेर मुख्यमन्त्रीका लागि म योग्य छु, म जतिको योग्य अरु कोही छैनन् भन्छन् । कहिले धरान फर्केर भन्छन् मुख्यमन्त्रीको सपथ लिएसी’मात्र विवाह गर्छु । मुख्यमन्त्री नपाए त विचाराको घरवार नै नहोला जस्तो भयो । जसरी हुन्छ शेरधनलाई मुख्यमन्त्री बनाउनु प¥यो नत्र विचरा आजीवन कुवाँरा नै रहने भए ।
अन्तरघातीले हराए
झालेमालेका नेता बाउदेउ गौतमले बर्दियाबाट सपाला चुनाउ हारे । ऐरे गैरे नत्थु खैरे सबै बाम गठबन्धनका उमेद्वारले यसपाला बाजी मार्दा गौतम जस्ता होनेहार र उमेद्वारले चुनाउ हार्दा खैलाबैला त हुने नै भयो । माउवादीसँग गठबधन गर्न भूमिका खेलेका गौतमले हारेपछि पार्टीभित्र हल्काफुल्का सनसनी त मच्चिने नै भयो । काग बढी बाठो हुँदा नर्क खान्छ भन्छन । गौतमले नि चुनाउको बेला आगामी पर्धानमन्तरी मै हुन्छु भनेर प्वाक्क नबोल्या भे हार्ने चान्स नै थिएन । गौतमले चुनाउ जित्या भे पार्टीभित्र मात्र हैन खप्रओलाई कम्ता घाँडो हुन्थ्यो ? बरु न रहे बाँस न बजे बाँसुरी । चुनाउमै सिनित्त पारेर झाडु लगाइदेसी’ बातै खलास । अस्किा दिन गौतमले आÏनै निवासमा आउरे भाउरे जम्मा गरेर माउवादीका कार्जेकर्ताहरुले काँग्रेसको पैसा खाएर, आफ्नै पार्टीको कार्जेकर्ताहरुले अन्तरघात गरेर आफूलाई हराएको भनेर भडास पोखेछन् । अब उही भडास पोख्ने त हो । कि कसो हौ गौतम वा ।
किन खोचे थाप्या होला ?
अस्तिका चुनाउमा सर्वाङ्ग नांगो भा’का बुढानिलकण्ठे काजीको चुनाउ अगाडिको एउटा अन्तरर्वार्ता घण्टाघरलाई हिजो आज खुब याद आउन थाल्या छ । देउवाको ख्याल जगबको अन्तरर्वार्ता थेन अबको पर्धानमन्तरी पनि मै हुन्छु, ओलीलाई कस्ले पर्धानमन्तरी बनाउँछ र भन्या थे । अब अहिले ओली पर्धानमन्तरी बन्ने भएसी काजी अनेकौ बखेडा झिकेर गनगन गर्न थाल्या छन् । किन त्यसरी गनगन ग¥या होला ? हैन हौ यो सत्ताले मान्छेलाई थेत्तरो नै बनाउँदो रै’छ । संसद हुन्ज्याल, बहुमतीय प्रणालीबाटै राष्ट्रिय सभा गठन गर्नुपर्छ भनेर विद्येयक पेश गर्ने, अहिले सबैतिरबाट चिप्लिएपछि एकल संक्रमणीयबाटै राष्ट्रिय सभा गठन गर्नुपर्छ भनेर विद्येयक पेश गर्ने, अहिलेसबैतिरबाट चिप्लिएपछि एकल संक्रमणीयबाट हुनुपर्छ भन्दै अध्यादेश शितल निवासतिर ठेल्नु त भएन नि † कहिले पर्धानमन्तरी बनमला र
सिंहदरबार छिरमला भनेर खुट्टा उचालेर बसेका ओलीका नौनारी गलिसक्या छन् । राष्ट्रिय सभा गठन नगरी ज्यान गए सत्ता नछोड्ने अडान लिएर काजीले किन खोचेँ थाप्या होलान् ? काजीका कारण काँग्रेस अझै ओरालो लाग्ला जस्तो पो देखियो । कि कसो हौ ?
कमलाउको दुर्गति
राप्रपाका अध्येक्षे कमलाउलाई यसपाला साढे सातकै खरो दशाले ढाक्या रै’छ । ताकपरे तिवारी नत्र गोतामेको व्यहोरा भएसी साढे सातको राजनैतिक दशाले नछुने कुरै भे’न । काँग्रेस एमाले, माउवादी जस्कोसुकै सरकार बनेनी यसअघि उपपर्धानमन्तरी कमलाउले पड्काइ हाल्थे । उपपर्धानमन्तरी पड्काउनु अगाडि उनी घोर राजावादी, हिन्दुवादी हुन्थे । पड्काइसकेसी गणातान्त्रिक संविधान उत्कृष्ट छ, हिन्दु धर्म हैन धार्मिक सद्भाव आवश्येक छ भनेर कुर्लन्थे । अब भने छेपारे काजी कमलाउका सबै नखरा धुलिसात भएका छन् । आफ्नै घरेलु जिल्लामा आफन्तैले नपत्याएका काजी अब के गर्दा हुन् ? सत्तामा जाने सबै बाटो बन्द भएसी अब उन्ले के गर्दा हुन ? दुई नाउमा खुट्टा राखेर हिड्दा कमलाउको हविगत हुन्छ भनेर अब नेपालका राजनीति व्यापारीहरुले पाठ सिक्लान् कि नसिक्लान कुन्नि †
जोइपोइको अपान वायु वन्द
बुढानिलकण्ठे काजी र कजिनीको यतिबेला अपानवायु बन्द भा’छ । चुनाउमा दुवैले आफू पर्धानमन्तरी बन्ने भनेर खडा भा’थे । तर मतदाताले लोप्¥याइदिएपछि दुवै हिस्स बूढी
हरिया दाँत लगाएर बस छन् रे । अति गर्नु अत्याचार नगर्नु भनेर त्यसै भन्या होइन । हिजो यी दुवै जोइपोइको मलद्वारलाई समेत हरिद्वार देख्ने कार्जेकर्ताहरुले मुर्दालाई जुम्राले छोडेझै छोडन थाल्या छन् । छोड्ने मात्र हैन पार्टी नेतृत्वबाट दुवैलाई विदा गर्नुपर्छ भनेर हाक्काहाक्की भन्न थाल्या छन् । नजिकको आफन्त नै त्यसरी बैरी भएसी विचाराहरुको अपान वायु बन्द नहुने कुरै भएन । अझ के सम्म भन्न थाल्या छन् भने आफ्नै घर जलाएर आगो ताप्ने ती दुईको विरुद्धमा हस्ताक्षर अभियान नै चलाउने रे । हुन त सबै बलेकै आगो ताप्ने त हुन नि † निभेको आगो कस्ले ताप्छ र, कि कसो हौ ?
अन्तेमा
नयाँ शक्ति पार्टीका संयोजक बाउराम भट्टराईले नेपाली काँग्रेससँगको सम्बन्ध विच्छेद गर्लान् जस्तो छ । माउवादीबाट जोर लात्ती पाएर उछिटिएका बाउरामलाई बम गठबन्धनमा समेत अयोग्य ठहर
गरेर प्रवेश नै दिएन । बाउन्न झापड त्रिपन्न ठक्कर भनेझै विचरालाई कसैले राजनैतिक आश्रय नदेसी’ अन्तेमा काँग्रेसको चरण कमलमा लम्पसार पर्न पुगे । काँग्रेसले शरण दियो । गोरखाबाट लारनकाजीलाई कँग्रेसकै आर्शीवादले हराए । तर अहिले आएर बाउराम बाउँठिन थाल्या छन् । हुन त भेडा भेडाकै बथानमा बाख्रा बाखाकै बथानमा रमाउँछ भन्छन् हो रै’छ । बाउराम यतिबेला नयाँ शक्ति पार्टीका एकसिटे सांसद बन्या छन् । चाँडै नै बाम गठबन्धनमा सामेल हुने भा’छन् । वैगुनीलाई गुनले मार्नु भन्थे नहुदो रै’छ ।

