चितवनलाई हराउ“दै भैरहवा क्वालिफायरमा प्रवेश

चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।
आजको खेलपछि समूहमा दोस्रो भनेको भैरहवाले पाँच खेलबाट ८ अंक जोडेको छ। अपराजित रहेको विराटनगर वारियर्सले १० अंक जोड्दै यसअघि नै क्वालिफायरमा स्थान बनाइसकेको थियो ।
त्यस्तै आज चितवन पराजित भएपछि पोखरा राइनोज पनि प्लेअफमा पुगेको छ। चार खेलबाट ४ अंक जोडेको पोरखाले अन्तिम खेलमा ललितपुर पार्ट्िरओट्ससँग प्रतिस्पर्धा गर्नेछ। ललितपुर र चितवनको समान २–२ अंक छ । पोखरालाई हराए ललितपुर प्लेअफमा पनि पुग्नेछ भने चितवन बाहिरिनेछ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवी मैदानमा चितवनले दिएको ८८ रनको लक्ष्य भैरहवाले ओभरमा ६ विकेटको क्षतिमा १८.३ ओभरमा पार गर्यो भैरहवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ३० रन बटुले । रोहितकुमार पौडेलले २० रनको योगदान गरे भने भुपेन्द्र थापाले १३ रन जोडे ।
ओपनरद्वय प्रदीप ऐरी १ र प्रथम सलुंके शून्य रनमा आउट भएका थिए । कृष्ण कार्कीले नटआउट ८ रन जोड्दा कप्तान शरद भेषवाकर ८ रनमा आउट भए । बलिङतर्फ चितवनका सहाव अलाम र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । चितवनका ओपनर दिलीप नाथ ४ तथा सन्दीप सुनार शून्य
रनमा आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले १५÷१५ रन बटुले । ललितसिंह भन्डारीले नटआउट १३ र आकाश थापाले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले
दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ भैरहवाका कप्तान शरद भेषवाकरले ३ विकेट लिए। हरिशंकर साह र भुवन कार्कीले २÷२ विकेट हात पारे भने कृष्ण कार्की र पुनित मिश्राले १÷१ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया