दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना

धरान÷ पैदल यात्रु, सवारी साधन प्रयोगकर्ता, सवारी चालक तथा बालबालिका कसैले पनि ट्राफिक नियम पालना नगरकै कारण दुर्घटनामा पर्ने गरेको भन्दै पछिल्लो समय यी समुदायलाई लक्षित गरी विभिन्न सचेतनात्मक कार्यक्रको आयोजना शुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा एक हप्ते ट्राफिक सचेतना शुरु गरिएको हो ।
सडक दुर्घटनाबाट बच्नका लागि सवारी चालकलाई सवारी नियमसम्बन्धी जानकारी, सवारी साधन प्रयोगकर्ताले पु¥याउनुपर्ने सावाधनी, पैदलयात्रुहरुले पु¥याउनुपर्ने सावधानी तथा बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सबैभन्दा पहिलो ट्राफिक नियमको पालना आवश्यक भएको भन्दै धरानका मुख्य सडकमा सचेतनात्मक कार्यक्रम गर्दै आएको हो ।
यसमा सबै भन्दा बढी सक्रियता केन्द्रीय प्रविधि क्याम्पस हातीसारमा अध्ययनरत विद्यार्थी जो युवा रेडक्रस सर्कलमा आवद्ध छन् उनीहरुले सवारी चालकलाई सवारी नियम सम्बन्धी जानकारी, पैदलयात्रीलाई जेब्रा क्रसिङबाट मात्र बाटो काट्न,सडक पेटीबाट मात्र हिड्न तथा सवारी साधन प्रयोगकर्तालाई सर्वाजनिक सवारी साधन प्रयोग गर्दा बस स्टपमा मात्र चढ्ने, ओर्लने, सवारी साधनको ढोकामा झुण्डिएर तथा छतमा बसेर यात्रा नगर्ने लगायतका कुराहरु सबैलाई सिकाउने गरेका छन् ।
त्यस्तै बालबालिकालाई उनीहरुले सडकमा कहिल्यै नेखेलौ, सवारी साधनमा यात्रा गर्दा पछाडि सिटमा बसौ, पैदल यात्रा गर्दा फुटपाट प्रयो गरौ तथा फुटपाथ नएमा सडकको दाया किनारा प्रयोग गरौ, बाटो काट्दा अभिभावकको जेब्राक्रसिङबाट बाटो काटौ लगायतका कुराहरु उनीहरुले सिकाउने गरेका छन् ।
पौष ५ गतदेखि ११ गतेसम्म थालिएको अभियानमा उनीहरुले अशक्त तथा बालबालिकालाई जेब्रा क्रसिङद्वारा आफै बाटो समेत कटाइदिने गरेका छन् ।
ट्राफिक नियम सम्बन्धी जानकार नहुदा तथा जानकारी भए पनि जानी जानी उल्लंघन गर्ने कार्य दिनप्रतिदिन बढ्दै जादा दुर्घटनाको जोखिम समेत भयावह अवस्था रहेकोले नेपाल रेडक्रस सोसाइटी सुनसरी र जिल्ला ट्राफिक कार्यालय सुनसरीको आयोजनामा सचेतनात्म कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका सहायक ट्राफिक प्रहरी निरीक्षक विनोदकुमार खतिवडाले बताउनुभयो ।
उहाले सचेतनाको क्रममा धेरैलाई ट्राफिक ज्ञान नै नभएको पाइएको उहाले बताउनुभयो ।
दुर्घटनाको समयमा एक अर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा सबैलाई ट्राफिक सचेतनाको ज्ञान भएको खण्डमा र सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनाको जोखिम कम भएर जाने भएकोले पनि यो अभियानले सार्थकता पाउनेमा अभियान्ताहरु आशावादी छन् ।

 

तपाईको प्रतिक्रिया