बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दिल्ली पब्लिक स्कुलमा भौतिक विज्ञान सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न पूवञ्चलका विभिन्न ८ वटा विद्यालयका विज्ञान शिक्षक र विद्यार्थी गरी एक हजार भन्दा बढीको सहभागिता

धरान÷यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलमा भौतिक विज्ञान सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न भएको छ ।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको विद्यालयले अध्ययनरत विद्यार्थीहरुलाई भौतिक विज्ञान सम्बन्धी ज्ञान र प्रयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यशालामा धरान र विराटनगरका गरी आठ वटा वाह्य विद्यालका विज्ञान शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई समेत सहभागी गराइएको थियो ।
वि.सं. २०५३ अर्थात सन् १९९६ मा स्थापना भएको दिल्ली पब्लिक स्कूल सोसाइटीसँग आवद्ध विद्यालय भएकोले यहाँबाट अध्ययन गरेका विद्यार्थीहरु संसारका हरेक देशमा आफनो क्षमता देखाउन समक्ष हुने गरेको दिल्ली पब्लिक स्कुल धरानका नेपाली विभाग प्रमुख हेमचन्द्र वस्तीले जानकारी दिनुभयो । विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न रचनात्मक काय गर्दै आएको छ । तीनदिने भौतिक विज्ञान कार्यशालामा भारतको कलकत्ताबाट आउनु भएका वैज्ञानिक कृष्णनन्दु चक्रवर्तीले भौतिक विज्ञान सम्बन्धी शिक्षक र विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । धरानको सामुदायिक विद्यालय पब्लिक मावि, विष्णु मावि, जेम बोर्डिङ्ग स्कुल, विराटनगरको डिएवी लगायतका विद्यालयका एक हजार भन्दा बढी विद्यार्थीहरुलाई दुई सेसनमा गरी चक्रवर्तीले भौतिक विज्ञानसम्बन्धी जानकारी गराउनु भएको थियो ।
धरानका पब्लिक माविका प्राद्यानाध्यापक इन्द्रमोहन झासँग हामीले भौतिक विज्ञान सम्बन्धी कार्यशाला कस्तो रहयो त भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो विद्यार्थी र विज्ञान शिक्षकका लागि कार्यशाला अत्यन्तै उपयोगी रहयो । पहिलो दिन अर्थात उद्घाटन सत्रमा कार्यशाला सफलताको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले शुभकामना सन्देश पठाउनु भएको थियो भने सहभागी विद्यालयका विज्ञान शिक्षक, दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पिके
संरालिंघमले भौतिक विज्ञानका सम्बन्धमा आÏना धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया