घदिल्ली पब्लिक स्कुलले भर्खरै भौतिक विज्ञान सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न गरेको छ । यसको मुख्य उद्देश्य के हो ?
–आजकल विद्यार्थीहरुको ध्यान केवल किताव र माक्र्समा मात्र केन्द्रित भइरहेको छ । विद्यार्थीहरुका लागि साइन्टिफिक थिंकिङ्ग स्किल अत्यन्तै आवश्यक भइसकेको छ । आज संसार साइन्टिफिक वल्ड भइसकेको छ । आज मानिसका हरेक दिनको गतिविधि विज्ञानमै आधारित छ । साइन्समा फिजिक्स,कमेष्ट्री अत्यन्तै महत्वपूर्ण चीज हो । यी दुवैको समीश्रणले हामी भविष्य सुनिश्चित गर्न सक्छौं । प्राक्टिकल रिलेटेड नलेजका लागि मानिसको सोच के भएको छ भने धेरै महँगा सामान किन्नुपर्छ होला, ठूला ठूला ल्याव हुनुपर्छ होला भन्ने छ तर यो सबै गलत हो । हाल दिल्ली पब्लिक स्कुलमा चलिरहेको ह्याण्ड अन एक्सपिरियन्सले के के गरेर हामीले विज्ञान सम्बन्धी काम गर्न सक्छौं भन्ने सिकाइदैछ । हामीले विगतमा गरेका धेरै कुराहरु बिर्सिसकेका हुन्छौं । ताजै राख्न र अनुभव गरिरहन प्राक्टिस
गरिरहनु पर्छ ।
घहाल कार्यशालामा कति विद्यार्थी सहभागी भएका छन् ?
–दिल्ली पब्लिक स्कुलका कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरु सहभागी भएका छन । उनीहरुलाई फरक स्थानमा मिररले कसरी काम गर्छ भनेर प्राक्टिलकल रुपमा देखाइएको छ । मिरर एउटा त्यस्तो चीज हो जसलाई बुझ्न आवश्यक
छ । वासिङ्ग मेसिनले घरमा कसरी काम गर्छ, अधिकांशलाई त्यस सम्बन्धमा थाहा हुँदैन । मोही तयार गर्दा के के वस्तुले काम गर्छ त्यो थाहा हुँदैन । यी सबै कुरामा प्रयोग गरेर देखाएको छ । हामीले भौतिक विज्ञान सम्बन्धी एक अन्तर्रष्ट्रिय व्यक्तित्वलाई बोलाएका छौं । उहाँ हुनुहुन्छ कृष्णनन्दु चक्रवर्ती जो भारतको कलकत्तामा बस्नु हुन्छ । विज्ञान सम्बन्धी अलट गर्न विश्वका धेरै देशहरुले उहाँलाई आमन्त्रण गर्छन् । हाल उहाँले सम्पन्न कार्यशालमा पहिलो दिन सम्बन्धित विद्यालयका विज्ञान शिक्षकहरुलाई जानकारी गराउनुभयो । फेरि क्लास वाइज विद्यार्थीहरुलाई जानकारी गराउनुभयो । यसले शिक्षक र विद्यार्थी दुवैलाई फाइदा भएको छ । हामीले हाम्रो स्कुलका शिक्षकलाई मात्र नभएर अन्य स्कुलका शिक्षक, विद्यार्थीलाइ समेत सहभागी
गराएका छौ ।
घअहिले फिजिक्स अर्थात भौतिक विज्ञान सम्बन्धी मात्र जानकारी दिनुभएको हो ?
–हो । तर विज्ञान भनेको इन्टर
रिलेटेड हुन्छ । फिजिक्समा म्याथ पनि आउँछ, केमेष्ट्री, वायोलोजी सबै आउँछ । ल्याङ्गवेज कसरी डेलिभरी गर्ने, इन्ट्रेस्ट कसरी जगाउने, त्यो कम्युनिकेशनमा भर पर्छ । हामीले अँग्रेजीलाई अन्तर्राष्ट्रिय भाषाको रुपमा लिएका छौं । इंगलिसमा सबैलाई डेलिभरी गरी कसरी समस्याको फेस गर्ने ? एकजाम कसरी तयार गर्ने, के के लेख्ने ? आजकल बच्चाहरु धेरै लेख्छन् । प्रश्नको रिलेटेड उत्तर लेख्नुपर्छ र मान्छेमा उमेरसँगै ज्ञान वृद्धि
भइरहन्छ । १५ बर्ष अगाडि पाएको ज्ञानलाइ २५ बर्ष पछि पनि हामीले छोड्नु हुँदैन । त्यसलाई एक्सपेरिमेन्ट गरिरहनु पर्छ ।
घआगामी दिनमा पनि यस्ता कार्यक्रम भइरहन्छन् ?
–भइरहन्छन् । हरेक बर्ष यस्ता कार्यक्रम गरेर शिक्षक र विद्यार्थीहरुलाई अवेरनेश गरिरहन्छु । आज साइन्स नलेज धेरै महत्वपूर्ण भएको छ ।
घकृष्णनन्दु चक्रवर्तीले के के सिकाउनु भयो ?
–उहाँले धेरै कुरा प्राक्टिकल रुपमै सिकाउनु भएको छ । उहाँले लाइटका बारेमा, फोर्सको बारेमा, इलेक्ट्रिसिटी, म्याग्नेटिजम आदिका बारेमा सिकाउनु भएको छ ।

