धरान÷मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश नं. १ मा वामगठबन्धनले दुई तिहाई भन्दा बढी मत प्राप्त गरेका छन् ।
उनीहरुले पाएको मतको आधारमा प्रदेश नं. १ को मुख्यमन्त्री देखि अन्य सबै मन्त्रीहरु वामगठबन्धनकै हुने भएको छ । प्रदेश नं. १ मा एमाले एक्लैले ३६ सिटमा विजय हाँसिल गरेको छ भने माओवादीले १०, नेपाली काँग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्र एक जनाले जित हाँसिल गरेका छन् । प्रत्यक्ष र समानुपातिकमा गरी ९३ जना रहने प्रदेश नंं १ मा प्रत्यक्षतर्फ वामगठबन्धनको४६ सिट रहेको छ भने समानुपातिकमा समेत वामगठबन्धनकै वर्चस्व रहेको छ ।
यहाँ स्मणीय कुरा के छ भने वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं. १ (ख) बाट निर्वाचित एमालेका केन्द्रीय सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको छ । आचार्य एमालेको प्रदेश नं. १ का संयोजक समेत हुनुहुन्छ । यद्यपि भोजपुरबाट प्रदेश सभामा निर्वाचित वाम गठबन्धन तर्फबाट एमालेका युवा नेता शेरधन राईलाई पनि मुख्य मन्त्रीको दावेदारको रुपमा हेरिएको छ । आचार्य राई भन्दा पार्टीभित्र प्रभावशाली रहेकोले पनि राईको मुख्य मन्त्री हुने सम्भावना न्यून रहेको एमालेभित्र बहस शुरु भएको छ । आचार्यलाई मुख्यमन्त्री बनाउनै लागि प्रदेशसभामा उठाइएको सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) बाट निर्वाचित प्रदीप भण्डारीको कथन छ । आचार्यभन्दा अर्को कुनै व्यक्ति प्रदेशसभाको मुख्यमन्त्री बन्न सक्ने स्थिति छैन भण्डारीले भन्नुभयो ।
एमालेभित्रको गुट र उपगुटले पनि आचार्य र राईको नाम नै यतिबेला चर्चामा रहेको छ । आचार्य माधव नेपाल निकट मानिन्छन् भने राई केपी ओली निकट मानिन्छन् । राईको तुलनामा आचार्य केही खरो प्रवृत्तिका भएको, अडान लिन सक्ने भएकोले पनि आचार्य नै मुख्यमन्त्री बन्ने पार्टीभित्रको बहसले चर्चा पाएको छ । नेपाल भारतको सबैभन्दा ठूलो महत्वकाक्षी परियोजना कोशी हाइड्यामका सम्बन्धमा आचार्यले स्पष्ट अडान राख्दै आएका छन् । कोशी हाइड्याम बन्नु हुँदैन भन्ने आचार्यको पहिलेदेखिको मान्यता यथावत रहेको
छ । कोशी हाइड्यामका सम्बन्धमा धरान साप्ताहिको जिज्ञासामा आचार्यले भन्नुभयो त्यो नेपाल र नेपालीको हितमा छैन । कोशी हाइड्याम कुनैपनि हालतमा भारतलाई बनाउन दिनुहुँदैन । कोशी हाइड्यामले सुनसरी, उदयपुर, धनकुटा, ओखढलुंगा, पाँचथर लगायतका जिल्लाका लाखौ मानिस विस्थापित हुने र लाखाँै हेक्टर उर्वर पहाडी भूभाग डुबानमा पर्छ भने पहिरोको जोखिम पनि उत्तिकै
रहन्छ । यसै सम्बन्धमा बुझ्न भोजपुर प्रदेशसभा सदस्य शेरधन राईसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।

