नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङ्गले जनादेशले वाम गठबन्धनलाई पाँच बर्षे सत्ता सञ्चालनका लागि स्पष्ट जनादेश दिएकोले नेपाली काँग्रेसले पाँचबर्षको अवधि संगठन विस्तारका लागि सदुपयोग गर्नुपर्ने धारणा अत्यन्तै सान्दर्भिक छ ।
लामो समय पश्चात वाम गठबधन् त्यसमा पनि २०४६ सालदेखि छोटो समय सत्ता अरोहण गरेको भएपनि हाल आएर वहुमतका साथ एमाले अगाडि आएको छ । वाम गठबन्धन अर्थात एमाले माओवादी केन्द्रले चालीस साठीको भागबण्डाबाट दुई तिहाई वहुमत ल्याएका छन् । केहीदिन भित्रैमा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ ।
वाम गठबन्धनको दुई तिहाईको सरकार बन्नु पूर्व नेपालका
राजनीति खेलाडीहरुले राजनैतिक जोड घटाउ शुरु गरिसकेका छन् । खासगरी त्यसरी राजनैतिक जोड घटाउ शुरु गर्नेमा सत्ताबाट कहिल्यै विमुख हुनु नपरोस् भन्ने नेपाली काँग्रेसका बरिष्ठ नेताहरु नै रहेका छन् । जनमतले नेपाली काँग्रेसको हैसियतमा खुम्च्याएर तेस्रो स्थानमा सीमित गर्दा पनि सत्ताका लागि अझै आतुर हुने केही काँग्रेसीहरुकै कारण आगामी दिनमा काँग्रेस कमजोर हुने देखिएको छ ।
हाल एमालेले एक्लै प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये ८०) सिटमा विजयी हासिल गरेको छ १ सय १० जना रहने प्रतिनिधिसभाको समानुपातिकमा समेते एमालेले एक्कलैले ४४ सिट हासिल गरेको छ । २ सय ५७ जना रहने प्रतिनिधिसभामा एमालेले एक्लै प्रत्यक्ष र समानुपातिक गरेर १ सय २४ सिटमा जित हासिल गरेको छ । उता माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा मत संख्याको आधारमा १७ सिट पाएको छ । दुवैको कुल संख्या १ सय ७७ हुन्छ जुन दुई तिहाई बहुमत हुन आउँछ । यसमा नेपाल मजदुर किसान पार्टीको एक र
राष्ट्रिय जनमोचाको एक सिट जोड्दा वाम गठबन्धनसँग १ सय ७९ जना सांसद पुग्छन् । वाम गठबन्धनले ल्याएको सिट संख्या जसरी भएपनि विभाजन गरेर फेरि सत्तामा पुग्न नेपाली काँग्रेसक सभापति शेरबहादुर देउवा र उनका पिछलल्गुहरु यतिबेला अँध्यरो कोठामा सबेर जोड घटाउमा लागेका छन् । उनीहरु काँग्रेसको प्रत्यक्ष र समानुपातिक गरी कुल ६५, माओवादीको ५३, राजपाको १४, संघीय समाजवादी फोरमको १४, नयाँ शक्तिको १ गरी १ सय ४७ को अंक गणितीय डाटा देखिाउन थालेका छन् । काँग्रेस एक वहालवला मन्त्रीले त के सम्म भने भने हामी प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छौ ।
सिट संख्या भागबण्डा देखि पार्टी एकीकरणको अभियानसम्मको मार्ग प्रसस्त गरेका एमाले माओवादीलाई अहिल्यै एक्लाएर सत्तामा पुग्ने सपना नेपाली काँग्रेसका सम्भ्रान्त नेताहरुले अहिलेदेखिकै राम्रो । यदि यसो गरियो भने नेपाली काँग्रेस अझ रसातलमा पुग्छ । नेपाली जनताले पटक पटक नेपाली काँग्रेसलाई वहुमत दिएकै हुन, पटक पटक सत्तामा पु¥याएकै हुन । तर जनतालाई राहत पुग्ने प्रत्यक्ष कुनै काम नगर्ने, कमिशन र भ्रष्टाचारमा निर्लिप्त हुने अर्थात सत्ताभन्दा बाहिर काँग्रेस बस्नै नहुने दिग्भ्रमका कारण मतदाताले नेपाली काँग्रेसलाई तेस्रो स्थानमा खुम्च्याइदिएका हुन् । यहाँ स्मरणीय कुरा भन्नै पर्ने कुरा के हो भने ६ महिना अगाडि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छँदा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन उनैलाई गराउन दिनुपर्ने थियो । तर काँग्रेस सभापति शेरबहदाुर देउवालाई आफै प्रधानमन्त्री हुनुपर्ने जुन भुत सवार भयो, त्यसले पनि नेपाली काँग्रेसलाई इतिहासमै व्यहोर्नु नपरेको घाटा भयो । प्रचण्ड पधानमन्त्री रही रहेको भए न त वाम गठबन्धन हुन्थ्यो त त आज वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउँथ्यो । मतदाताहरुले फेरि पनि नेपाली काँग्रेसलाई नै वहुमत दिने थिए । अको कुरा नेपाली काँग्रेसका कुनै पनि नेतामा राजनैतिक दुरदर्शिता देखिएन । एउटै जात र धर्म भएका तर टुक्रा भएका नेपालका वामपन्थीहरु कही एक भए भने काँग्रेसको हविगत के हुन्छ भनेर उनीहरुले कहिल्यै सोचेनन् । नेपालमा ७० प्रतिशत मत आजसम्म वामपन्थीहरुलाई नै आएको देखिन्छ ।

