इनरुवा/नेपाली कााग्रेस सुनसरीद्वारा आयोजित एक कार्यक्रममा विभिन्न
राजनैतिक दलका सभासद, जिल्ला तथा स्थानीय स्तरका नेताहरुले तोकिएको समयमा संविधान निर्माण हुन नसके मुलुक द्वन्द्वमा फास्ने चेतावनी दिएका छन् ।
नेपाली कााग्रेस जिल्ला कार्यसमिति सुनसरीले कार्तिक ५ गते आयोजित विजयादशमी, बक्रइद,, इद, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा एक अर्काबीच आरोप–प्रत्यारोपको दाहोरी राम्रैसाग चलेको थियो ।
सो अवसरमा बोल्दै नेपाली कााग्रेसका सभासद सीताराम मेहताले भन्नुभयो, सबै दलले संविधानसभाको दोस्रो निर्वाचनमा जनतासाग प्रतिज्ञा
गरेका छन् कि अगामी माघ ८ गते नै संविधान जारी गछौं । उनीहरुले आफ्नो घोषणा पत्रमा समेत उक्त कुरा उल्लेख गरेका छन् । आज तिनै मध्येका केही दलहरु माघ ८ गते संविधान बन्न नदिने षड्यन्त्रमा लागेको र त्यसको नेतृत्व एमाओवादीले लिएको सभासद मेहताको आरोप थियो । उहााले भन्नुभयो एकातिर सहमति नभएका विषयमा सहमति गराउने राजनैतिक संयन्त्रको अध्यक्ष पनि हुने अनि अर्कोतर्फ अन्य दलसाग मोर्चाबन्दी गरेर सडक सदनमा संघर्ष गर्न नेतृत्व पनि लिने एमाओवादीको गतिविधि शंकास्पद छ, मेहताले भन्नुभयो । यदि आगामी माघ ८ गते संविधान जारी हुन सकेन भने त्यसको सम्पूर्ण दोष बोक्न एमाओवादी तयार हुनुपर्छ । सधै संविधानविहीन अवस्थामा मुलुकलाई राख्न मिल्दैन । यसले एक आपसमा द्वन्द्व निम्त्याउने, मुलुक
अराजकतातर्फ उन्मुख हुने सम्भावनालाई कसैले नकार्न मिल्दैन ।
नेपाली कााग्रेसकै अर्का सभासद सूर्यदेव उराउले तोकिएको समयमा संविधान जारी गर्नुको विकल्प नरहेको प्रष्ट पार्दै संघीयता जातीय आधारमा नभएर साझा पहिचानका आधारमा हुनुपर्छ । जसले सबैलाई अपनत्व दिलाउाछ । नामले मात्र कसैको उत्थान हुुने हैन । नेपाल वहुभाषी, वहुजाति भएको देश हो । प्रदेशको नाम भन्दा पनि सबैमा समान अवसर, हक र अधिकार महत्वपूर्ण कुरा हो उराउको कथन थियो ।
नेपाली कााग्रेस सुनसरीका सभापति राजिव कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मनोहरलाल पन्थ, जिल्ला प्रहरी प्रमुख समसुदिन आला खाा, नेपाली कााग्रेसका केन्द्रीय सदस्य दिलकुमारी राई, भातृ संघ संगठनका पदाधिकारी र अन्य राजनैतिक दलका स्थानीय तथा जिल्ला स्तरका नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।
