गोविन्द बस्नेत
धरान/ बालश्रमसम्बन्धी काम गर्ने संघसंस्था, स्थानीय निकायले बालश्रम
न्यूनिकरणका लागि काम गर्ने प्रतिवद्धता जनाए पनि धरानमा भने प्रभावकारी बन्न सकेको छैन ।
धरान नगरपालिकाले बालश्रम न्यूनिकरणका लागि बालबालिकाको क्षेत्रमा काम गर्न विभिन्न संघ संस्थासंग सहकार्य गरेर काम थालेको दशकौ वितिसक्दा पनि धरानमा रहेका होटल, विभिन्न प्रकारका पसल लगायत उद्योग कलकारखानामा काम गर्न बालबालिकाको संख्यामा कुनै कमी आएको छैन ।
धरान नगरपालिकाले उप्का नेपाल, सिमएन आयोजना लगायतका प्रशासनको सहयोगमा बालश्रम न्यूनिकरण गर्ने प्रतिवद्धताका साथ काम थाले पनि खाली कागजी रुपमा मात्रै सहकार्य गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्तिका कारण यो संख्या घट्नुको साटो अझ समस्याको रुपमा बल्झिएको छ । उनीहरुको आखा सडक पेटीमा भोकभोकै सुतेका बालबालिका, फर्महरुमा जोखिमपूर्ण काम गर्ने बालबालिकाहरुमा नपुगेको भान प्रष्ट देखिएको छ ।
धरानमा यस्ता व्यवसायी फन्टहरुमा काम गर्ने बालबालिकाहरुको तथ्यांक न त धरान नगरपालिकासंग एकिन तथ्यांक छ, न त बालबालिकाको क्षेत्रकामा काम गर्ने उप्का नेपालसाग नै छ तर पनि उनीहरुको तथ्यांकमा धरानमा २ हजार भन्दा बढी बालश्रमिक रहेको बताइएको छ । केही समय अगाडि धरान नगरपालिकाले होटल लगायतका विभिन्न क्षेत्रमा काम गर्ने बालबालिकालाई प्रहरी प्रशासनको सहयोगमा उद्धार गरे पनि पुन : त्यही अवस्था आएको छ । धरान ६ लक्ष्मी मिष्ठान भण्डारबाट बाल श्रम दिवसको अवसरमा ६ जना बालकलाई उद्धार गरे पनि उद्धार गरेको बालकहरु अहिले सोही स्थानमा आएर काम गर्नुले पनि बाल श्रम न्यूनिकरणमा काम गर्नेको कामलाई प्रष्टयाएको छ । ६ जना
भारतीय बालकमध्ये राजन भन्ने बालक अहिले पनि त्यही होटलमा काम गरिरहेको पाइएको छ ।
यस्तै बालश्रमका विरुद्धमा बर्षमा एक पटक दिवस मनाइन्छ, बालबालिकालाई श्रममा लगाउनु हुदैन भनेर नारा लगाउने गरिन्छ । त्यसैगरी यसलाई प्रभावकारी बनाउन धरान र इटहरी नगरपालिका एक भएर लाग्ने घोषणा धरानको रत्ना होटलमा एक कार्यक्रमको आयोजना गरी प्रतिवद्धता जनाइयो । दुवै धरान नगरपालिका, प्रशासन र बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले बालश्रम न्यूनिकरण गर्ने प्रतिवद्धता जनाए । तर त्यो प्रतिवद्धता कागजमै सीमित भयो, त्यस यता न त फर्महरुमा अनुगमन नै भएका छन् न त बालश्रममा लगाउनेलाई कारबाही नै भएको छ ।
धरानमा हाल २ हजारको हाराहारीमा बालश्रमिक रहेका छन् । उनीहरुले यस्ता फर्ममा काम नगरे हातमुख जोड्न नै धौ धौ पर्ने गरेको स्वयम् उनीहरु बताउाछन् । न्यूनिकरण गर्ने निकायहरुले एक दिन अनुगमन गर्ने र पक्राउ गरेर लग्ने गरे पनि उनीहरुको जीवनयापन, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्न नसक्दा यो प्रभावकारी बन्न नसकेको हो । एक दिन गरेको कामको समाचार आउदा नै न्यूनिकरण भयो भन्ने ठान्ने यी सरोकारवालाहरु ३ सय ६५ दिनमा ३ सय ६४ दिनचाहिा सुतेर बसको देखिन्छ । उनीहरुले सडक बालबालिका पेटीमा भोकभोकै सुतेको देख्दैनन्, होटलमा काम गर्ने बाल मजदुरले जुठो भाडा माजेको देख्दैनन तर बालश्रम न्यूनिकरण गर्छु भन्दै प्रतिवद्धता जनाउछन् । भाषण र प्रतिबद्धताले मात्रै बाल श्रम न्यूनिकरण नहुने यसका लागि उनीहरुको वैकल्पिक व्यवस्था नगरेसम्म सम्भव नहुने
सर्वसाधारणहरुको बुझाई छ ।
त्र
