नेपालले सिंगापुरलाई १९० रनले हरायो

मलेसियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रिको आइतवारको खेलमा नेपालले सिंगापुरलाई १९०
रनको फराकिलो अन्तरले पराजित
गरेको छ । जितसँगै डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि होडमा फर्किएको छ ।
उपाधी रक्षाको लक्ष्यसहित मलेसिया आएको नेपाल पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको नेपालले आइतबार सिंगापुरलाई १९० रनको
भारी अन्तरले हराएको छ ।
वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाई प्रारम्भिक ब्याटिङ् गरेको नेपालले पुरै ओभर खेल्दा नौ विकेटको क्षतिमा २ सय ६३ रन बनाएको थियो ।
२ सय ६४ रनको लक्ष्य पछयाएको सिंगापुर मात्र २१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै जोड्न सक्यो । सिंगापुरका चेतन सूर्यबंशीले मात्र १५ रन जोडे भने क्षितिज सिन्देले १३, साद जान्जुवाले ११ रन तथा अभिराज सिंहले अविजित १२
रनको योगदान दिए ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले चार–चार विकेट लिए भने अमृत भटराईले दुई विकेट लिए ।
सिंगापुरसँगको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरे । उनले १२५ बलमा एक छक्का र १३ चौकाको मद्दतमा ११४ रन जोडे । कप्तान पारस खड्कामा १४
रन बनाएर आउट भए । नरेश बुढाऐरले २९ रन तथा सरद भेषवाकरले २५
रनको योगदान गरे ।
ज्ञानेन्द्र मल्ल आउट भएपछि ब्याटिङ् सम्हालेका बसन्त रेग्मी १५ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २१ रन जोडेर आउट भए भने विनोद भण्डारी ८ रनमा पेभेलियन फकिर्ए । सोमपाल कामी ६ रन जोडे भने शक्ति गौचन ५ रनमा क्याच आउट हुन पुगे । अमृत भट्टराईले अविजित ६ रन जोडेका थिए ।
सर्वाधिक रन जोडन सफल ज्ञानेन्द्र म्यान अफ दि म्याच भएका छन ।

तपाईको प्रतिक्रिया