दिनेश न्यौपाने
मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विशेष गरेर हिमाली तथा पहाडी भेगमा सम्पन्न भएको छ । ३२ जिल्लामा सम्पन्न पहिलो चरणको निर्वाचन पश्चात अब मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनमा राष्टूको ध्यान केन्द्रित भएको छ । यस निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको बीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन बाम गठबन्धनको विकल्पमा देखिएको छ । तिहारको लगतै बाम गठबन्धनको घोषणा भए पश्चात नेपाली कांग्रेसको नेतृत्वमा गैरबामपन्थी दलहरुको लोकतान्त्रिक गठबन्धन गठन भएको हो । तर बामगठबन्धनबाट प्रारम्भिक चरणमै पुर्व माओवादी नेता डा. बाबुराम भट्टराई अल्लग भए । लोकतान्त्रिक गठबन्धनले गणतन्त्रको रक्षा, विकास, स्थायित्व र संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयनमा जोड दिएको छ । यदि बाम गठबन्धनले विजय प्राप्त गरे देश अधिनायकवाद तर्फ जाने कुरा लोकतान्त्रिक गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुले बताउँदै आएका छन् । यही लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्ने क्रममा अहिले सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राई उम्मेदवार बन्नु भएको छ । राई संघीय समाजवादी फोरमका नेता हुनुहुन्छ । पहिचानको मुद्दालाई अघि बढाउने पार्टी संघीय समाजवादी फोरम हो । यसर्थ राई जनजाती, आदिवासी दलित, मुसलमान र पिछडिएका वर्गको हक अधिकारका लागि प्रतिबद्ध राजनीतिक नेता हुनुहुन्छ । नेपालमा दुईथरीको शोषण छ । पहिलो आर्थिक शोषण र दोस्रो जातिय शोषण लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार राई यी दुवै खाले शोषणको विरुद्ध हुनुहुन्छ । नेपालको इतिहासमा खस समुदायका शासकहरुको जातिय र आर्थिक शोषणबाट सबै खाले जनता शोषित छन् । यस शोषणको विरोध गर्न राई कुनै एक जाति विशेषका विरोधी होइनन् । खस समुदायकै मानिसहरु कर्णाली क्षेत्रदेखि देशका विभिन्न भागमा शोषित रहेका छन् । यसर्थ सबै खाले शोषण र उत्पिडनको विरोध गर्न उनको धर्म हो । मन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएका राईसँग राजनीतिक तालिम र प्रशिक्षणको व्यापक अनुभव छ भने विदेश भ्रमणबाट उहाँले यथेष्ट ज्ञान र अनुभव संगाल्नु भएको छ । जनजाति समुहमा पर्ने राई जातिबाट आउनु भएका राईसँग लामो राजनीतिक नेताको अनुभव छ । यसर्थ यस क्षेत्र नम्बर १ का सबै जाती जनजातिहरुले उहाँको व्यक्तित्व र अनुभवलाई हेरेर मतदान गर्नुपर्ने देखिन्छ । उच्च शिक्षा प्राप्त राई २०६२।०६३ को जनआन्दोलनपछि देखापरेको समावेशी र पहिचानको राजनीतिकको प्रतिनिधि हुनुहुन्छ ।
त्यस्तै क्षेत्र नम्ब १ को प्रदेश सभाका लागि ‘क’ क्षेत्रबाट उम्मेदवार किशोर राई एक कुशल खेलाडी, खेलकुद व्यवस्थापक, विकासप्रेमी नेता
हुनुहुन्छ । नेपाली कांग्रेसमा दुई दशकदेखि सम्बद्ध भएर राजनीति गर्दै आउनु भएका राई धरानको विकास र समृद्धिका लागि समर्पित व्यक्तित्व
हो । दुवै व्यक्तित्व लोकतान्त्रिक गठबन्धनका तर्फबाट यस क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ ।
राष्ट्र अहिले संक्रमणकालबाट गुज्रिरहेको छ । यस निर्वाचन पश्चात संक्रमणकालको अन्त्य हुने विश्वास लिइएको छ । भविष्यमा नेपाललाई कता लैजाने भन्ने कुराले अहिले चुनावमा धुविकरण भएको छ । लोकतान्त्रिक गठबन्धन नेपाली समाजलाई लोकतान्त्रिककरण, विवेकी, समुन्नत र आधुनिक बनाउन प्रतिबद्ध छ । यही प्रतिबद्धतालाई प्रतिनिधि सभाका उम्मेदवार अशोक राई र प्रदेश सभाका सभासद् उम्मेदवारबाट किशोर राईले बोक्नु भएको छ । यसर्थ पहिचान, लोकतन्त्र र समावेशी नेपालको चाहना गर्नेहरुले उहाँहरुलाई मतदान गर्ने छन् भनी विश्वस्त साथ बन्न सकिन्छ ।
लोकतान्त्रिक गठबन्धन संकुचित राष्टूवादको वकालत गर्दैन । पहाड, हिमाल र तराईका जनताहरुको सामुहिक भावनाको प्रतिनिधित्व गर्दछ । समावेशी नेपालका लागि यी दुई उम्मेदवारहरु क्षेत्र नम्बर १ का जनताका लागि योग्य छन् भन्न हिच्किचाउनु पर्दैन । वाम गठबन्धनको विचारधात्मक सोच नै गलत छ । साम्यवादी आग्रह र प्रस्ताव आज खुला र उद्धार विश्वमा फस्टाउन सक्दैन । लोकतन्त्र विश्वमा जस्तै नेपालमा आम जनताको चाहना बनेको छ । लोकतन्त्र विना भौतिक तथा मानविय विकास सम्भव छैन । यसर्थ लोकतन्त्रलाई लोकतान्त्रिक गठबन्धनले मात्र बलियो पार्न सक्दछ । साथै यस क्षेत्रबाट पटक पटक बामपन्थी पार्टीले विजय हासिल गरे पनि यहाँको विकास र समृद्धिमा उनीहरुको उल्लेखनीय भूमिका नदेखिएकोले यस पटक लोकतात्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराउँदा यस क्षेत्रको विकास र समृद्धिको पनि चाहना पुरा हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
