सर्दुखोलाको पुल कहिल्यै बनेन

पुर्वको नमुना शहर सुनसरीको
धरान हिजो धरान नगरपालिकामा सिमित थियो । तर पछिल्लो राज्यको संरचना अनुसार अहिले भने उपमहानगरपालिका भएको छ । धरानलाई उपमहानगरपालिका वनाउन धरान आसपासको दुई गाविस विष्णुपादुका र पाचकन्यालाई धरानमै गाभियो । यसरी यी दुई गाविस मध्ये बिष्णुपादुका
धरानमा गाभिए पनि विष्णुपादुकाको अवस्थामा भने कुनै परिवर्तन आउन सकेन । जब निर्वाचन आउँछ तब धरानको पश्चिम भई वग्ने सर्दु खोलामा पुल बनाउने, सडक बनाउने योजना लिएर नेता उम्मेदवारहरु विष्णुपादुका पुग्ने गर्दछन् । चुनावको वेलामा पुगेका नेताहरुले दिएका चुनावी आस्वसनहरु अहिले सम्म केवल आश्वासनमा मात्रै सिमित बनेको छ ।
तीन बर्ष अगाडि धरान उपमहानगरपालिकामा गाभिएको विष्णुपादुका गाविस बषौदेखि सर्दु खोलामा पुल नबन्दा हैरानी छन् । गाविस हुदादेखि नै विष्णुपादुकावासीले धरानको पश्चिम भई वग्ने सर्दु खोलामा पक्की पुलको माग गर्ने गर्दै आएका थिए । अहिले उपमहानगरपालकामा गाभिएर २० नं. वडा भइसक्दा पनि उनीहरुको माग अझै सकिएको छैन । चुनावको समयमा सर्दु खोलाको समस्या राजनीतिक दलको एजेन्डामा पर्ने गर्छन् तर पुल निर्माण भने कहिल्यै हुन सकेन । निर्वाचनको समयमा पुल बनाउने योजना लिएर नेता, उम्मेदवार विष्णुपादुकातिर पुग्छन् । तर, उनीहरूको योजना अहिलेसम्म केवल आश्वासनमा मात्र सीमित भएको विष्णुपादुकावासीको गुनासो छ ।
विष्णुपादुका हाल सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । विगतमा भने यो क्षेत्र कहिले निर्वाचन ६ मा पथ्र्यो । यसअघिको दुईटा चुनावमा एमालेका नेता भीम आचार्यले जित्नुभएको थियो । अहिले पनि उनले प्रदेशसभा (ख) बाट उम्मेदवारी दिँदा विष्णुपादुका हालको धरान उपमहानगरपालिका वडा २० उहाकै क्षेत्रमा परेको छ । विष्णुपादुकाको विकाश गर्ने उम्मेदवारलाई मात्रै भोट दिने यसपटक पनि विष्णुपादुकावासी वताउछन् ।
यही ठाउमा विष्णुपादुका मन्दिर हिन्दू धर्मावलम्बीहरूको पत्रिव तीर्थस्थल पर्छ । विष्णुपादुकावासीलाई खानेपानी, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारको पनि समस्या उत्तिकै छ । तर, उनीहरूलाई पहिलो आवश्यकता भने धरानको पश्चिम भई वग्ने सर्दु खोलामा पुल, सडकको स्तरोन्नति भएको हेर्न चाहन्छन् । तर विष्णुपादुकाबासकिो सपना कहिल्यै पूरा भएन । राजनीतिक दलहरुको चुनावी
नारामा बर्षौदेखि समेटिदै आएको छ ।

तपाईको प्रतिक्रिया