झापा ÷ भद्रपुर नगर क्षेत्रमा शनिवार बिहान निस्किएको जङ्गली हात्तीको समूहले ६ वटा घरमा क्षति पु¥याएको छ । हात्तिको समुहले भद्रपुर नगरपालिका–७ स्थित चन्द्रगढीका विभिन्न घरमा क्षति र्पुयाउनुका साथै अन्नबालीसमेत नष्ट गरिदिएको छ । शनिवार बिहान २ बजे पश्चिमतर्फबाट आएका हात्तीले एक घण्टासम्म बस्ती वरिपरि रहेर क्षति पु¥याएको छ । हात्तीले मेघराज घिमिरे, श्यामप्रसाद न्यौपाने, लक्ष्मी पोखरेल, टीकाराम लम्साल, नवराज खतिवडा र जगु मुसहरको घरमा क्षति पु¥याएको छ । हात्तीले मेघराजको काठको टाढेघरको केही भाग भत्काएको छ, भने
भकारीको धान, करेसाबारी, धानको कुन्यु, चोकर लगायत अन्नबाली नष्ट गरेको पीडित घिमिरेले बताए । त्यसैगरी बारीमा लगाइएको करिब दश मन कोदोबारी पूर्णरूपले क्षति पु¥याएको अर्का पीडित पोखरेलले बताए । हात्तिले पोखे्रलको भान्सा घर, करेसाबारी लगायत अन्नबाली नष्ट गरिदिएको छ । त्यस्तै टीकाराम लम्सालले थुपारेर राखेको कोदो पूर्णरूपले नष्ट गरेको छिमेकी सुरेश खनालले जानकारी दिए । गाउँमा हात्ती आएको हल्लापछि
रातभर गाउँबासी त्रसित बनेका थिए । जिल्ला प्रहरी कार्यालय झापा तथा जिल्ला वन कार्यालयमा पटक–पटक सम्पर्क गर्दा फोन नउठेपछि गाउँमा हात्तीले बढी क्षति पु¥याएको स्थानीयको गुनासो रहेको छ । दैनिक रूपमा हात्ती गाउँमा पस्न थालेपछि घर र अन्नबाली जोगाउन समस्या परेको स्थानीयको भनाइ छ ।

