निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले मंसिर २१ को निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भएको छ ।
सुनसरीको इनरुवामा संचारकर्मीहरुसँग कुरा गर्दै आयुक्त दाहालले मतदातालाई ढुक्क भएर मत खसाल्न आग्रह गर्नु भएको हो ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि यथेस्ट सुरक्षा प्रवन्ध मिलाइएकाले निर्धक्कतासाथ मतदान केन्द्रमा गएर आफ्नो मताधिकार प्रयोग गर्न वहाँले आग्रह गर्नुभयो ।
सुनसरीका केही स्थानमा जनतालाई त्रसित पार्ने गतिविधी भएपनि अब उप्रान्त त्यस्ता क्रियाकलाप नदोहोरिनेमा आफु विश्वस्त रहेको आयुक्त घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।
प्रजिअ सहित सुरक्षा निकायबिचको छलफल पश्चात जिल्लाभर निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति लागु गरिएकाले निर्वाचन विरोध गतिविधीहरु हुन नपाउने वहाँको तर्क थियो ।
आयुक्त घिमिरेले मूख्य निर्वाचन अधिकृतको कार्यालयले गरिरहेको चुनावी तयारी र समग्र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।

