जगन्नाथ रथ यात्रा सम्पन्न

धरान÷ईस्कोन मन्दिर धरानको आयोजनामा यही शनिवार जगन्नाथ रथयात्रा सम्पन्न भएको छ । भगवान जगन्नाथ, बलदेव र शुभद्रा महारानी रथमा सवारी भएर धरानको नगरपरिक्रमा गराइएको थियो । रथयात्रामा भगवान श्रीजगन्नाथ, बलदेव र शुभद्रारानीलाई रथारोहण गराई श्रीगजन्नाथपुरीको ‘निलाचल’ बाट ‘गुण्डिचा’ तर्फ तानिने गरिन्छ’ प्राचिनकालदेखि आयोजना हुदै आएको रथयात्रा धरानमा भने केही वर्षदेखि आयोजना गरिन थालिएको हो । परापूर्व कालदेखि नै जगन्नाथको रथयात्रा हुँदै आएकाले त्यसैको
निरन्तरतास्वरुप रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिरको प्रचारप्रसार
गरी यसको दीगो विकासमा सघाउ पु¥याउने उद्देश्यले प्रत्येक बर्ष रथ यात्रा आयोजना गर्दै आएको स्कोन मन्दिरका गुरुहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया