जो आफु संसार देख्दैनन, तर अरुको भबिष्य देख्छन

बेलबारी ÷सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एक ब्यत्ति आफु जन्मजात दृष्टिबिहिन छन,तर उनी अरुको हात छोएर,नाम सोधेर नै उनको बर्तमान र भबिश्य बताउँछन । यसरी अरुको भबिष्य हेरेरै उनी आफनो घरब्यबहार चलाईरहेका छन भने गाँउमा प्रशस्तै इज्जत समेत कमाउन सफल भएका छन । मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालले ज्योतिष पेशा गरेरै अहिले जीविकोपार्जन गरिहेका छन् । दृष्टिविहीन ब्यक्तिले चिना टिपन
(ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा नपत्याउने धरै छन् । तरपनि उनले यो पेशा अंगालेको धेरै बर्ष भईसक्यो ।
उनका एक छोरा बैदेशिक रोजगारीमा छन । उनी श्रीमतीका साथ बेलबारीमा ज्योतिष पेशा गरेर बसेका छन । जन्मँदै दृष्टिविहीन जन्मिएका दाहालले ज्योतिष पेशा भने पढेका होइनन् । ‘अन्तरध्यानबाट देख्छु र भन्छु’, दहालले भने, ‘कति मिल्छ मलाई थाहा छैन, तर भनेको नमिलेको भए मानिस देखाउन आउँदैन थिए होला ।’ हजुरले भनेको मिल्यो भन्दै उपहार लिएर आउने धेरै रहेको उनले सुनाए । जसले विश्वास गर्छ उनीहरूले नयाँ मानिसलाई दाहालको जान सल्लाह दिने गरेका छन् । सात वर्ष देखि बेलबारीमा डेरा बस्दै आएका महाप्रसाद कहाँ शनिबार र मंगलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । त्यसो त महाप्रसाद मात्र होइन, उनकी पत्नी मनकुमारी पनि दृष्टिबिहीन नै छिन् ।
महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गरेका थिए, तर एउटा छोरो जन्मिएपछि श्रीमतीले अर्कैसँग बिहे गरिन् । जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजिमा थिए । त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहीन संघद्वारा आयोजित ३ महिने तालिममा मनकुमारीसँग भेट भयो । तालिमकै क्रममा महाप्रसादले मनकुमारीसँग हात मागे । मनकुमारीले घरमै बुबाआमासँग माग्न आउन आग्रह गरिन् । उनले झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुगे । २०६६ फागुन १ गते बैबाहिक जीवन सुरु गरेका दाहाल दम्पति अहिले घर व्यवहार चलाएर बसिरहेका छन् ।
सरकारबाट उनीहरूले प्रतिव्यक्ति मासिक केही रुपैयाँ पाए पनि अपुग भएको बताउँछन् । सरकारले अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको माग छ । उनले आफुसँग त्यस्तो खास कुनै योजना नरहेपनि आफुले अरुको भविष्य हेरिदिँदा र उनीहरु पछि तपाईले भनेको पुग्यो भन्दै आफुकहाँ आग्दा अत्यान्तै खुसी लाग्ने गरेको बताउँछन । उनलाई आफु दृष्टिबिहिन भएपनि खासै दुःख नलागेको अनुभव सुनाउँछन ।

तपाईको प्रतिक्रिया