घण्टाघरबाट हेर्दा

एकल–वहु
यो देशका सभासदहरुले ताइ न तुइको गफ गरेर समय खेर फालेको देख्दा घण्टाघरको कन्सिरी कहिलेकाहीा त्यसै त्यसै रनक्क भएर आउाछ । संविधान कसैलाई चाहिएकै छैन । कहिले एकल पहिचानको
कुरा गरेर पाखुरा सुर्कन्छन्, कहिले वहुपहिचानको कुरा गरेर लड्डी गर्छन् । पहिलो वेतमा संविधान जारी हुन सकेन । दोस्रो बेतबाट पनि संविधान चुहिने सम्भावना कम हुादै गएको छ । के व्यओस् त एउटाले एकल जातको हुनुपर्छ भनेर भुक्क लात्ताले हान्छ, अर्कोले वहुपहिचान हुनुपर्छ भनेर लात्ती बजार्छ । एउटाले एउटा नाम जुराउाछ अनि अर्कोले अर्को नाम । जन्मनै नपाई नाममै लड्डी गरेपछि विचरो संविधान कसरी जन्मियोस् । यसमा धामी र बोक्सीको भूमिकामा ढ्याङ्गी बजाउने चाहिा गफास्ट प्रचण्डाउ नै हुन् । मान्नै पर्छ प्रचण्डाउलाई जस्तो आागन त्यस्तै नााच्न सिपालु । सहमतिको जिम्मा पनि लिने अनि आन्दोलन गर्न पनि दौडने । नेता भनेकै वहुरुप देखाउन सक्ने नै हुनुपर्छ । कि कसो हौ प्रचण्डाउ ?
मामाको घोडी…….
मामाके घोडी मेरे हि ही । यो उखान यतिबेला उपप्रधान तथा घरेलु मन्त्री वादेगौ उर्फ बामदेव गौतमको सवालमा ठ्याक्कै मेल खान्छ । डाकु न बोलाउ लिाढे पुच्छर डोलाउ झौ  गरेर उनी आफ्ना नन्दीभृंगी लिएर चीन भ्रमण सकेर तिहार अगाडि फर्किएका छन् । उन्ले आफ्ना नन्दीभृंगीहरुलाई राज्यको ढुकुटी खर्च गरेर घुमाएर ल्याए । उन्ले चीनका
राज्य स्तरका नेता, मन्त्रीसाग भेटघाट पनि गरेछन् । फर्किएर आएपछि उन्ले ठूल–ठूला गुड्डी हााके, चीनले तिब्बती शरणार्थीलाई कडाई गर्नुपर्‍यो, सीमा सुरक्षामा कडाई गर्नुपर्‍यो । बादेगौसाग यहााभन्दा बढ्ता फलाक्ने कुरै थिएन । हुन त चीनबाट फर्किएर आउने नेता र मन्त्री यत्ति नै कुरा भन्छन् । कोही उपचारको वहानामा राज्यको ढुकुटी लुट्छन् कोही मस्ती मार्न विदेश सयर गर्न लुट्छन् । आखिरी सबै लुट्ने छ हुन । कि कसो हौ बादेगौ ?
फिर्ता हुनुपर्छ रे
विगार गर्ने बेलामा आाखा नदेख्ने अनि पछि गोर्खे लौरी कस्दाचाहिा
रााडे रुवाई गर्ने । पहिला नै विगार नगरिदिया भे अहिले लोकलाई नै हासाउने गरी र्बबराएर आशु झार्नै पर्ने त थिएन । प्रसंग हो सुजु जोष्ठको । दोस्रो संविधानसभामा कााग्रेसकै उमेद्वारलाई हराउन लाखौ रुपैयाा खर्चेकी जोष्ठलाई अनुशासन समितिले तीन महिनालाई कारबाही गर्‍यो । अब यतिबेला उनी दुई चार जना अन्तरघातीहरुको समूह बनाएर आफूमाथि अन्याय भएको भन्दै कारबाही फिर्ताका लागि केन्द्रीय समितिमा निवेदन हाल्न पुगेकी छन् । हुन त अनुशासन समितिले सुजु जोष्ठप्रति अन्यायाचाहिा गरेकै हो । उनी त स्व. गिर्जाउको पुत्री पो हुन त । उनलाई कारबाही गर्दा गिर्जाउको आत्माले शान्ति पाउादैन भनेर अनुशासन समितिले बुझ्नुपर्ने थियो । उन्ले त जाबो उमेद्वारलाई हराउन पैसा बााडेर केही लाउके खटाएकी त हुन नि । अन्यायचाहिा भयो है सुजु
जोष्ठलाई ।
खालो सार्ला जस्तो…..
बाउराम भट्टराईलाई तेस्रो पटक म्याद थप गरेर विवादित विषय मिलाउन जिम्मा दिइएको छ । झिनामसिना कुरामा मात्र अल्झने बाउरामले १५ गतेसम्ममा विवादित विषय मिलाउलान भन्ने कुरामा घण्टाघरलाई एकआना पनि विश्वास छैन । हुने विश्वासका चिल्ला पात त्यसै भन्या हैन । बाउरामबाट विवाद मिलाउने हैन विवाद बल्झाउने काम मात्र हुन्छ भन्ने कुरा गठ्ठे र लठ्याग्रेलाई पनि थाहा छ । बाउरामले विवाद मिलाउने भए यस अघि नै मिलाई हाल्थे नि । वित्थाा पटक पटक म्याद थप गरेर बाउरामलाई किन राज्यको ढुकुटी चुसाएको होला । जुन कुरामा खालो सार्न सक्दैन, त्यही कुराको जिम्मा दिएर पनि हुन्छ ?
वार्ता सफल
लााग्रेस, झालेमाले र नेक्पा एमाओवादीका नेताहरुबीचमा वार्ता घनिभूत रुपमा चल्दै आएको थियो । अस्तिका दिन भने यी तिनै दलबीच भएको वार्ता सफल भए छ । वार्ता सफल भो † उनीहरुले आ आफ्नो अडान र हट कुनै पनि हालतमा नछाड्ने सहमति गरेछन् । वा क्या वात । हाम्रा नेताहरु क्या अडानवाला । संघीयताका सवालमा माउवादी १० देखि १४ प्रदेश बनाउनुपर्छ भन्ने अडानमा बस्या छ, लााग्रेस बढीमा ६ प्रदेश बनाउने अडानमा छ भने झालेमाले ४ प्रदेशमात्र बनाउने भन्न थाल्या छ । हैन हौ यो मुलुक यी तीन दलका बाबुले आर्जेको हो कि क्या
हो ? यिन्ले जे गर्न मन लाग्यो त्यही गर्न पाउने  त हैन क्यारे ? कोही नाममा गलफत्ती गर्छन्, कोही न्याय प्रणालीमा गलफत्ती गर्छन्, कोही सीमाका विषयमा गलफत्ती गर्छन । नापी सार्नचाहिा केही होइन ।
के को चासो ?
काम पनि छैन काज पनि छैन खाने बेलामा लाज पनि छैन भनेझौ हाम्रा राष्ट्रपतिले गरेका र बोलेको देख्दा घण्टाघरलाई कुरी–कुरी लाग्न थाल्या छ । अस्तिका दिन यिन्ले भन्या दलहरुबीचमा सहमति गरेर तोकिएकै समयमा संविधान जारी गर्नुपर्छ । माघ ८ मै संविधान जारी गर्नुपर्छ भन्दै अर्ति बुद्धि दिएको देख्दा घण्टाघरलाई अचम्म लाग्न थाल्या छ । शितल निवासमा बसेर ताइ न तुइको अर्ति दिनुभन्दा सहमति जुटाउने काम जादवले पनि त गर्दा हुन्छ नि । यतिबेला जादवको गतिविधि हिजोको राजा महाराजाको जस्तो देखिन थाल्या छ । हिजो राजाहरुले आफ्ना नागरिकलाई दशौको टीका लगाइदिन्थे, कृष्ण अस्टमीमा कृष्ण मन्दिरमा पुग्थे, शिवरात्रीमा पशुपति पुग्थे, श्रीपञ्चमीमा बसन्तपुर पुग्थे । गाडीमा बसेर आफ्ना नागरिकलाई हात हल्लाउाथे, ट्राफिकले घण्टौ सडक जाम गरिदिन्थ्यो ।
सर्वसाधारणले सास्ती पाउथे । हिजोका राजाले जे जे गर्थे आजका राष्ट्रपति जादव त्यही त्यही गर्दैछन् । हिजोको राजा महाराजाकै फोटोकपी गर्ने भए राष्ट्रपति किन चाहियो ? राजा
महाराजा छादै थिए नि ।
दु:ख लाग्यो रे
आफ्नै गााड सम्हाल्न नसक्नेले अर्काको गााडको चिन्ता गरेको देख्दा घण्टाघरलाई हिजो आज कुरी कुरी लाग्न थाल्या छ । अब हेरौ न हाम्रा पर्धानमन्तरी सुशिल दा’लाई । गएको बुधबार क्यानाडाको संसदमा आतंकवादीले हमला गरेछन् । दा’ले तुरुन्तै विज्ञप्ती निकालेर क्यानाडेली प्रधानमन्त्रीलाई पठाएछन् । विज्ञप्तीमा नेपालले सबै रुप र प्रकृतिका आतंकवादको विरोध गर्छ भनेछन् । आÏनै देशको संसद एक महिनासम्म बन्द हुादा खोल्न नसक्ने, तराईलाई अर्को देश बनाउनुपर्छ भनेर पृथकतावादी आन्दोलनमा
सरिक भएकाका विरुद्धमा चुा नवोल्ने अनि क्यानाडामा भएको घटनामा चाहिा तुरुन्त विज्ञप्ती निकालेर दु:ख मान्ने । हुन त हाम्रा नेताहरुको हृदय राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय स्तरको छ । त्यसैले त क्यानाडमा गोली चल्दा चसक्क गर्ने दा’ को हृदय न्याय माग्दा अनसनमै वितेका नन्दप्रसाद अधिकारीको सवालमा नचस्कको ।
अन्तेमा
नेशनल ट्रेडिङ्ग लिमिटेडबाट भन्सार फ्रिको विदेशी ब्राण्डको सात करोडको उच्च कोटीको मदिरा गायव भएछ । दशैको मुखमै त्यति महागा रक्सी गायव भएपछि सर्वसाधारणको बीचमा खुल्दुली हुने नै भयो । चााडपर्व सिद्धिदै गएपछि ती रक्सीको खोल मन्त्री मन्त्रालयका सचिव, उच्च ओहदाको
कर्मचरीहरुका घर अगाडिको
फोहोरको थुप्रोमा पाइन थाल्या छ
रे । जे होस् नेशनल ट्रेडिङ्गबाट
हराएको सात करोडको रक्सी ठूलै ठाममा सदुपयोग भा’रैछ ।
त्र

तपाईको प्रतिक्रिया