प्रहरीमाथि गोली चलाउने पक्राउ

सिरहा ÷ सिरहाको निरदनामा आइतबार दिउँसो प्रहरीमाथि गोली चलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर–१, वेमर्खीका ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय
सुरेन्द्रकुमार राय छन् ।
उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका थिए । उनीहरुले चेकजाँच भइरहेको वेला एक्कासी प्रहरीमाथि गोली प्रहार गरेका थिए ।
सोमबार धनुषाको शहीदनगर–२, स्थित चिरैया चोकमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । उनीहरुको साथबाट १ सय ५० ग्राम ब्राउन सुुगर र १ थान चाइनिज पेस्तोल समेत बरामद भएको छ ।

तपाईको प्रतिक्रिया