दिनेश न्यौपाने
रुसमा आजभन्दा ठिक १ सय वर्ष अघि सम्पन्न भएको कम्युनिष्ट अक्टोबर क्रान्तिको संसारभर चर्चा परिचर्चा
भईरहेछ । जर्मनका कार्ल माक्र्सको पद्चिन्हमा हिडेर तात्कालिन रुसी साम्यवादी नेता भ्लादिभिर लेनिनको नेतृत्वमा सम्पन्न यस क्रान्तिले विश्वभर हलचल ल्याएको थियो । मानवजातिकै इतिहासमा सर्वप्रथम सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने उद्देश्यले सम्पन्न यस क्रान्तिको नेतृत्व बोल्शेविक पार्टीले गरेको थियो । मजदुर, किसान र सर्वहारा वर्गको सहभागितामा सम्पन्न अक्टोबर क्रान्तिले जनता जागेमा जे पनि सम्भव छ भन्ने सन्देश दिएको थियो । हुृनत यस अघि रुसमा मेन्सेविक पार्टीको सहयोगमा बोल्शेविकहरुले पूँजीवादी क्रान्ति गरेर करेन्सीको नेतृत्वमा सरकार गठन गरेका थिए । जसले रुसमा जारशाहीको शासनसत्तालाई समाप्त गरेको थियो । तर अचानक स्वीजरल्याण्डमा निर्वाशित लेनिन रुस आई अक्टोवरमा कम्युनिष्ट शासन स्थापनाका लागि अर्को क्रान्ति गरे । यो क्रान्तिले जारशाहीलाई श–सरिर समाप्त मात्र पारेनकि मजदुर किसानको नाउँमा नयाँ शासन प्रणाली शुरु गरियो । अक्टोबर क्रान्तिको माध्यम र स्रोतका विषयमा विभिन्न मतभेदहरु छन् । मानव जाति कै इतिहासमा पहिलोपल्ट जनताको बलद्वारा स्थापित यस क्रान्तिलाई लेनिनले मानवजातीकै इतिहासमा महत्वपूर्ण घटना भनी टिप्पणी गरेका थिए । सन् १९१७ बाट शुरु भएको सोभियत साम्यवाद ७३ वर्षपछि १९९० मा ढल्यो । यस शासन प्रणाली टिक्न नसक्नुका पछाडी बौद्धिक, सामाजिक, दार्शनिक आर्थिक र राजनीतिक कारणहरु छन् । भ्लादिभीर लेनिनदेखि वर्तमान रुसी राष्ट्रपति भ्लादिमीपुटिनसम्म आईपुग्दा रुसको स्वरुप २ वटा रुपमा
फेरियो । अक्टोबर क्रान्तिले जारशाही शोभियतको अन्त्य गरेको थियो भने सन् १९९० को प्रजातान्त्रिक क्रान्तिले साम्यवादी सोभियत संघलाई समाप्त पा¥यो । अहिले रुसमा साम्यवादी शासन प्रणाली होइन कि पुटिनको एकाधिकारवाद शासन प्रणाली छ । १ सय वर्षको इतिहासमा यति धेरै उथल पुथल र भौगोलिक विघटन भोगेको रुस अहिले पनि विश्वको प्रमुख शक्ति हो । सोभियत साम्यवाद्को स्थापनासँगै विश्व शित युद्धमा प्रवेश गरेको थियो । दोस्रो विश्व युद्धमा नाजी जर्मनीलाई हराउन महत्वपूर्ण भूमिका खेलेको सोभियत संघ पछि पूँजीवादी विश्वसँग वैचारिक र भू राजनीतिक प्रतिस्पर्धा गर्न पुग्यो । यो प्रतिस्पर्धाको ४ दशक शितयुद्धको नामले चिनिन्छ । संसार भरका खुल्ला समाज र स्वतन्त्रताका पक्षपाती सोभियत साम्यवादको विरुद्ध लागे । धरती माथि स्वर्ग ल्याउने नामले स्थापना भएको सोभियत साम्यवादी राष्ट्रका जनता सन् ९० सम्म आईपुग्दा रोटीको लागि लाम लाग्नु पर्ने अवस्थामा पुगे । चन्द्रमामा पहिलोपल्ट मानिस पु¥याउन सफल त्यस राष्ट्र आर्थिक रुपले जर्जर भयो र भौगोलिक रुपले विभाजित अवस्थामा पुग्यो । राज्य नियन्त्रित अर्थतन्त्रले जनतालाई पाल्न त सकेन राष्ट्रलाई नै असुरक्षित बनायो । त्यहाँ मजदुर किसानको नाममा तानाशाही कम्युनिष्ट शासन लादियो । स्टालिनले लाखौं विरोधीहरुलाई नरसंहार गरे । सर्वहारा वर्गको नाममा कम्प्युनिष्ट पार्टीका अधिकारीहरुको एकाधिकारीवादी शासन शुरु भयो । स्वतन्त्रता बन्देज भयो । यसरी सोभियत साम्यवादी शासन अमानविय र गैर प्रजातन्त्रिक थियो । उसले पूर्वी युरोपमा आफ्ना दलाल शासन प्रणालीहरु साम्यवादी आन्दोलनको नाउमा खडा गरेको थियो । अमेरिकाले नेतृत्व
गरेको पुँजीवादी संसारसँग प्रतिस्पर्धा पनि थियो । सन् १९८५ मा तात्कालिन कम्प्युनिष्ट पार्टीका महासचिव मीखाइल गोर्वाचोभ सत्तामा आएपछि खुलापन, प्रजातान्त्रिककरण र पुन निर्माणको अभियान शुरु भयो । जो कालान्तरमा सोभियत साम्राज्यको पतनको कारण
बन्यो । हुनत साम्यवादी शासकहरु खु्रश्चे्रभ र ब्रेजनेभको पालनामा स्टालीनकालिन गल्तीहरुलाई सुधार्न नखोजिएको होइन तर त्यहाँ साम्यवादी तानाशाही नै थियो । कार्लमाक्र्सको सपनालाई साकार पार्न धरतीमा पहिलो पल्ट प्रयोग भएको अक्टोबर क्रान्तिले विश्वभरका शोषित पिडितहरुलाई जागर र मुक्तिको सन्देश भने त्यस बेला दिएको थियो । आज एकसय वर्षपछि त्यस क्रान्तिलाई सम्झदा जनताको महत्वलाई त्यसले स्थापित गरेको थियो । महाभाष्यहरुको त्यस युगमा लेनिन जस्ता महानायक बनेको त्यस प्रकारको क्रान्ति अहिलेको विश्वमा सम्भव छैन । सपनाहरुको जन्म गराएको त्यस क्रान्तिको औचित्य माथि अहिले रुसमा मात्र होइन विश्वभर बहस चलिरहेको छ । साम्यवाद अब इतिहास बनिसकेको छ । प्रजातान्त्रिकरण, खुल्ला समाज र ज्ञान विज्ञानको विस्फोटनको सन्दर्भमा अक्टोबर क्रान्तिलाई सम्झनु पर्ने हुन्छ ।

