धरान÷‘सक्छौ सफा गर, नसके फोहोर नगरौै’ यो नारालाई आत्मसात गर्दै विजयपुरबासी अहिले विजयपुरलाई नमूना बस्ती बनाउने अभियानमा जुटेका छन् ।
स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकासंग सहकार्य गरेर नमूना टोल विकास तथा सुधार समिति गठन गरेर अहिले विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरको प्रचारप्रसारसंगै स्वच्छ विजयपुर बनाउन कम्मर कसेर लागेका हुन् ।
विजयपुरलाई धार्मिक पर्यटन क्षेत्र बनाउने उपमहानगरपालिकाको योजनालाई आत्मसात गर्दै उनीहरु अहिले स्वच्छ हराबरा विजयपुर बनाउन जुटेका हुन् । पछिल्लो समय विजयपुरमा आन्तरिक तथा वाह्य पर्यटक मठमन्दिरमा पूजा आजा गर्न मात्र हैन टाढाटाढादेखि बनभोज खाना समेत आउनेको संख्यामा वृद्धि भएसँगै मन्दिर आसपासमा फोहोर हुन थालेको छ । मन्दिरको फोहोर सफा गर्ने अभियानमा बन्दै नमूना टोल विकास तथा सुधार समिति लागेको छ । उनीहरुले हप्तामा एक पटक विजयपुरमा
सरसफाई अभियान नै थालेका छन् । यसका लागि उनीहरुले एउटा स्लोगन नै बनाएर टोलटोलबासीलाई सुनाउने समेत गर्दछन् ।
यतिमात्र हैन विजयपुर इतिहासलाई जीवन्तता दिन तथा विश्वसामू चिनाउन सूचना केन्द्र नै सञ्चालनमा ल्याउन लागेका धरान वडा नंं १४ विजयपुरका वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ ।
पर्यटकलाई आकर्षित गर्न सरसफाईका साथै विजयपुमा रहेका जीर्ण सडक मर्ममा समेत जुटेकोे उहाले बताउनुभयो ।
विजयपुरलाई नमूना क्षेत्र बनाउनकै लागि नमूना टोल विकास सुधार समिति गठन गरिएको समितिका अध्यक्ष शम्भुप्रसाद खनालले बताउनुभयो । यो समितिको मुख्य उद्देश्य नै विजयपुरलाई पर्यटकीय स्थलको रुपमा
परिचत गराउने रहेको उहाले बताउनभयो ।
धरान १४ विजयपुरमा नामचलेका पिण्डेश्वर बाबाधाम समिति, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभराको मन्दिरमात्र हैन प्रचारप्रसारको अभावमा ओझेलमा रहेका ५० भन्दा बढी मन्दिर रहेका छन् ।
यहा मन्दिरमात्र हैन पर्यटकको मनै लोभ्याउने अत्यन्तै मनोरम दृश्यहरु समेत रहेकाले यसको वृहत्तर विकासमा उनीहरु जुटेका हुन् । विजयपुरबासीले गरेको यो उदाहरणीय कामको सह्राना अरुले समेत गर्न सके नेपाल साच्चै हराभरा रहनेमा दुई मत नहोला ।

