न्यून सरकरी सहयोगमा गुरुकुल आश्रम सञ्चालन

धरान÷ भारतवर्षको प्राचीन इतिहासमा गुरुकुलको ज्यादै ठूलो महत््व थियो । त्यसबेला प्रसिद्ध आचार्यद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेका शिक्षार्थीले ठुलो सम्मान पाउथे । रामले महर्षि विश्वामित्र एवं वशिष्ठद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेको देखिन्छ भने कृष्णले सान्दीपनि गुरुका गुरुकुलमा अध्ययन गरेको पाइन्छ । त्यसैगरी पाण्डवले ऋषि श्रोणाचार्य गुरुका गुरुकुलमा अध्ययन गरेको कुरा संस्कृत साहित्यको इतिहासबाट स्पष्ट हुन्छ । गुरुकुलमा अध्ययन गरेका राम, कृष्ण र पाण्डव जस्ता अध्येताहरूले कति सम्मान पाएका थिए भन्ने कुराको लेखाजोखा गर्न सकिदैन । तर पछिल्लो समय यस्ता गुरुकुल शिक्षा प्रणाली न्युन सरकारी सहयोगकै
कारण सञ्चालनमा कठिनाई हुन थालेका छन् ।
धरान १४ विजयपुरमा रहेको ऋषिकुल विद्यापीठ गुरुकुल आश्रम जेनतेन सञ्चालनमा आएको छ । वि.सं. २०४४ सालमा पण्डित पुरुषोत्तम भटट्राईले आफ्नै घरबाट शुरु गरेको गुरुकुल शिक्षा व्यवस्थित रुपमा २०६३ सालदेखि भने आश्रमबाट नै सञ्चालनमा आएको हो । अहिले यस गुरुकुल पाठशालामा २५ जना विद्यार्थीहरु अध्ययनत रहेको गुरुकुल शिक्षाका गुरु भरतप्रसाद भटराईले बताउनुभयो । आश्रममा रुद्री र वेदको मात्र पढाइ हुने गरेको उहाको भनाई छ ।
संस्कृत भाषालाई बचाउदै प्राचीन सभ्यतालाई जीवन्त दिन गुरुकुल आश्रमको निर्माणसंगै रुद्री र वेदको पढाइ शुरु गरेको उहाको भनाई छ । पश्चिमी संस्कृति र आधुनिक
रहनसहनका कारण लोप हुदै गएको संस्कृत भाषालाई बचाउन विगत ६ बर्षदेखि भने ५५ सदस्यीय समिति नै बनाएर सञ्चालन गरिएको अध्यक्ष
गौरीशंकर अग्रवाल बताउनुहुन्छ ।
गुरुकुल शिक्षाले बालकको
शारीरिक, मानसिक तथा आध्यात्मिक विकास गर्नुका साथै विद्यार्थीहरूको चरित्र विकास गर्ने भएकोले प्राचीन पूर्वीय संस्कृतिप्रति आस्था जगाउनका लागि यो आश्रम खोलिएको उहाको भनाई छ ।
नेपालमा लिच्छिवीकाल, मल्लकालीन हुदै साहवंशीय काल अर्थात नेपाल एकीकरण भन्दा अगाडि पृथ्वीनारायण साहभन्दा अगाडि गुरुकुलमै शिक्षा आर्जन गर्ने प्रचलन थियो । तर अहिले यस्ता गुरुकुल शिक्षा प्रणाली लोप हुदै गएका छन् ।्
भविष्यमा यसलाई व्यापक रुपमा लैजाने उद्देश्यले आश्रम स्थलको निर्माण गरिएको गुरु
भरतप्रसाद भट्टराई बताउनुहुन्छ ।
पौराणिक कालभन्दा धेरैपछि गुरुकुलीय शिक्षाले विश्वविद्यालय तहसम्म फड्को मारेको पाइन्छ । प्रचीन भारतवर्षमा नालंदा विश्वविद्यालय, तक्षशिला विश्वविद्यालय, वल्लभीपुर आदि प्रसिद्ध गुरूकुल संस्थाको स्थापना भएको पाइन्छ भने आधुनिक कालमा सर्वप्रथम हरिद्वारको कांगडी नामक गाउमा सन् १९०२ मा गुरूकुल कांगडी विश्वविद्यालयको स्थापना स्वामी श्रद्धानन्द सरस्वतीले गरेको पाइन्छ । हाम्रो देश नेपालमा पनि केही स्थानमा गुरूकुल शिक्षा सञ्चालित छन् । यससध्ये धरान १४ विजयपुरमा रहेको ऋषिकुल विद्यापिठ गुरुकुल आश्रम हालसम्म सञ्चालनमा आएको छ । न्युन
सरकारी सहयोगका बावजुद पनि सञ्चालित यस्ता गुरुकुल पाठशालाका विकासका लागि राज्यको पनि ध्यान केन्द्रित हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया